कविता : जेनी

~अनन्त निरौला~

झुकी रहने आँखा तिम्रो
चिउँडो उठाई पढुँ जस्तो
कपाल पन्छाई नयन भरि
डुबि रहुँ सँधै जस्तो ।

तिम्रो भाषा तिम्रो बोली
नबुझे नि सुनु जस्तो
दुई चार शब्द तिम्रो ओठको
फुत्त टिपी राखुँ जस्तो।

सुखि तिमी ख़ुशी तिमी
मैले देख्दा राम्रो जस्तो
माया मेरो न चाहिएन् नि
तिम्लाई सँधै दिरहुँ जस्तो।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.