~नीता के.सी.”भट्टराई”~
अँजुलीभरि माया पाउने
चाह लिए पनि
म कहाँ योग्य छु र
तिमीले माया दिए पनि
शायद..!
बगैंचाको पारिजात हुँ म ,
टिप्दैन्न,कुनै दिन कसैले
शायद ..!
पाप लाग्ने डर हुँ म ..!!
पोल्टाभरि तिमीले समेटे पनि
म कहाँ योग्य छुँ र
तिमीले स्थान दिए पनि
स्विकार्दैनन कसैले
शायद ..!
श्राप लाग्ने डर हुँ म
बिडम्बना बिधीको
यस्तै भए पनि
लत्याउन सक्दैनन् कसैले
शायद ..!
पबित्र पारिजात हुँ म
भाग्यको बिडम्बनाले
खुसी लुटे पनि
समाजको धर्मले
सिन्दुर पुछे पनि
मात्र..!
एक सिंगार बिहिन
नारी हुँ म
शायद..!
ऊर्जा र ममताकी खानी हुँ म
फगत.. !
एक नारी हुँ म – !!!
==========
नीता के.सी.”भट्टराई”
लैनचौर – काठमाडौँ !!
