गजल : यी नयन छन् भरिएका।

~सन्दिप संग्रौला “दिलदुखी”~

दुखेर बिछोडका घाउ यी नयन छन् भरिएका।
तिमी भन्छ्यौ मुस्कुराउ यी नयन छन् भरिएका ।।

मुटुमा चोट पुग्दा अाँखामा असर देखिन्छ,
छछल्किन्छन् बनी तलाउ यी नयन छन् भरिएका।

त्यो न्यानो अंगालो पायौं र उस्कै सिन्दुर लायौं,
म तिर नहेरी जाउ यी नयन छन् भरिएका।

म जति खोज्छु बिर्सन झन् बढ्दछ याद किन,
भो याद बनी नसताउ यी नयन छन् भरिएका।

छैन हक माया गर्ने हो जरुर भुल्नुपर्ने,
उसैका साथमा रमाउ यी नयन छन् भरिएका ।

छ माया समर्पित भन्थ्यौ,अनि जित सुनिश्चित भन्थ्यौ
भासिँदा बगर पाउ यी नयन छन् भरिएका।।

लालिगुराँस नगरपालिका-६, तेह्रथुम
हाल: मलेसिया

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.