~शोभा शर्मा~
तिमीसंगै रमाउनु थियो
बादलुको घुम्टो भित्र,
तिमीलाई देखाउनु थियो,
यो डाँडाको चौतारीमा बसेर
आकाशका इन्द्रेनी,जून र चराहरु
ओ प्रिय,
तिमीलाई सुनाउनु थियो
यो झरनाको कलकल संगीत
नदिको सुसाई
र,
भन्नु थियो,
जिन्दगानी यत्ति रमाईलो छ,
नजाउ शून्यदेशमा!
तिमीलाई फर्काउनु थियो
जिन्दगीको प्रिय गोरेटोमा
तिमीलाई हसाउनु थियो
फूल जस्तै गरि,
नचाउनु थियो डाँफे मुनाल संगै
बतासको वेगमा,
मिसाउनु थियो हाम्रो सास!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)