कविता : त्यो तिम्रो निष्ठुरीपन

~महालक्ष्मी थापा~

नआऊ तिमी भावनामा
मिठा मिठा कुरा गर्न ।
नआऊ तिमी सपनामा
बिश्वासको किला गाढ्न ।

भावनाको गोरेटो हुंदै ।
सपनाको गल्लि हुंदै ।
न आउ तिमी मेरो मनमा
आखिर हकिकतमा अलग हुनु
नै छ त फेरी किन पठाउंछौ प्रेम
पत्र हावाको हातमा
कुर्दा कुर्दा अपुर्णताको
आघातमा जलि सक्यो मेरो मन ।

तिमीलाई पर्खि बस्दा
एक्लो भयो मेरो जिवन ।
दिन रातको यो एक्लोपनको
डसाई कति हुन्छ घातक थाह
पाएनौ त्यो तिम्रो निष्ठुरीपन ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.