समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण

~अज्ञात~

कथाकार रमेश विकलले लाहुरी भैँसी कथामा गरीब लुखुरेको सोझोपन,गाउँका ठूलाठालुको शक्ति देखि डराउने दास मनोवृत्ति तथा उनीहरुको षड्यन्त्रकारी प्रवृत्तिलाई उतालेका छन् । गाउँमा शक्तिशालीहरुले सोझो गरीबहरुलाई कसरी शोषण गर्दछन् भन्ने कुरा देखाउँदै तिनै सोझा र निमुखा गरीबहरुमाथि सहनुभूति प्रकट गरेका छन् ।

गाउँघरका ठूलाबड़ाहरु गाउँले गरीबहरुले दु:खजिलो गरेर एकपेट पालेको आफ्नै पाखुराका भरमा बाँच्ने चाहना राखेका सफासुग्घर भएर हिड़ेकोमा ईष्या र डाहा गर्ने शोषणको केन्द्रित भएर ती जाली फटाहहरुको षड्यन्त्रलाई समाचका अगाड़ि राखिदिने काम गर्छन् ।

नयाँ सड़कको गीत (२०१६) कथासंग्रहमा संग्रहित लाहुरी भैँसी कथामा ग्रामीण समाजको निम्म वर्गीय किसान लुखुरेले आफ्नो घरबार साहुलाई सुम्पेर अनि गहनागुरिया रित्याएर त्रृणमा डुवेर लाहुरेले भैँसी ल्याउँछ । लाहुलेले आफ्नो आगनमा भैँसी बाँधेको देखेपछि खैलावैलापछि कथाको प्रारम्भ भएको छ ।

यसलाई कथाको आदि भाग मानिन्छ । सुरुमा त उसकी स्वास्नी र छोरी पनि खुबै खुसी हुन्छन् । भैँसीको घिउ बिक्री गरेर राम्रो प्रकारको कपड़ा लगाउने सपना सोचेका गुन्छन् तर दु:खको कुरा के हो भने समाजका ठूलाबड़ाहरु गरीब लुखुरेको घरमा लाहुरी भैँसी आएकोमा ईष्या र डाहाले जलेका हुन्छन् ।

लुखुरेले सत्र-बीस अथवा ३४० रुपयाँ हालेर लाँकुरी भञ्जाङ्गबाट किनेर ल्याएको लाहुरी हेर्दा ज्याँदै राम्रो तथा अति नै आकर्षक देखिन्छ । लुखुरेका घरमा यति राम्रोभैँसी बाधिएको देखेर डाहा र ईष्याले छटपटाएको द्वारेबा आफ्नो दलवलसहित लुखुरेको त्यो भैँसीलाई कुटिल चाल रचेर आफ्नो घरमा लैजाने प्रपञ्ज रच्दछ । यहाँबाट संघर्षविकास प्रारम्भ हुन्छ ।

यो कथाको मध्यभाग हो । उसका आसपासेहरुले पनि द्वारेबालाई सहयोग पुर्याउँछन् । त्रृणमा डुवेर पनि भविष्यको सुन्दर सपना बोकेको लुखुरेले ल्याएको लाहुरीलाई धम्की भएको जाली कुरा सुनाउँछन् । विचारो लुखुरेको तालु र अोठ सुक्दछन् । भैँसी बिरामी भएको ठहर गरिएकोमा उ ज्यादै आतिन्छ ।

लामोबाटो हिड़ाएर ल्याएको भैँसीले त्यस दिन भनेजतिको दूध दिन सकेन । गहनागुरिया राखेर भैँसी ल्याउँदा अत्यन्त खुसी हुने उसको स्वास्नी घैटी आफ्नो लोग्नेसंग झगड़ा गर्न पछि पर्दिन । खाइस अभागी ग्वाङ्ग्रा जस्तो शब्द प्रयोग गर्न अघि सर्दछे । बिरामी नै नभएको भैँसीलाई द्वारेबाको कपटले धम्की ठहर गरेको थियो । ठाउँमा ठूलाबड़ाले भनेको कुरा सत्य होला भन्ठानेर लुखुरेले लाहुरी मरिहाल्ने पो हो कि ? भन्ने त्रास र पीड़ाले छटपटिन्छ । अरु केही उपाय नलागेपछि भोलिपल्ट लुखुरे दौड़ेर द्वारेवाका घरमा पुग्दछ र आफ्नो भैँसी सुम्पिने कुरा गर्दछ ।

