~लालकुमार बराल~
आफ्नो मुटु चिरेर तिमीलाई खुशी दिएँ सारा
मैले माया गर्दा गर्दै (किन हुन्छौ टाढा )२
आफू दुखी बनेर तिमीलाई खुशी दिएँ सारा…
(संगै बाँचौ संगै मरौं भन्थ्यौ तिमीले पहिले )२
माया गर्न जानिन कि (पराई भयौ अहिले )२
आफू दुखी बनेर तिमीलाई खुशी दिएँ मैले…
(हरपल मेरो सम्झनामा आउँछौ सधैं भरि )२
तिमी बिना जीवन मेरो (बिताऊँ कसो गरि )२
आफू दुखी बनेर तिमीलाई खुशी दिएँ सारा
आफ्नो मुटु चिरेर तिमीलाई खुशी दिएँ सारा
मैले माया गर्दा गर्दै (किन हुन्छौ टाढा )२
(आफू दुखी बनेर तिमीलाई खुशी दिएँ सारा…)२
शब्द : लालकुमार बराल
सङ्गीत : श्रीकृष्ण बम मल्ल
स्वर : प्रमोद खरेल
एल्बम : अनुराग