~अनुपम ‘नवोदित’~
कहिले तिमी सागरको, छाल बनी आयौ
कहिले तिमी माकुरीको, जाल बनी आयौ
थाहै नपाई हृदयको, कुना-कन्दरामा
सुस्त-सुस्त बिरालीको, चाल बनी आयौ
झुल्के घाम बन्छु भन्थ्यौ, खुशी छर्न जीवनमा
एक्कासि तिमी किन, अश्रुताल बनी आयौ
जीतहारको दाऊ हेरी, च्याँखे थापे जस्तै
जूवाघरको जूवाको त्यो, खाल बनी आयौ
ईन्द्रेणी झैं रंगाउने, चाह थियो जीवनलाई
विडम्बना प्रिया तिमी, अवगाल बनी आयौ
कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )