~लिला बल्लभ नेपाल~
बाबाको ममता रहर बनी कन जीवनको फुल फुल्दछ
उनैको ममता निस्वार्थ भाव बनी याथार्थमा खुल्दछ
आफ्नो दुख लुकाइ सन्तानहरुमा रहर सजाउँछन
जस्तो कष्ट परे पनि बाबा सधै खुशीमा रमाउँछन
पाउँ बस्न सधै रमेर रहरको बाबा को दिलै भरी
हाँसो साँच्न सकु सधै सधै भरी उनैको मुहार भरी
बाबा मात्र भए सबै थोक पाएँ चाइदैन अरु खुशी
उनकै साख सधै जगाउँन पाउँ रमोस् पृय ढुकढुकी
हे देब तिमी छौ यदि कतै भने तिम्रै पाउँ पर्दछु
बाबाको ममता सधै भरी पाउँ नमस्कार गर्दछु
इच्छा मात्र सजाइ कन पनि रमोस् बाबाको खुशी
पाउँ बाँच्न सधै रमेर खुशीले बनी उनकै ढुकढुकी ।।
लिला बल्लभ नेपाल
महारानी झोडा-५, झापा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )