कविता : आउदैछु चाडै फर्केर

~सोम खनाल~som-khanal

यादले प्यारो गाऊंको
जन्मेर हुर्केको ठांऊको
दुख्या’छ छाती चर्केर
आउदैछु चांडै फर्केर ।

कति छ बाच्नु था’छैन
मनमा शान्ति भा’छैन
नजांदै बेला घर्केर
आउदैछु चांडै फर्केर ।

बिउझाउन सिथिल देशलाई
संस्कृती, भाषा, भेषलाई
आसाको पीयूष छर्केर
आउदैछु चांडै फर्केर ।

पराई जस्तो ठानेर
धारीला ब्यंग्य हानेर
नबोलिदेऊ झर्केर
आउदैछु चांडै फर्केर ।

शंकालु आंखा तरेर
नचिने जस्तै गरेर
नहेरिदेऊ कर्केर
आउदैछु चांडै फर्केर ।

भेट हुंदा ठुस्स परेर
नदेखे जस्तो गरेर
नहिडिदेऊ तर्केर
आउदैछु चांडै फर्केर ।

July 8, 2017

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.