गजल : छाईदिदा पनि आफ्नी

~बिनोद खड्का~Binod Khadka

तिमि यसै दर्द बनी छाईदिदा पनि आफ्नी
मधुर स्पर्श बनी आईदिदा पनि आफ्नी ।

तिम्रा श्वरको जादुका कुरा के गरौ म लौ अब
तिमीले अरुकै गीत गाईदिदा पनि आफ्नी ।

तिम्रा ती नजरका नसाको कुरा कती गरौ म
लौ मदिरा बनाई पिईदिदा पनि आफ्नी ।

नजर अन्तै लगाईछ्यौ अर्कैकी भईछ्यौ
असहनीय पीडा बज्रिईदिदा पनि आफ्नी ।

बाँकी के थियो उही एक लासै त अघी बड्यो
हाँस्यौ बेस्सरी रे निर्लज्ज भईदिदा पनि आफ्नी ।

बिनोद खड्का
दुवाकोट ६, भक्तपुर
हाल: दोहा, कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.