गजल : तिमी सुन्दर देखिन्छौ

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

म भन्दा त तिमी सुन्दर देखिन्छौ
सोह्र सत्रको जस्तो भर्खर देखिन्छौ

म त बुढेसकाल लागेको मान्छे हो
तिमी साच्चै वैशले झर्झर देखिन्छौ

रुपमा वैशमा लौ तिमीनै ज्यादा छौ
तर परिपक्कतामा मथर देखिन्छौ

त्यसैले बानीमा बिचार गर है हुन्न ?
मेरो भाषामा तिमी बहर देखिन्छौ

जवानीले समयले शिक्षा दिदै जान्छ
सिकेनौ भने कुनै दिन पथर देखिन्छौ

यो सुनौलो जीवन सार्थक पार बेलैमा
मैले भनेको बुझ हेर्दा साक्षर देखिन्छौ

इलामेली टीकाराम दुलाल
नक्साल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.