यो कुरा सुनेर द्वारेबा साह्रै खुसी हुन्छन् तर बाहिरी देखाउँटी चाहिँ मर्न लागेको भैँसी मलाई के कामलाग्छ भन्दै कम दाममा भैँसी हत्याउने दाउमा लाग्दछ । लुखुरेले पनि ३४० हालेर ल्याएको लाहुरी भैँसी मर्यो भने त पूरै डुबिन्छ बरु सय-पचास घटेर भैँसी पन्छाइयो भने त कम्तिमा पनि त्रृणमा डुबिन्दैन भन्ने सोचाई राखेर द्वारेबालाई भैँसी सुम्पन्छ । कथाको अन्तभाग यसैलाई मानिन्छ । आफ्नो योजना सफल भएकोमा द्वारेबा अत्यन्तै प्रफुलि्लत हुन्छ । लुखुरे चाहिँ त्रृणमा चुर्लुम्ब डुवेर आफ्नो दु:खेसा गर्दै व्यवहार गर्न वाध्यात्मक बन्छ ।

नेपाली ग्रामीण समाजमा घट्ने यसप्रकारको घटनालाई कथाको विषयबस्तु बनाएर कथाकार विकलले यसप्रकारका षड्यन्त्रकारी तथा जालीफुटाहरुले समाजका गरिबहरुलाई उठ्न नदिएको प्रसंगको उल्लेख गरेका छन् । लुखुरेका भैँसी द्वारेबालाई सुम्पन भूमिका खेल्ने धर्मका सारथी सीताराम पण्डित भैसीँलाई पैसा हाल्नु ठीक हुँदैन भन्दछन् । कृषिप्रधान मुलुकको एउटा गरीब किसानले जीविकोपार्जनका लागि त्रृणमा भासिएर भैँसी पालेर जीवनस्तर उकास्न खोजे पनि गाउँले गरीबहरुलाई त्यहीकै सामन्तरहरुले उठ्न दिएका छैनन् ।

तिनीहरु झन् रसातलमा जाकिँदैछन् भन्ने कुरा देखाउन प्रस्तुत कथा सफल भएको छ । ग्रामीण समाजमा हुने यसप्रकारका सामन्तीशोषण गर्ने प्रक्रियलाई जरैदेखि उखेलेर फाल्नुपर्ने प्रगतिवादी द्रृष्टिकोण विकलले अघि सारेका छन् । गाउँका ठूलाठालुहरु आफ्ना मतियारहरुको सहयोग लिएर आफ्नो स्वार्थसिद्ध कसरी गर्दछन् भन्ने कुराको एेना हो । लाहुरी भैँसी कथा कथाबस्तुको सेरोफेरो ग्रामीण समाज रहेको हुनाले यसको परिवेश ग्रामीण नै रहेको छ । कथामा वर्णित चरित्रहरुअनुसारको शैलीको प्रयोग गर्नमा कथाकार विकल सक्षम रहेको छन् ।

लाहुरी भैँसी कथाका मूलभूत विशेषतालाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छ ।

१. नेपाली ग्रामीण जनजीवनको यथार्थ चित्रण
२. ठूलाठालुको षड्यन्त्रको उद्घाटन्
३. शक्ति तथा षड्यन्त्रकारीका अगाड़ि ढल्कने दास मनोवृत्ति
४. गरीबले आफ्ना चाहना वा आवश्यकतालाई पूरा गर्न नसकेको प्रस्तुति
५. गरीबहरुको विवश जीवन तथा सुधोपनको अङ्कन
६. सरस र सरल भाषाशैलीको प्रयोग

कथाहरुको तत्त्वहरुको आधारमा लाहुरी भैँसीको विवेचना

शीर्षक सार्थकता

लाहुरी भैँसी भैँसीमध्येको राम्रो भन्ने अर्थमा प्रयोग छ । गाउँको गरीब लुखुरेले जीविकोपार्जनका लागि ऋण काढ़ेर भए पनि भैँसी किनेर ल्याएको लाहुरी भैँसी माथि आँखा गाड्ने गाउँकै शोषक -सामन्ती प्रवृत्ति बोकेको द्वारेबाले देखिनसहेको प्रसंगको उल्लेख गरिएको छ ।राम्रा असल जति आफ्नो हुनुपर्दछ भन्ने द्वारेबाले गरीबको घरमा बाँधेको भैंसी अनेक षड्यन्त्र गरेर भए पनि आफ्नो बनाएको कुरा अघि सारिएको हुनाले शोषक सामन्तीको शोषण तथा स्वार्थी प्रवृत्तिको भण्डाफोर गर्न चयन गरिएको शीर्षक र बिषयबस्तुको बीच सार्थक सम्बन्ध रहेको छ ।

चरित्रचित्रण

यहाँ सत् र असत् गरी दूई किसिमका पात्र रहेका छन् । सत् पात्र लुखुरे हो भने द्वारेबालकायत उसका पुच्छरहरु असत् पात्रहरु हुन्उ । उच्च निम्न गरी वर्गीय दृष्टिले पनि दूई किसिमले वर्गीकरण गरिन्छ । अर्काको फाइदाको निम्ति आफ्नो नीचता देखाउने पात्रहरुको षड्यन्त्रकारी भूमिका पनि यस्ता कथामा खतरापूर्ण रहेको छ । यस कथाको प्रमुख पात्र लुखुरे हो जो ज्यादै सोझो र गरीब पनि छ । अनुकुल प्रवृत्ति भएको लुखुरे गतिशील र वर्गीय जीवनचेतना भएको पात्र हो । ऊ मञ्चीय र वद्ध पात्र पनि हो ।  द्वारेबा चाहिँ सहायक,प्रतिकूल चरित्रको पुरुष पात्र हो ।

स्वाभावको आधारमा गतिहीन ,वर्गगत,जीवनचेतना,आसन्तताका आधारमा मञ्चीय र आवद्थका आधारमा वद्ध रहेको छ । त्यसरीनै रामबीरे , घमाने, खुलाल, पोड़े, ज्याम्दीका ढकाल, नेपाल बाहुन ,सीताराम पण्डित गौण भूमिका भएका पुरुष पात्र हुन् । उनीहरुमध्ये पोड़े नेपाल र बुढाथोकी प्रवृत्तिका आधारमा अनुकूल रहेको छ भने बाँकी प्रतिकूल छन् । स्वभावका दृष्टिले सबै नै गतिहीन दखिन्छन् र सबैमा वर्गगत जीवनचेतना रहेको छ । ढकाल र नेपाल नेपथ्यका पात्र हुन् भने बाँकी मञ्चीय हुन् ।  सीताराम पण्डित वद्ध पात्र हो । भने बाँकी मुक्त पात्रका रुपमा रहेका छन् ।

त्यस्तै नारी पात्राहरुमा लुखुरेकी पत्नि घैंटी गौण ,अनुकुल र गतिशील रहेकी छन् र वर्गगत जीवनचेतना भएको मञ्चीय र वद्ध पात्र हो । कान्छी घर्तिनी गौण,अनुकुल,गतिहीन,वर्गगत,मञ्चीय र मुक्त पात्र हो ।

संरचना

प्रस्तुत कथा लामा-छोटा ५७ अनुच्छेदमा संरचित छ ! यस कथालाई परिच्छेद वर्गीकरण गर्ने स्पष्ट शीर्षक वा अंक प्रयोग गरिएको छैन तरैपनि बीचमा ताराअंकित चिह्नको प्रयोगका आधारमा दूई परिच्छेदमा बिभाजित मानिन्छ । संवादहरु छोटा-छोटा रहेका छन् । एक वसाइमा अथवा ३५/४० मिनेटभित्र पढ़ेर सिध्याइन्छ ।

परिवेश

यसको वाह्य परिवेश ग्रामीण रहेको छ । ग्रामीण समाचभित्रको सामन्ती शोषणको पराकाष्ठा यसको आन्तरिक परिवेश हो । जसको षड्यन्त्रमा निम्नवर्गीय लुखुरे परेको छ । सामन्ती संस्कार अवलम्बन गरेको द्वारेवा र उसका भरौटहरुको चुङ्गुलमा परेर समाजका गरिबहरु कुन रुपमा मारमा परेका छन् भन्ने कारुणिक चित्रण गरिएको छ । द्वारेबाको शोषणमा ग्रामीण सीधासाधा गरिबहरु निरीहबन्न पुगेको कथाको मूल कथ्यले जनाएको हुनाले गरिबको जीवनभोगाइ कष्टकर भएको अभिव्यक्ति यसको परिवेशभित्र समेटिएका छन् ।

सारबस्तु

लुखुरेको गरिबीप्रति खेलवाड गर्ने स्वार्थी प्रवृत्तिको द्वारेबाजस्ता धूर्त,बदमास व्यक्तिहरु गरिहमाथि कसरी शोषण गर्छन् भन्ने देखाएर यसखाले प्रवृत्तिलाई हटाउनुपर्ने सन्देश दिएका छन् । व्यक्तिगत स्वार्थमा नभएर वर्गीय हितमा लाग्नुपर्नेको दृष्टिकोणको अभिव्यक्ति रहेको छ ।  चेतनाका अभावका कारण कँयौ लुखुरेहरु शोषित भइरहेको प्रसंगको उल्लेख गर्दै यस्ता शोषक सामन्ती प्रवृत्तिको विरोध गर्नुपर्ने तर्कको आहवान रहेको छ र त्यहि नै मूल सन्देश पनि रहेको मानिन्छ

यस रचनाका रचनाकारको बारेमा तपाईंलाई थाहाभए कृपया Kritisangraha@gmail.com मा सूचित गरेर हामीलाई मद्दत गर्नुहोला । धन्यवाद !
– साहित्य सङ्ग्रहालय

(स्रोत : काठमाडौँखबर डट कम)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.