कविता : बनोस् एकताको घर

~कुन्दन काफ्ले~

मीठा–मीठा कुरा गर, सपना आफ्नो पूरा गर ।
जीवन यात्रा कठिन छ, हाँस्तै–हाँस्तै बाँचौं तर ।
जीवन यो घाम छायाँ हो, दुई दिनको यो माया हो ।
भाइचाराको गाथा कथी सुवास चारैतिर छर ।

हिन्दु, मुस्लीम, शीख, इसाई, हामी सबै भाई–भाई ।
एक जुट भई सारा, एक–अर्काको परौं भर ।
नेपाल हो देश हाम्रो, नेपालीको भेष राम्रो ।
भन्दै शान्ति फैलाउने, बनोस् एकताको घर ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.