~रितु खनाल~
कुनै दिन मेरो पनि, मीठो पल हुनेछ
हेराई र सोचाई तिम्रो, अड्कल हुनेछ ।
लेखी थाक्ने छैन म, पढी तिमी नथाक्नु
अभावको पीडा मेरो, गजल हुनेछ ।
नमिठो लाग्ला आजभोलि, कतै दिल छुँदा
मेरो गजल पढ्न तिम्लाई, तलतल हुनेछ ।
रसिलो साहित्यको रस्वादनमा हराउदाँ
मेरो गजल प्यास मेट्ने, तरल हुनेछ ।
खोक्रो आडम्बरी धन, कमाउन नसके नि
सम्पतिको नाममा रितु अचल हुनेछ ।।
पाठक अनि श्रोता तिमी, मेरो बनिदेऊ
गगन चुम्ने किताबको, महल हुनेछ ।।