गजल : आधार मान्छु म

~रेखा पन्त~

आफू बाँच्नुको यही आधार मान्छु म
बाबु आमा ईश्वर साक्षात्कार मान्छु म

कुन तीर्थ जाँदा भगवान् भेट्यो कसले
मेरी आमा देवीको अवतार मान्छु म

जो कसैको साथमा हुन्छन् बाबु आमा
ईश्वरले दिएको त्यो उपहार मान्छु म

वृद्ध बाबु आमा आश्रममा छोडी आउने
सन्तान बस्ने त्यो घर ओडार मान्छु म

देवता सोचे बाबु आमा मन्दिर बन्छ घर
खुसी फुल्ने आँगन पिँढी शृंगार मान्छु म

-रेखा पन्त, गोरखा
हाल:ईजरायल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.