~लिला बल्लभ नेपाल~
रक्सीको यो उन्मादलाई प्रतीक्षामा सजाइरहेछु
रक्सी सँगै चाहना र तनमन पनि साटिरहेछु ।।
जिन्दगीको कुशल मित्र रक्सिनै पो हो कि जस्तो
प्रिय रक्सी तिमी सँग दिल मेरो साटिरहेछु ।।
आऊ रक्सी चुम मलाइ जिन्दगीको खुसी देऊ
नसा नसा दौडिएर रहर मेरो पुरा गराऊँ ।।
तिमी नै हौ हरपल मेरो सुखदुख साथ दिने
आऊ मेरो प्यारो रक्सी जिन्दगीको बहार ल्याऊँ ।।
रक्सी तिम्रो चुम्बनले खुट्टा मेरो लरवराउँदा
दुख सुख सबै भुल्छु तिम्रो दिलमा ठाउँ देऊ ।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )