गजल : याद आउँछ

~अनुपम ‘नवोदित’~

घामले पोल्दा चौतारी र बरको याद आउँछ
शिरमाथि जहाज उड्दा घरको याद आउँछ

जिन्दगीको रथलाई किन किन, हाँक्न सकिन
बाल्यकालमा पढ भन्ने, सरको याद आउँछ

चुहेको छानो छाउन, जहाजसँगै उडि आएँ
चुहिएको घर छाउन, खरको याद आउँछ

स्वाभिमानी शिरहरू, झुक्न जान्दो रहेनछ
विदेशमा आफ्नै देशको, चर्को याद आउँछ

कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।
२२ अप्रिल, २०१८

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.