गजल : तिम्रै हल्ला सुन्छु

~निर्मला अवस्थी~Nirmala Awasthi_1

हिजो आज गाउँभरी तिम्रै हल्ला सुन्छु
के भएर त्यस्तो भयौ मन मनै गुन्छु।।

आँखिर गल्ती कस्को थियो भन नढाटी
तिम्लाई संझी म पनि एक्लै बसी रुन्छु।।

दिनभरी काम गर्छु सबै बिर्सिएर
रातभरी सपनीमा तिमीसंगै हुन्छु।।

दुब्लाएका छौ रे तिमी भन्ने कुरा सुन्दा
दु:ख लाग्छ रोएर आँशुले मुख धुन्छु।।

तन टाढा भएपनि मनले मान्दैन
चित्त थाम्न नसकी तिम्रो तस्वीर छुन्छु।।

January 29, 2011

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.