~ऋतिक यादव~
कोही भन्छ माओवादीको एमालेमा विलय भएछ
कोही भन्छ राजनीतिमा एकहोरो प्रलय आएछ
ओलीले पानीको शुत्र जान्दा कांग्रेस छटपटाएछ
अब रुखको अक्सिजन हेर्दाहेर्दै वामहरुले खाएछ
दुई ठेलाका चालकहरु हेर्दाहेर्दै हवाईजहाज उडाएछ
पाइलट र कोपाइलट को-को हो भन्नमा अल्मलाएछ
सदाबहार रुखहरु पतझर बन्दा कांग्रेसी सुस्ताएछ
देउवा-पौडेल गुट र फुटको परिणाम राम्ररी पाएछ
दस वर्षमा देश स्वर्ग हुने वामको अभिलाशा पलाएछ
विश्वभरि कम्युनिष्ट ध्वस्त भएपनि नेपालमा फस्टाएछ
एकताको महासंग्राममा हाम्रा राजपा-फोरम हराएछ
ओलीले इन्धनबिनाको रेल चलाउने गफ खुब मचाएछ
गाँउगाँउमा सिंहदरबार हेर्न मेरो नयन बेसरी तर्साएछ।
– ऋतिक यादव
सिम्रौनगढ-१०,बारा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )