~अजय रिसाल~
म पेसाले एक मानसिक रोग विशेषज्ञ, मनोविज्ञ वा मनोचिकित्सक…..अर्थात् मनलाई जान्ने मान्छे । मनको कुरा खुलस्त बुझ्ने । पत्ता लगाउन सक्ने स्रोत व्यक्ति…..वास्तवमा यही ‘मन कहाँ छ ?’ भन्ने जिज्ञासा शान्त पार्न नै मैले मानसिक रोगको अध्ययन गर्ने विचार गरेको थिएँ । थुप्रै व्यवधानहरू आए तापनि तिनको परवाह नै नगरेर आफ्नो निर्णयमा अडिग रहेको थिएँ ।
तर प्रश्न अनुत्तरित नै छ, ‘मन कहाँ छ ?’ पहिले जाऊँ, आफैँले पढेर आएको पश्चिमी चिन्तनबाट प्रभावित core psychatry तिर । पश्चिमी चिन्तनहरूमध्ये cartesion duailsm अर्थात् मन र शरीर (Mind And Body) का बीच भिन्नता दर्शाउने च्भलभ म्भकअबकतभक भन्ने चिन्तकको कथन र त्यसको विपक्षमा विकसित भएको अहिलेको आधुनिक चिकित्सापद्धति रहेका छन् ।
हामीले मानसिक रोगका लक्षणहरूलाई तीन भागमा विभाजित गरेर केलाउने गर्दछौँ । विचार, व्यवहार र भावना यी तीनमा आउने उतारचढाव नै मानसिक रोग core symptoms का रूपमा देखा पर्दछन् र त्यसैको माध्यमबाट हामी क्उभअष्बष्कित कहलाइएकाहरू मानव मनको दशालाई जान्ने प्रयास गर्छांै । अर्थात् यो चिन्तनभित्र पनि मनलाई एउटा अदृश्य तर व्याप्त वस्तु या अङ्गका रूपमा मानिएको छ । हामी रोगी या तिनका आफन्तले बताउने लक्षणका आधारमा, देखाउने व्यवहारका माध्यमबाट मनको रोगको अनुसन्धान गरेको ठान्छौं र यसको उपचारका लागि पनि ती तीनवटै अवयवहरूको निदान गर्ने रसायनहरू प्रयोग गर्दछौं र तर ‘मन कहाँ छ त ?’ हामी यस प्रश्नका अगाडि ‘मूक’ रहन वाध्य छौँ ।वास्तवमा चिकित्सा शास्त्रमा स्नातक गर्ने बेलामा पहिलो र दोस्रो वर्षमा नै हामीले मानव शरीरका अङ्ग प्रत्यङ्गहरू चिरफार गरेर प्रत्येक प्रणाली, तन्तु र कोषहरूको नै सूक्ष्म अध्ययन गरिसकेका हुन्छौँ तर ती दुई वर्षमा मानव शरीरका छाला, मांसपेशी, अस्थिरपञ्जरलाई छियाछिया पारेर अध्ययन गर्दा पनि, मुटु, फोक्सो, कलेजो, मिर्गौला, पित्त, फियो, आमाशय, आन्द्रा अनि जननेन्द्रीयहरूसमेतलाई टुक्राटुक्रा पारेर घोत्लिँदा पनि टाउको र खप्पर भित्रको मस्तिष्कको एकएक अवयवको गम्भीर अन्वेषण गर्दा पनि अनि नशा, कोशिका, स्नायुहरू सबैको आगमन र प्रस्थानबिन्दु पहिल्याउँदा पनि हामीले अदृश्य (?) ‘मन’ भेट्टाएनौँ न त कुनै प्रोफेसरले नै हामीलाई चिनाइदिए, ‘यी हेर यो हो मानव-मन’ भनेर….यो रहस्यमय कुरो ।
तर पनि हामी भन्छौं, ‘मन दुख्छ,’ ‘मन मर्यो’ ‘मन लागेन’ भनेर …..अनि मनका रोग छन् भन्दै उपचारमा डटिरहने डाक्टरहरू पनि छन् थुप्रै । अस्पताल खुलेका छन्, मनोचिकित्सा । मनोविज्ञान आदि पढाउने कलेजहरू छन्, पढ्ने विद्यार्थीहरू छन्, अस्पताल धाउने रोगीहरू छन् तर खोई ! हाम्रो मन भने कहाँ छ ! त्यो लुप्त तर प्रभावशाली मन ।
‘मन दुख्यो’ भनेर हामी छाती समाउँछौं, के छातीमा छ त मन ? के मुटु नै हो त मन ?
‘मन लागेन’ भनेर कोही टाउकोमा हात राखेर बस्छन् के टाउकोभित्रै छ त मन ? के मस्तिष्क नै हो त मन ? मन नै मरेपछि कोही आफ्नो हातखुट्टा नै छोडिदिन्छन् कोही ज्यान नै फालिदिन्छन्, जीवनबाट नै भागिदिन्छन् । अर्थात् मन मरेपछि शरीर भए पनि त्यो बेकामको हुन्छ, इन्द्रियहरू शिथिल हुन्छन्, ज्ञानेन्द्रियहरू कुनै शब्द स्पर्श, दृश्य, सुगन्ध र स्वादप्रति लालायीत हुँदैनन्, न त कर्मेन्द्रियहरू नै कुनै सुखभोग गर्न समर्थ हुन्छन् । अर्थात्, शरीर निर्जीव हुन्छ, मन मरेपछि, जिजीविषा बाँकी नै रहँदैन । त्यसोभए, शरीरभित्र कहाँ छ त त्यो मन ? वा शरीरबाट भिन्न रहेर रिमोट कन्ट्रोलरले टीभी चलाएझैँ हाम्रो शरीरलाई टाढैबाट नियन्त्रण गरिरहेको त छैन त्यसले ? म व्यथित छु, मनलाई नदेखेर, मनको नापतौल, लेखाजोखा गर्न नपाएर…….
‘म’ अर्थात् एउटा स्रोत व्यक्ति, मनको चिकित्सक, मनको ठेकेदार…. ‘मन कहाँ छ ?’ भनेर भ्रमित भइरहेछु । त्यसोभए, म कुन विश्वासमा उपचार गरौं त्यसको रोगलाई जसलाई मैले नै प्रत्यक्ष देख्न । बुझ्न सकेको छैन ?
म यस मानेमा आफूले सिकेको दक्षता हासिल गरेको आधुनिक चिकित्सापद्धतिसँग असन्तुष्ट छु । किनकि मैले ठोस उत्तर पाउन सकेको छैन मेरो यक्ष प्रश्नको……हो, म मानसिक रोगका कारणहरूलाई । कारकतत्त्वलाई तीन भागमा विश्लेषण गरेर हेर्दछु । जैविक मनोवैज्ञानिक अनि सामाजिक र त्यही आधारमा जुनसुकै रोगीलाई पनि एउटा सम्पूर्ण मानवको रूपमा अवलोकन गर्दछु । एउटा परिवारको सदस्यको रूपमा अन्वेषण गर्दछु । एउटा समाजको स्वतन्त्र अवयवको रूपमा अनुसन्धान गर्दछु अनि उसको मनोदसाको सफा चित्र कोर्दछु । त्यसलाई चित्रपटमा राखेर उसको उपचारको योजना बनाउँछु । सोच्छु आफैँ यसमा धेरै ।
अनि, उसको उपचार गर्दा पनि तीनवटै कोणबाट प्रयास गर्दछु । जैविक रसायनहरू प्रयोग गर्दछु उसका असन्तुलित मनस्थितिमा सुधार ल्याउन, मनोवैज्ञानिक उपचार पनि सुरु गर्दछु उसका ‘स्वत्तर’लाई जगाउन । उकास्न अनि सामाजिक आधारस्तम्भलाई बलियो बनाउँछु उसको उपचारमा सहयोग गर्न । उसलाई व्यक्तिबाट परिवार अनि परिवारबाट समाजतिर डोर्याउने कोसिस गर्दछु । त्यस्तै, उसको समाजलाई घच्घच्याएर उसको परिवारसम्म तान्दछु अनि उसको परिवारलाई अगाडि ल्याएर ऊभित्रको व्यक्तित्वलाई उजागर गर्ने प्रयास गर्दछु । यसरी, म उसको मनोरोगको निदान गर्दछु तर मन कहाँ छ ? अझै भेट्टाउन सक्दिनँ म….के उसको मन उसको व्यक्तित्व हो ? उसको परिवार हो या उसको समाज हो ? प्रश्न सदाझैँ अनुत्तरित नै छ ।
किन मन रोगी हुँदा ऊ जीवनबाट नै पलायन हुन खोज्छ ? समाजलाई संशयको आँखाले हेर्छ ? समाजका विधिविधानविरुद्ध ‘बागी’ बनेझैँ समाजका नियम कानुनलाई तोडमोड पार्न खोज्छ ?
