अनूदित कविता : नयाँ बिहानीको अपेक्षा

~साहिर लुधियानवी~
अनुवाद : प्रकाश थापा मगर

त्यो बिहानी अवश्य आउने छ
यी काला शताब्दीहरूको शीरबाट जब रातको पछ्यौरी हट्ने छ
जब दुःखको बादल पग्लिने छ, जब सुखको सागर झुल्किने छ
जब आकाश झुमेर नाच्नेछ, तब धरती शायरी गाउने छ
त्यो बिहानी अवश्य आउने छ ।

जुन बिहानीका लागि युग युगदेखि हामी सबै मरी मरी बाचेका छौँ
जुन बिहानीका लागि अमृतको धुनमा हामी विषको गिलास पिउँछौँ
यी भोकै–प्यासै शरीरमा एक दिन शितलता फर्किने छ
त्यो बिहानी अवश्य आउने छ ।

मान्यौँ कि अहिले तिम्रो हाम्रो सपनाको मूल्य केही पनि छैन
माटोको कुनै मूल्य छ तर मानिसको मूल्य केही पनि छैन
मानिसको इज्जत जब झुटा सिक्कामा तौलिने छैन
त्यो बिहानी अवश्य आउने छ ।

धनका लागि जब नारी अस्मिता बेचिने छैन
चाहना कुल्चिइने छैन, इज्जत बेचिने छैन
आफ्ना कालो कर्तुतप्रति जब यो दुनिया लजाउने छ
त्यो बिहानी अवश्य आउने छ
बित्नेछ कुनै दिन आखिर यी भोकमरी र बेरोजगारी ।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ८ – Jan. 7, 2015 – २०७१ पौष २३ गते, बुधबार)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.