~यकिना अगाध~
यो कथा नेपालको पूर्व दुई नम्बर अवस्थित सिन्धुली गडीडाडा अदालतको हो । वादी प्रतिवादीबीच मुद्धा चलिरहेको थियो । वादीले प्रतिवादीलाई बिना कारण दुःख दिने नियतले मात्र मुद्धा हालेको थियो । यसले गर्दा प्रतिवादीले वादीलाई राम्ररी नै न्यायको स्वाद चखाउने विचार गर्यो र न्यायधिसलाई भेट्न गयो । उसले न्यायधिसलाई सबै यथार्थ कुराको जानकारी दियो साथै आफूलाई न्याय दिनको लागि सम्झना भइराखुन भनेर छुट्टिने बेलामा न्यायधिसलाई राडी टक्र्याएर हिड्यो ।
वादीले सोच्यो– अहो मैले त त्यसलाई दुःख दिन मात्र मुद्धा हालेको हुँ । भोली त्यसलाई दोषी प्रमाणित गरेर देखाउन सकेन भने समाजमा मैले कसरी मुख देखाएर हिड्नु । यति सोचर उ पनि न्यायधिसलाई भेट्न हिड्यो र आफूलाई जिताइदिन बिन्ति बिसायो । उसले छुट्टिने बेलामा न्यायधिसलाई भखरको दुहुनो माली गाई चढाएर हिड्यो ।
फैसलाको दिन आयो । प्रतिवादी ढुक्क थियो उसले नै मुद्धा जित्नेमा । किनकि एक त वादीले फत्तुर मात्र लगाएको थियो अर्को चाहि उसले न्यायधिसलाई राडी टक्र्याएको थियो ।
फैसला आउदा त उ तिनछक्क पर्यो र छागाबाट खसेझैं भयो । प्रतिवादी जीतको अतासबाजी गर्दै फर्कि रहेको थियो । न्यायधिस अदालतको कारवाही सकेर क्वाटर फर्किदै थियो । उसले आफ्नो मनको आवेसलाई रोक्न नसकी सोध्यो– सम्माननीय श्रीमान् ज्यू ! सम्झि बक्सियोस त मेरो राडी । उनको रुन्चे कुरा सुनेर श्रीमान् मुसुमुसु हास्यो र भन्यो– त्यो त गाइले खायो ।
त्यो दिनदेखि आजसम्म नेपालको अदालतमा यही परम्परा चलिरहेको छ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )