~कल्पना पौडेल “जिज्ञाशु”~
पुस्तौंदेखि अत्याचारमा लुटिएछन् जनता
सामन्तीको जोताइमा चुटिएछन् जनता
आए पनि देशमा खै प्रजातन्त्र, गणतन्त्र
दयनीय तरिकाले कुटिएछन् जनता
जबराको शासनदेखि रेग्मीको पालासम्म
गरिबीको कराहीमा भुटिएछन् जनता
मातृभूमि बचाउन आवाज उठाउँदा यहाँ
कानुनको अक्षरमा छुटिएछन् जनता
कस्लाई दोष दिनु यहाँ सामन्तको दासतामा
शोषकको अन्यायमा धुतिएछन् जनता
गैडाकोट–४, नवलपरासी (हाल इजरायल)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३३, – July 03, 2013 – २०७० आषाढ १९ गते, बुधबार)
