~गौरी ढकाल~
तिमी ममा आशक्त छौ, भर लाग्यो मलाई
बुझेर पनि अबुझ बन्न कर लाग्यो मलाई
छायाँ खोज्दै प्रकाशमा नहिँडेकी होइन
प्रकाश भन्दा तातोसँग डर लाग्यो मलाई
सूर्य तिमी म पृथ्वी, नघुमेकी होइन
तिम्रो मेरो दुरी धेरै पर लाग्यो मलाई
थियौ तिमी ज्योति मेरो, नबलेकी होइन
उज्यालो दिन्छौ सधैँ भन्ने भर लाग्यो मलाई
स्पन्दनका क्रन्दनहरू नसुनेकी होइन
कठोर भई बिर्सिदिन कर लाग्यो मलाई