~पुजा पराजुली~
पल्टिरहेका पानाहरु
पाना पल्टाइरहेका औलाहरु
अनि तिनै पानाहरुमा दौडिरहेका आखाहरु
एक्कासि ब्रेक लागेर रोकिए..र टक्क अडिए..
चार अक्षरको त्यो शब्द जुन
मेरो सानो मगजलाइ ओभरडोजको दबाइले झै
हावामा उडेको फिरर्फिरे झै
फनफनी घुमाइदियो
यी नाता,यी प्रकृति
त्यो हिजो,यो आज अनि त्यो भोलि
चलिरहेको पर्दाको नाटक प्राबिधिक गढबढिले
टक्क रोकिएझै रोक्काइदियो
ती फुलिरहेका फुल अनि हासिरहेका जुन
सबै फिक्का फिक्का अनि मिथ्या ठहर्याइदियो
तिम्रो बिचारमा मलाई
सानो बेलामा हजुरआमाले भनेका कथाका
राके,पिचासे,अनि बतासे सबै भुत म मा चढेको हुनुपर्छ
हो मलाई आत्महत्या गर्ने भुत चढेको छ
साच्चिकै कस्तो आभास होला
आफैले आफैलाइ मार्दा
पक्कै पिङ खेलेझै होला
दुख्न त दुख्दैन होला
सानो भाइले आलु बन्दुकमा भरिएको
आलु गोलिले ढिच्याउ गरेर हान्दा
बचाउ बचाउ भन्दै आँखा चिम्लिदै
आधा जिब्रो झुन्डाएर भुइँमा लडेको बाहेक
अरु कुनै मरणको अनुभव छैन मलाई
सायद उनिहरुमा पनि मलाई झै
भुत चढेको हुनुपर्छ
जो दिनानुदिन देश बिदेशमा
आफ्नै हत्या गरिरहेका जो छन्
कसरी तिनले आमालाई बिर्से खै
कसरी बाबालाई
कसरी बिर्से आफुलाइ भन्दापनि
धेरै माया गर्ने दाइलाइ,भाइलाइ
दिदिलाइ अनि बहिनीलाई
कसरी लत्याए आखामा सजाएका सपनालाई
आफ्नै जिवनसङ्ग जुधेर आमाले जन्माएको उ
कसरी दायित्वसङ्ग जुध्न सकेन
किन देखेन उसले अस्पतालको शैयामा
बाच्ने आशामा अन्तिम सास लिएको बिरामिलाई
किन सम्झेन उसले सडकको फोहोरमा
पेट भरिरहेको दृश्यलाई
के तेसै मर्नु भन्दा बोहुलाउनु निको भनिएको हो त?
करोडौं सुक्रकिटहरु सङ्ग लडेर
पैदा भएको उ
परिस्थिति र चुनौती सङ्ग
कसरी लड्न सकेन
धिक्कार छ जो आत्मालाइ मारेका छन्
तेसो त
मलाई मर्नलाई हैन
सुन्दर जिवनलाइ आफै बलि चढाउने
आत्महत्या गर्नेहरुको रहस्य पत्ता लगाउन
आत्महत्या गर्न मन लागेको छ ।