~अजय रिसाल~
‘कोपिला’ त्यो फूल बन्ने समयको खेल
दिन, महिना गर्दागर्दै भयो वर्षदिन
हिजोमात्र रोएजस्तो च्याहा च्याहा गरी
आज मीठो हासो देख्दा खुशी मुटुभरी
समयको चक्र हेर, कस्तो अचम्म छ?
नाप्ने यन्त्र कतै छैन, मात्र सूर्यचन्द्र
तिथि पक्ष छुट्याउने चन्द्रमान हाम्रो
वैशख जेठ महिनाले सूर्यमान राम्रो
सूर्यदेवले वर्ष फेर्दा जन्म लिने तिमी
चन्द्रमाको चक्र घुम्दा आयो चौथी तिथि
शारीरिक, सामाजिक, भावनात्मक विकास
महत्व त साह्रै ठूलो तिम्रो पहिलो वर्ष
स्वस्थ बन, सबल बन, बन प्यारी छोरी
फक्रिदेउ,सुवास छर हाम्रो कूलै भरी
तिमी ‘पूर्व’, ‘पश्चिम’ म छु तर केही छैन
मायामोह सीमानाले छेक्ने कुरा होइन
बाकी नै छ सुन्न तिम्रो मीठो तोतेबोली
बुइ चढी घुम्नु नै छ उकाली ओराली
ताते ताते गर्दै हिंड्ने दिन आउदैछ
बाललीला समयले अब ल्याउदैछ
अजय रिसाल,
२०७०।१२।२० बेलुकी ९।३० बजे,
नर्वे