~पुष्पा भण्डारी~
नारि बिना घर उज्यालो हुदैन ,
नारि भए घरमा जालो हुदैन;
नारि नभई घरमा शान्ति हुदैन,
दद्रिदताको के कुरा केहिले नि छुदैन ।।
नारीले घरको चौखटबाट बाहिर निस्किदा औला ठ्याड्याउछ समाज, त्यहि रनभुलमा भुलेर घरबारको पिजडा भित्रबस्यो भने बेकम्माको संज्ञा मिल्छ । घर बसेर काम गर्नु नपर्ने खाएर मस्ती गरेर बसेको सोच्ने पुरुष बिहानैनिस्किन्छ दुनिया संग झगडा रिस लिएर आउछ अनि त्यो रिस पोख्छ; दिन भरि घर भरिको स्याहार सुसार गरेरअझै लोग्ने आउने ब्यग्र प्रतिक्षामा बसेकी बुढिसंग । मेरो माने नारि मात्र माहान भन्ने हैन पुरुषले नि आफ्नो परिबारपाल्न गरेको दु:ख हो सबै, तर दुनियाको रिस घर आएर बुढिलाइ पोख्नु भन्ने पनि त हैन । उ पनि त पुरुषकोपिडा अनि खुशी आधा आधा बाड्न नै भनेर पराइ घर आएकी हुन् नि । तर पनि आफ्नो पतिको जस्तो सुकै ब्यबहारपनि सहेर बस्छिन चुपचाप ; उनको सहन्सिलता दर्शाउदै ।
उनको पनि त दिन भरिको पिडा हुदो हो । भान्सामा काम गर्दा कति पोल्दो हो,कति हात काट्दो हो, हात भरि चोपलाग्दो हो, ढाड भाचिने गरि निहुरिएर कपाडा धुदा, घर भरिको सरसफाई गर्दा ज्यान कति दुख्दी हो , पानि बोक्दाउचाल्दा पछार्दा हातमा ठेला उठ्दो हो , छिमेकी संग कति झगडा गर्नु पर्दो हो । ति ठेला फुटेर खादा भाडा माझ्दाकति चर्याउदो हो। बच्चा हुने हरुले त झन् बच्चाको दिशा पिशाब भन्न नि मिलेन, अलि ठुला छन् भने नि चक-चकले गर्दा दिक्क लाग्दो हो, त्या भन्दा अझै ठुला भए पढे नपढेको अनि अरु लाखौ चिन्ता हुदो हो । गाउ घर हो भनेघास दाउरा, गाइ बस्तु, भकारो सबै उनकै ठेक्का हो अझै सहरमा बसेर एस्तो गाइ बस्तुको काम गर्नु पर्दैन के कामगर्छेस भन्ने सोच आउदो हो पुरुष मनमा तर कति गरेर घर चलाउछिन त्यो अन्दाज उनलाई मात्र हुन्छ जसले घरखर्च येति भनेर दिएको पैसाले पुरै महिना चलाउनु पर्छ । यी सबै पिडाका बाबजुत पनि उसको घाउमा मलहमखोज्दिनन, ठेला पनि लुकाएर येस्तै हो मेरो हात भन्छिन, काटेको नि धेरै छैन अलिकति हो भन्छिन, झगडा हैनछिमेकमा सल्ला गरेको भन्छिन; बस उनको येति इच्छा हुन्छ कि भरे बुढा आए पछि दुइ बचन मिठो बोलुन, फेरीपहिलाको जस्तै आफै रिस खाएर के के सुन्नु पर्छ उनको इच्छा, इच्छा मै सिमित हुन्छ ।थाकेको होला कतितनाब हुन्छ बुढालाई पनि , उनकै कमाइमा परिवार चलेको छ भन्ने हामि नि बुज्छौ नि तर समस्याको समाधानरिसाएर भन्दा नि बाडेर गर्नु पर्छ । “खुशी बाडे दोब्बर दुख बाडे आधा।”
छोरा छोरी बिचको अचानो बन्छिन नारि , साशु सशुरा अनि बुढाको बीच त्रिकोण बन्छिन नारि , दुनियाको रिस पोख्नेठाउ नारि , छोरा छोरीको इच्छा आकंक्ष्या पुरा गर्न भिक माग्दा गालि खाने नारी नै ,घरमा कोहि बिरामी हुदा बिरामीकुरुवा,आधा रातमा आखा मिच्दै पानि तताएर पिलाउने उनी नै , जुन सुकै बेला परिवारको स्यार गर्ने सुसारे ,भाडामाज्ने पकाउने भान्से, लुदा धुने धोबी , भारि बोक्ने कुल्ली सबै बन्छिन नारि ।
नारि कहिले आमाको काख बन्छे कहिले बाबाको इज्जत,कहिले बहिनिको चुल्ठो अनि गालि बन्छे त कहिले भाइकोधम्कि , दिन पछि रात भए जस्तै परिबर्तन हुन्छिन छोरी । उ आमा बाबाको छोरी हो । आमा बाबाको साथको आसुअनि इज्जत बन्छे छोरी, पराइ घरको दाइजो बन्छे चेली , पराइको स्वास्नी बन्छे, साशुको चुलो बन्छे, सशुराकोसुशारे बन्छे बुहारीमा परिबर्तन भएर। देवरको नास्ता अनि देउरानीको संगी बन्छे भाउजुमा परिबर्तन भएर। अनिमन परे बुढाको तालि बन्छे मन नपरे गालि बन्छे, अनेक इच्छा हुदा नहुदा,सन्चो हुदा नहुदा लोग्नेको ओछ्यानहुन्छे ,एक पछि दुइ अनि दुइ पछि तिन भए जस्तै परिबर्तन हुन्छे नारि । कहिले छोराछोरीको गास बन्छे कहिले दुधको बोतल बन्छे कहिले खेलौना बन्छे, कहिले ओड्ने बन्छे कहिले ओछ्याउने बन्छे उ आमामा परिवर्तन हुन्छे मौशम परिबर्तन भए जस्तै । छिमेकीको तगारो बन्छे अरुको नजरमा छुच्ची अनि दुस्ट बन्छे उ परिवर्तन हुन्छेअध्यारो पछि उज्यालो भए जस्तै । कहिले जामा बन्छे, कहिले घांगर, कहिले कुर्तासुरवाल बन्छे, कहिले जिन्सप्यान्ट बन्छे, कहिले शर्ट, कहिले सारी बन्छे ,कहिले धोति । येति बद्लिदा पनि बस उ घरमा काम गर्ने नोकर,कमारोअनि बाइ बन्छे।
स्वर्ग? आज सम्म कसैले स्वर्ग देखेको छ ??येदि स्वर्गको परिकल्पना साचो हो र तपाई देख्न चाहानु हुन्छ भने कतैजानु पर्दैन, जुन घरमा येस्ती नारि छिन अनि उनलाई उचित ठाउ दिन्छौ भने स्वर्ग त्यही घरमा छ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया: ।।
(अर्थ : जहा नारिको पुजा हुन्छा त्यहा देवताको बास हुन्छ । जहा उनको पुजा हुदैन त्यहा सबै काम निस्फल हुन्छ ।)
November 30, 2015
(स्रोत : रचनाकारको ब्लगबाट सभार)