व्यङ्ग्य निबन्ध : ट्‌विटर पुराण

~प्रविन कँडेल~

व्यास बाजेले अठार पुराण लेखे, तर इन्टरनेटको ज्ञानको कमीले सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न सकेनछन्‌। त्यसैले त वेदव्यासको युगमा नलेखेको कुरो आज वेदनाशको युगमा मैले लेखेर अपुरो काम पुरा गर्दै छु!

फेरी तैँले यत्रो कुरा कसरी सम्झिस्‌ र लेख्छस्‌? भन्नुहोला, मैले पनि भर्खर भर्खर मात्र इन्टरनेट चलाउन थाले पछि यि कुरा थाहा पायको हुँ। साथै यस पुराणको माहात्म्य मैले इन्टरनेट बाटै दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – इन्टरनेटाय नम:।

ट्‌विटरे प्रति समर्पित गर्दै लेखीयको, प्रत्येक ट्‌विटरेका निम्ति नसुनी नहुने र नबुझी नहुने सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘ट्‌विटरपुराण।’

ट्‌विटर विश्वको शक्तिशाली अस्त्र हो, जसलाई मैले मात्र होइन, अमेरीकि राष्ट्रपति बाराक अंकल देखी गायिक जस्टिन र साकिरा अनी भारतका अभिताभ देखी नेपालका भूपु प्रधानमन्त्रि लालधोज समेतले प्रयोग गर्नु हुदो रहेछ।

हेरिल्याएको खण्डमा नागरीक न्युज होस्‌ कि अनलाईन खबर होस, अन्नपूर्ण होस्‌ कि कान्तिपुर होस्‌, रातो पाटि होस्‌ कि सेतो पाटि होस्‌ सबैका समाचार लिङ्कहरु पाठक खोज्दै खोज्दै ट्‌विटरमै आउदा रहेछन्‌।

खेलनीति होस्‌ कि राजनीति होस्‌, सदाचारी होस कि बर्मचारी होस, प्रेमका र अर्ति उपदेशका झन कुरा गरी सक्नु छैन, ज्ञान देखी बिज्ञान सम्मका सबैको चर्चा यसमै हुदो रहेछ ।

कोहि बल्गको प्रचार गरेरै नथाक्ने, कोहि कोहि चार पाच दिनमा बल्ल आउने, ट्‌विटरको महिमा यत्तिमै सिद्धिदैन कुनै दिन अन्नपूर्ण र साप्ताहिक अनि कहिले काहि सेतो पार्टि र संसद भबनमा पनी ट्‌विटरेका
कुरा हरु राखीदो रहेछ।

त्यसैले मेरा लागी ट्‌विटर प्रत्येक दिनको दैनिकै नै हो, अनि ट्‌विटरे जसको पूजाआजा गर्नु मेरो प्रमुख कर्तव्य हो। ट्‌विट्‌रेको पूजाविधि देख्नलाई त्यति झन्झटिलो छैन, किनभने हाम्रा अरु देवदेवीलाई जस्तो चन्दन, अबिर, फूल इत्यादिको ट्‌विटरेलाई जरुरत छैन। उनलाई त केवल फ्लो, रिट्‌विट र फेब भए पुग्छ। अनी मलाई ट्‌विटरेका प्रकारहरु पनि विवेचना गर्न मन लाग्या थ्यो। अहिले त्यता तर्फ लाग्यो भने ट्‌विटरे पुजा जस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ, न भगवतीपूजा त्यसैले त्यसको बारेमा अर्को अध्याय मा स-बिस्तार बर्णन गरुला!

मैले यो ट्‌विटर पुराण ट्‌विटरेहरु कै उपासनाको लागि लेखेको हुँ। आशा छ कुनै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौं महापुराणको रुपमा मेरो ट्‌विटरपुराण थपीने छ।
जय टाइमलाइन,जय ट्‌विटर!

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.