कविता : भूकम्पयुक्त केही उन्मुक्तक

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

हल्लाउनु हल्लायो कम्पले–महाभूकम्पले
पूर्वजका यश कीर्ति गौरव वेमाख भै ढले
नेपालीपन नेपाली मन घाम जून चम्कने छन् सब
अविचलित आँट देखेर नेपालीको भूकम्पै छक्क पर्ने छ अब ।

विपतमा नरुने नआत्तिने हाम्रो बानी
धैर्य र साहसका हामी अदम्य खानी
निर्माणको लहर अब चल्छ धूमधाम
उप्रान्त कसैले रोकेर रोकिन्न हाम्रो बिहानी ।

रोएरै बस्तैनन् नेपाली, नेपाल आमाका शिरभूषण
सृष्टिमै शान्ति र समृद्धि ल्याउन तम्सेका छन् नेपाली झन
आँधी हैन सुनामी हैन कम्पन–भूकम्पन साथी
ब्युँझेका छन् जगाउने छन् सुस्ताउँदैन जिउँदो नेपाली पन ।

हल्लनता हल्लेकै छन् हेर रूखमा चराहरू
आशावरी धून गाउँदै आनन्दले नाच्छन् अझै बरु
टाढा जानुपर्दैन हेरौँ पतझडपछि वसन्तको रूप
जस्तै बाढीमा पनि नदी कहाँ रुन्छ र सङ्लदै बग्छ अरू ।

एऽ आकाश गङ्गा सुन हाम्रो आराधना
मङ्गल हुनैपर्छ हटाइदेऊ अन्धकार घना
देवादिदेव हेऽ भोलेबाबा सर्वेश्वर आशुतोष !
जगाइदेउ सृष्टि शिरको रक्षार्थ तिम्रा परमवीर सेना !

कसैलाई दशैँ भाको छ भूकम्प कसैलाई दशा
निर्माण हैन धेरैलाई ध्वंश गर्ने लागेको छ नशा
एऽ सारसुहाउँदोलाई भत्काएर निर्माणको नाटक गर्ने हो !
सर्वाधिकार सम्पन्न हुने अवसर यही हो आकाशको तारा खसा ।
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.