लघुकथा : खली

~रत्न प्रजापति~Ratna Prajapati

ऊ सहरको एउटा नाउँ चलेको क्याबिन रेष्टुराँभित्र थियो । ऊसित उसको सेवाको लागि थिई एउटी सो¥हसत्र वर्षकी राम्री केटी । केटीको असाध्यै लोभलाग्दो छाती देखेर ऊ निकै लोभियो । त्यो असाध्यै लोभलाग्दो छाती देखेर उसले आफूलाई थाम्नै सकेन र थुक निल्दै भन्यो, ‘एकपटक चुस्न दिन्छ्यौ ?’ ‘के ?’ केटीले थाहा नपाएजस्तो गरी सोधी । ‘त्यो…. ’ उसले औंलाले सङ्केत गर्दै भन्यो । ‘नाईं ।’ केटीले लाज मानेजस्तो गरेर भनी । ‘एकपटक मात्र क्या ’ उसले फेरि भन्यो । ‘नाईं क्या, हुँदैन ।’ केटीले फेरि एकपटक मुख चोसो पारेर नखरा पारी । ‘पैसा दिन्छु नि ’ उसले खल्ती छामेजस्तो गरेर भन्यो । ‘……… ’ केटीले केही बोलिन । फेरि पनि लाज मानेजस्तो गरेर उसको मुख हेर्न थाली । ‘पाँच सय नगद दिन्छु ।’ उसले खल्तीबाट वालेट झिकेजस्तो गरेर भन्यो । ‘नाईं, हुँदैन ।’ केटीले फेरि मानिन । ‘लौ त्यसोभए एक हजार नै दिन्छु ।’ यो पटक उसले केटीको हातै समातेर भन्यो । केटीले आँखा ठूलो पारी र भनी, ‘लौ, त्यसो भए हुन्छ ।’

त्यसपछि उनीहरुले ढोकाको चुकुल कसे । झ्यालको पर्दा लगाए र आफ्नो वस्त्र खुकुलो पारे । उसले धेरै बेर लगाएर त्यो केटीसित सबैथोक ग¥यो । खालि चुस्ने काम गरेन । अन्त्यमा त्यो चुस्ने काम नगरिकनै ऊ आफ्नो वस्त्र मिलाएर त्यहाँबाट हिँड्न खोज्यो । उसले भनेअनुसार चुस्ने काम नगरिकनै ऊ जान लागेको देखेर केटीले अचम्म मान्दै भनी, ‘खोई त चुसेको ?’ उसले अलिकति बेवास्तापूर्वक भन्यो, ‘भैगो, त्यो अलि महँगो भयो ।’ यति भनेर ऊ त्यहाँबाट फटाफट बाहिर निस्क्यो । केटी वाल्ल परिरही । उसले केही भन्न सकिन । किनभने सर्तअनुसार चुस्ने कामका लागि एक हजार दिने कबुल गरिएको थियो, जुन काम उसले गर्दै गरेन ।

ratna@kcm.edu.np
(शिक्षा : स्नातकोत्तर (समाजशास्त्र)
प्रकाशित कृति : बिसन्चो (कथासङ्ग्रह), मधुमास (गजलसङ्ग्रह)
प्रकाशोन्मुख कृति : तरङ्ग (गीतसङ्ग्रह), उकुसमुकुस (कथासङ्ग्रह), उफान (कथासङ्ग्रह)
सम्पर्क : लोकन्थली, भक्तपुर फोन ६६३१७३२)

(स्रोत : शब्दङ्कुर असौज २०६४)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.