~लाक्पा शेर्पा समर्पित~
कहिले ग्राहक बनाऊछ ब्यापारी बनाउँछ।।
समयले मान्छेलाइ हतियारधारी बनाउँछ।।
आफ्नो जहानलाई ओत लागाउन यहा ।।
गरिब खर र स्याउलोले छहारी बनाउँछ ।।
महासय!आफ्नो प्रेमिका यस्तो बनाऊनू।।
राजाले झै घोडालाई बफादारी बनाउँछ ।।
धर्ती चिरेर जिबिकोपार्जन गर्ने किसान ।।
अन्नको आशामा ठुलो भकारी बनाउँछ ।।
मदहोशी जवानीमा, आँखा डुल्ने बेला ।।
कू-विचारले मान्छे,व्यभिचारी बनाउछ ।।
गजलकार :- लाक्पा शेर्पा समर्पित(नेपाल)
ताप्लेजुङ, हाल : धनगडी, कैलाली, नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