किन मन भ्रमित हुँदा ऊ आफूभित्रकै शब्दलाई बाहिरबाट सुन्छ ? आफैँ आफन्तबाट भाग्न खोज्छ ? कहाँ छ त्यो मन जसले एउटा सभ्य, सुसंस्कृत अनि सुयोग्य मान्छेलाई असभ्य, अपराधी अनि अयोग्य बनाउँछ परिवार । समाज अनि आफ्नै नजरमा ? कहाँ छ त्यो मन जसले एउटा वीर योद्धा ‘अर्जुन’ लाई युद्धबाट पलायन हुन उद्वेलित गर्दछ ? गाण्डीवलाई भुइँमा फ्याँके र कायर बन्ने प्रेरणा दिन्छ ?
हो, मैले फ्रायडका दर्शनहरू पढेँ, क्रेप्लिन र ब्लुलरका ःयलयनचबउज सकेँ, क्लोनिगर, एडवार्ड ग्रस अनि थुप्रै चिन्तकहरूका ‘लागू पदार्थ’ दुव्र्यसन, रक्सीको अम्मल आदि चिन्तन र सिद्धान्तहरूमा आधारित भएर सोधपत्र तयार गरेँ । नर्वे, जर्मनी, अमेरिका, फ्रान्स, जापान अनि भारतजस्ता मुलुकहरूमा गरिएका विविध प्रकारका अध्ययनहरूमा आधारित रहेर आफ्नो स्नातकोत्तरका लिखित र प्रयोगात्मक परीक्षाहरूबाट आफूलाई ःम् मनाए, एकथअजचष्बतचष्कत को डिग्री हासिल गरेँ, मनोचिकित्सक भएर आफ्नो सपना साकार पारेँ तर पनि म रनभुल्लमा छु, कहाँ छ मन ?
म डाक्टरको कुर्सीमा बसेर बिरामीका रोदनभित्रका पीडाहरूलाई आफूमा समाहित गरेर भलउबतजथ देखाउँछु । आत्महत्याको प्रयास गर्दागर्दै बाँचेका महिलाहरूको आँसुमा व्यक्त भएका सासू-ससुरा । देवर-नन्द आदिका गार्हस्थ अन्यायका कथाहरू पढ्छु, रक्सीले मात्तिएर आएका श्रीमान्ले उनका मानमा पारेका नमीठा घाउचोटहरूमा मल्हम लगाउने प्रयास गर्दछु । उनीहरूको दुखेको मनलाई सान्त्वना प्रदान गर्न खोज्दछु । तिनका दिग्भ्रमित मनलाई शान्त गराउने कोसिस गर्दछु । कहिलेकाहीँ तिनीहरूले मभित्र अव्यक्त रूपमा रहेका व्यथाहरूलाई नै पोखिरहेका छन् जस्तो लाग्छ र आफ्नै मनलाई सम्हाल्ने प्रयास गर्दछु तर थाहा छैन मलाई, यो मन कहाँ छ ? त्यसैले पश्चिमी चिन्तनमा आधारित आधुनिक मनोचिकित्सा पद्धतिका ज्ञानहरू प्रयोग गरी मानसिक रोगीको उपचार गर्दागर्दै पनि, केहीलाई त्यसैको आधारमा निको पार्ने प्रयासमा सफलता प्राप्त गर्दागर्दै पनि म सन्तुष्ट कदापि छैन किन कि मैले अझैसम्म आफ्नो प्रश्नको उत्तर पाएको छैन ।
अब जाऊँ पूर्वीय दर्शनतिर ‘श्रीमद् भगवद्गीता’ जसलाई कृष्णोपचार विधिका रूपमा व्याख्या गरेका छन् केही विद्वानहरूले….अर्जुन रोगको उपचारका लागि स्वयं भगवान् श्रीकृष्ण नै युद्ध भूमिमा सारथि भएर आए अनि उनले गीताज्ञान दिए जसलाई महषिर् व्यासले १८ अध्यायमा बाँधी व्याख्या गरेका छन् । अन्ततः कृष्णोपचारको प्रभावले अर्जुनको मोहभङ्ग भयो र उनले भन्न पुगे, ‘नष्टोमोहः स्मृतिर्लब्हवा……’
मैले यही गीतालाई नै लिएँ पूर्वीय दर्शनको शोधग्रन्थका रूपमा….यसका पानाहरू पल्टाउँदै मनको बारेमा खोज्न थालेँ सन्दर्भ सामग्री । गीतामा थुप्रै योगहरूको (ज्ञानभक्ति, कर्म आदि) माध्यमबाट अर्जुनको उपचार गरिएको छ । मेरो जिज्ञासालाई केलाउँदा शरीरलाई एउटा रथको रूपमा दर्शाइएको छ यसमा, पाँच ज्ञानेन्द्रीयरूपी पाँच घोडा छन् यसका । मन पनि छैठौँ इन्द्रीय हो जो ती घोडाहरूलाई नियन्त्रण गर्ने लगाम हो, जसलाई बुद्धिरूपी सारथिले नियन्त्रण गर्दछ । अनि आत्मा त्यस रथको रथि हो ।
यो सुन्दर उपमाद्वारा मनलाई बुद्धिले संयम गर्नुपर्ने र मन संयमित भयो भने इन्द्रीय संयममा रहने र दुवै (ईह/पर) लोकमा आत्माले शान्ति पाउने, अन्ततः आत्माको परमलक्ष्य अर्थात् परमात्मामा मिलन या मोक्ष हुने अभिव्यक्त छ यसमा । कृष्ण र अर्जुनको प्रश्नोत्तरका क्रममा अर्जुनले मन एकदमै चञ्चल रहेको र यसको नियन्त्रण गर्न एकदमै गाह्रो हुने कुरा (चञ्चल हि मनः कृष्ण…) व्यक्त गर्दा श्रीकृष्ण भने त्यस कुराको समर्थन गर्दैअभ्यास र वैराग्यको उपदेश दिन्छन् (अभ्यासेन तु कौन्तेय….) । यी सब दृष्टिमा मनको विषाद व्याख्या छ गीतामा तर पनि म मेरो प्रश्नको सटिक उत्तर भेट्टाउन सक्दिनँ । अर्थात् मन कहाँ छ ? म ठम्याउन सक्दिनँ । कतै मेरो अभ्यास र वैराग्य नपुगेर पो हो कि ?
वेदान्तमा अवचेतनको रूपमा वर्णन गरिएको मन कहाँ छ कहाँ, खोई ?
यसरी पूर्वीय र पश्चिमेली दुवै दर्शनशास्त्रहरूले मेरो जिज्ञासा शान्त गर्न नसकेपछि कसको शरणमा परूँ म ? ‘जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि’ महाकवि देवकोटाले ‘यात्री’ कवितामा भनेका छन् । मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज । चेतनको त्यो ज्योति हिरण्यमय, उसको शिरको ताज । ल मानेँ मैले जगदीश्वर त मनमा रहेका छन् रे तर त्यो मन कहाँ छ त ? प्रश्न मेरो जहीँको तहीँ छ ।
कवि शिरोमणिसमेतले सोधेका छन्, कहाँ छ जानू, कुन साथ लिइकन, तँलाई मालूम छ कि यो कुरा मन ? भनेर तर मन कहाँ छ त ? उनको प्रश्न मनलाई नै छ……अनि मेरो प्रश्न भने कसलाई सोध्ने ? कविज्यूले कहाँ रहेको मनलाई त्यो प्रश्न सोधेका हुन्, म बुझ्न सक्दिनँ, । यसरी मनको अन्वेषणमा म लागेको धेरै भइसक्यो ।
स्वामी विवेकानन्दले रामकृष्ण परमहंससँग साक्षात्कार नहुञ्जेल सबै विद्वान, दिग्गजहरूलाई सोध्यो रे- “ईश्वर कहाँ छ ?, मलाई देखाइदिन सक्छौँ ? भनेर….।
म भने यही प्रश्न सोध्छु आफैँलाई, मन कहाँ छ ? मन कहाँ छ ? भेट्टाई दिनसक्छौं ?’ आशा छ म पनि कोही रामकृष्ण परमहंसलाई भेट्न पाउँछु कि ?
(स्रोत : मधुपर्क २०६८ मंसीर)