युद्ध संस्मरण : पहिलोपटक एम्वुस थाप्दैगर्दा

~सरल सहयात्री पौडेल~

नाम मात्रपो नागीको लेक रहेछ, मलाइ लाग्छ यो त सम्पूर्ण सुन्दरताले भरिएको प्रकृतिको उपाहार हो । मेरो गाउँवाट सिधा उकालो हिंड्दा पाँच घण्टा जति लाग्ने यस लेकको नाम मैले सुनेको मात्र थिएँ, पहिलोपटक आइपुग्दै छु । मलाइ लागेको थियो – नागीको लेकमा चारैतिर सुख्खा डाँडा ले घेरेको होला, पानी नभएर डाँडा पुरै डढेको होला, हरियो देख्नको लागी कतै टा…ढा टाढा नजर लगाउन पर्छ होला अर्थात रुखो र नांगो डाँडा भएको कारण नागी नाम राखिएको होला । तरaमेरो काल्पनिक दिमागको सम्पुर्ण चित्र यहिं आइपुगेपछि फेल भएको छ । याहाँ त वरिपरि जंगलै जंगलले घेरेको रहेछ, खोरिया वारिमा कोदोकै वाला भएतापनि झुलिरहेको छ, गाइ भैंसि र भेडा वाख्राहरु खुल्ला र हरियो चौरमा चरिरहेका छन् र मेरै गाउले तामाङका गोठहरु प्रसस्त रैछन ।

वैंसले भरिएको आफ्नै जवानी ऐनामा हेरेर मख्ख पर्ने सत्र अठार वर्षे तरुनी जस्तै म मेरै गाउको यस रमणीय डाडामा उग्लेर मोहित भएको छु । यो डाँडा यसर्थपनि महत्वपूर्ण छ कि मानेश्वाँरा, घुम्थाङ, ओखरे, र मांखा गाविसलाइ जोड्ने सिमानामा पर्ने रहेछ । याहाँवाट जता झरेपनि वरावर समय लाग्छ अरे । म यस रमणीय टापूमा झिलिमिलि सहरको कल्पनामा मस्त वनेर प्रकृतिको रमणीयतामा रमाउदै हिंडिरहेको छु । नागिको चौर सकिन लाग्दा हामीले एउटा भेडागोठ भेट्याएका छौं । भेडाको दुध खाने योजना रोहित कामरेडले वनाउनुभयो । केहि साथीहरु गएर गोठालादाइसंग दुध र मोहिको मूल्यको वारेमा टुंगो लगाएपछि हामी सवैजना गोठ नजिकै गयौं र मन लागेजति दुध र मोहि खायौं । खांदा त मलाइ कुनै असर भएको थिएन । तर केहिवेरपछि वाक वाक लाग्न थालेको छ । तर मैले कसैलाइ नभनेरै जवरजस्त पचाइदिएको छु । खासमा खानको मात्रानै वढि भएको होला । नागीवाट मांखा झर्दै गर्दा मेरो नामको वारेमा रोहित कमरेडले कोमेन्ट गर्दै भनेका छन – होइन किन वाहाँलाइ लिडर लिडर भनिराखेको भन्या ? उनको संकेत मेरा नाम पुकार्ने अरु साथीहरुसंग भएको प्रष्ट छ, म केहि वोलिन हाँसेको मात्र छु । रोहित कामरेडले मलाइ निडर होइन लिडर भनेको सुन्नुहुँदो रहेछ । क. संझनाले यसको स्पस्टिकरण दिएतापनि उनलाइ चित्त वुझेन त्यसपछि उनलेनै मेरो नाम निडरवाटपनि वदलिदिएर सुशिल राखिदिएका छन् । एक हप्तामा म चार नामको हकदार भएको छु ।

नागीको लेक हुँदै हामी मांखा झरेका छौं । मांखा उनै क.रोहितको गाउँपनि हो । क्षेत्र नम्वर एकमा मांखा गाविस माओवादीको आधार इलाका भनेपनि हुन्छ । अन्य गाउका सर्वसाधारणलेपनि मांखाका मान्छे भनेपछि माओवादी नै होला भनेर कुराको शुरुवात गर्छन । मांखा र माओवादी पर्याय जस्तै भएको छ । अझ तातो कुरा त केहि महिना अगाडी क. रोहित घरमै सुतेको वेला पुलिसले घेरा हालेको रे, तर आगनमा वसेको प्रहरीलाइ पालीवाट ग्रिनेड हानेर मलको थागमा फरालेर भाग्न सफल भएपछि रोहित कमरेड र माओवादीको वारेमा अझ धेरै नै काल्पनिक हल्ला चलेको छ । माओवादी नवुझीसकेको धेरैले भन्छन् – माओवादी त उड्छन् । साथै याहाँका स्थानिय नेता देवी पराजुलि क. पवन पनि चर्चितनै छन् । किनकि उनलाइ पनि प्रहरिले गोली हान्न भनेर कान्लामा राखेर गोली ताकेको वेला भागेका व्यक्ति हुन उनी । क. पूण्यप्रसाद पराजुलिपनि माओवादीका चर्चित नेता हुन । यस वाहेक याहा माओवादीको सम्पर्क पोइन्ट पनि यहिं नै हो ।

हामी मांखा आएपछि ढुक्कसंग वस्न सक्ने रहेछौं । तर अर्धभुमित रुपमा । याहाँ आइपुगेपछि क. रोहितको भाइ क. सागरसंग पनि भेट भएको छ । क. रोहितको श्रीमतिसंग पनि भेट भयो । उनीहरुसंगको भेट यसभन्दा पहिले नै पार्ट टाइमर हुँदा देखिकै हो । मांखा गाउ मेरो लागी नयाँ गाउ होइन । मैले यहि गाउमा माओवादीका कमरेडहरुसंग रात विताएको छु । ग्रिनेड छुएको छु र वन्दुकहरु समाएको छु । क. सागर पार्ट टाइमर भएतापनि प्रविधिको काम सवै उनै गर्छन् । प्राविधिक काम भनेको वमहरु वनाउने काम वुझिंदो रहेछ । हामी सागरको घरमा वसेर वारुद वनाइरहेका छौं । सागरले मलाइ वारुद वनाउनको लागी चाहिने सामाग्रीको वारेमा वताइरहनु भएको छ । म उनको सहयोगीको रुपमा काम गरिरहेको छु । वीच वीचमा सागरजी मलाइ संझाउनु हुन्छ – हेर्नुस सुशिलजी ! सोडा, गन्धक, सुगर र कोइलाको उचित मिश्रण मिलेन भने राम्रो वारुद वन्न सक्तैन । म हरेक केमिकलको मात्रालाइ कण्ठ गर्ने खुव कोशिष गरिरहेको छु । उनी काम गर्दा गर्दै मलाइ संझाउछन् – आगो वेस्करि नलगाउनुस, कराइमा आगो प¥यो भने वारुद वनाउँदा वनाउँदै जल्छ । जलेर मात्र त केहि हँुदैन । यदि यो जल्यो भने हाम्रो शरिर पनि भेट्छ र कुरुप वन्ने खतरा हुन्छ । उनी मलाइ यस्ता कयौं घटनाहरुको स्मरण गराउदै सिकाइरहेका छन् । म ठिक्क को आगोमा पन्युले वारुद चलाइरहेको छु ।
आज वेलुकिको खाना सागरजी को मै खाएका छौं र तामाङ गाउँतिर वस्न हिंडेका छौं । तामाङ गाउँमा सवभन्दा फटाहा आइते भन्ने हो रे । ऊ अहिले गाउमा वस्दैन । उसको परिवार मात्र वस्छन् ।

हामी आज आइतेको घरमै वस्दैछौं । केहिवेर ढ्याक ढ्याक पारिएको ढोकाको संकेतलाइ आइतेकि स्वास्निले वास्ता गरिन वा सुनिन । त्यसपछि सागरजीले कस्सेर ढोकामा हान्नुभयो । त्यसपछि को हो भनेर झ्यालवाट महिलाको आवाज आयो सायद उहि आइतेकि स्वास्नि हुन । रोहित कामरेडले भन्नुभयो – पहिला ढोका खोल्ने अनि चिनिहालिन्छनि ! उसले खुरुक्कन ढोका खोली । उसका छोरा छोरिहरु सुतिरहेका थिए । हामीलाइ वुइगलमा ओछ्यान लगाइदिइ । हामी उसकहाँ सुत्ने छ जना छौं । हाम्रै गाउँको हामी भन्दा केहि महिना पहिले हिंडेको अर्को साथी क.सुरेश, क. विनिता, क. रोहित, क. सफलता, क. दिपा र म । याहाँ आइपुगेपछि साथीहरु कताकता सम्पर्क तिर गएका छन् । यहि शिलशिलामा मसंगै हिंडेको मेरो गाउको साथी क. सुवर्णपनि अन्तै जानेमा परेको छ । सागरजी हामीलाइ याहाँ पु¥याइ राखेर फर्कनु भएको छ । माओवादी भनेपछि वुइगलमै वस्छन् भन्ने जस्तै भान जनताालाइ परेको रैछ भन्ने मेरो अनुमान अहिले सम्म फेल खाएको छैन । जहाँ गएपनि पहिले नै वुइगलमा ओछ्यान भइहाल्छ । क. रोहित जिल्ला स्तरिय नेता भएको र अलि वुढापनि भएको कारण सेन्टी« वस्नु हुन्न । हामीलाइ विहान उज्यालो हुने वेला सम्मको ड्युटि वनाउदा दुइ–दुइ घण्टा पर्न आउछ । मलाइ अन्धकार रातमा दुइ घण्टा सेन्ट्री वस्न असाध्य वोर भएको छ । वाहिर एक्लै वस्दा वेला वेला डरको आभाषपनि हुने गर्छ । छस्र्याङग हुने वित्तिकै म झसंग हुने गरेको छु । लाइटको संकेत कतै भयो भने र हल्लाखल्ला भयो भने तत्काल नेतृत्वलाइ जानकारि गाराउनु भन्ने आदेश छ । रातमा सेन्ट्रिी वस्दा दुश्मनले साइलेन्ट किलपनि गर्न सक्छ भन्ने कुराले सतर्कता गाराइएको छ । भाँति नपु¥याइ गरिएका यी सतर्कताको सन्देशहरु डरको लागी्पनि सहयोगी भएका छन् । यद्यपी म भविष्यको एक होनहार वीर र दुनियाले गन्ने खालको एक होनहार माओवादी वन्ने जागो सपनामा लिन भएको वेला मेरो समय वितेको पत्तै भएको छैन । तर जव म घडी हेर्न थालेको छु मलाइ समयले हैरान पारेको छ । कम्तिमा विस मिनेट त गयो होला भन्ठान्छु तर जम्मा पाँच मिनेट मात्र गएको हुन्छ । वल्ल वल्ल आफ्नो पालो सक्काएर क. विनिताको पालो आएपछि सवै गतिविधि सहित उनलाइ हतियार वुझाएर सुत्न गएको छु । सुत्ना साथ मलाइ मिठो निन्द्रा आएको छ ।

सागर सहित भएर हिजो वनाएको वारुद उपयोग गर्दै हामी माइन वनाइरहेका छौं । माइनपनि होइन इलेक्ट्रिक ववि ट्रयाप्स । एउटा झण्डामा वुविट्रयाप्सलाइ फिट गराएर क. सागरले एउटा यस्तो ज्याक वनाउदै छन् जुन ज्याक वमवाट फुत्कनासाथ इलेक्ट्रीक कनेक्सन हुन्छ र वम पड्कन्छ । हाम्रो अनुमानमा त्यसले एकजना पक्का पनि मर्छ भन्ने छ । यो एकदमै सेन्सेटिभ पनि छ । किनभने वनाउदा वनाउदै पनि यसको कनेक्सन कतैवाट भइदिन सक्छ र पड्कन सक्छ । हामीले दिनभरी लगाएर तिनमाना वारुद एउटा फलामको ढुंग्रोमा खाँदेका छौं र फलामका टुक्राहरुलाइ गोलीको रुपमा जाओस भनेर वारुद भन्दा माथी हालेका छौं । इलेक्ट्रिक कनेक्सन नटुटोस भनेर ज्याकलाइ वेस्कन खाँदेर शुरक्षित वनाएका छौं । वेलुकिको रात परिसकेको छ, हामी जोगिडाँडा हुँदै अँधेरि खोलाको वाटो भएर अग्नी डाडातिर झर्दै छौं । क. सागर क. शुरेस र म छौं । हामीले वमलाइ पालै पालो वाक्दै ओराली झरेका छौं । साथमा एक एक ओटा फ्युज सल्काएर पड्काउने वारुदको हाते वम पनि वोकेका छौं र साथमा लाइटरपनि । खाडिचौर वजार क्रस गर्न पर्ने भएकोले हामीलाइ अलि अप्ठ्यारो परेको छ । सागर जी ढुक्क हुनुहुन्छ । शुरेस अलि अर्कै प्रकारको मान्छे भएकोले ऊ डराएको, खुशि भएको वा दुखि भएको मलाइ थाहा हुँदैन । तर मेरो मनमा हल्का डर लागेको छ । ती मान्छेहरुले हामी माओवादी भनेर थाहा पाए भने के हुन्छ ? हामी रोडमा हँुदा हँुदै पुलिस आइपुग्यो भने के हुन्छ ? वम राख्दा राख्दै रोडमा मोटरहरु आएमा कसरि सेभ हुन सकिन्छ ? यावत प्रश्नहरु मेरो मनमा छन् । जसको सहज हल मेरो दिमागमा छैन, तसर्थ मलाइ डरको आभास भइरहेको छ । यी प्रश्नको जवाफको लागी मैले सागरजीलाइ सोधें भनें मलाइ डरपोक रैछ भनेर सोचिदिने होकि भन्ने अर्को आशंकाले सताएको छ । मैले मेरो मनको कुरा मनमा नै राख्ने निधो गरेर सागरजीको पछि पछि हिंडेको छु । तर मलाइ सागरजीसंग छु भन्ने कुराले निकै नै ढुक्क पारेको छ । सागरजी अगाडी हुनुहुन्छ त्यसपछि म र लाष्टमा सुरेश ।

सागरजी तिव्रगतिमा हिंड्नुभएकोले हामी पनि पछिपछि उस्तै गतिमा हिंडेका छौं । वजारमा केहि मान्छेहरु हिंड्दै छन् तर हामीले उनीहरुलाइ वास्ता गरेका छैनौं । हामि खाडिचौरको वजारलाइ अन्त गरेर सानो पक्कि पुल तरेका छौं र अलिकति मात्र अगाडी वढेका छौं । सागरजीलाइ याहाँको वारेमा सवै थाहा भएकोले हामीले भुगोलको वारेमा सर्वेपनि गरेनौं । रातको एघार वजेको छ । उनले आफ्नो पूर्व निर्धारित रोडको भित्ताको प्वाल पत्ता लगाएका छन । शुरेसलाइ अलिपर सेन्ट्रिी राखिएको छ । उनी मलाइ इंगित गर्दै भन्दैछन् – अलि साइडमा वस्नुस है पड्कनपनि सक्छ । तर आफु ढुक्कतापूर्वक काम गरिरहेछन् । सचेततापुर्वक उनले वमलाइ प्वालमा घुसाएर ज्याकको तारलाइवाहिर निकालिसकेका छन् । मैले मेरो हातमा भएको व्यानर उनलाइ दिएको छु । वमवाट आएको ज्याकको तारलाइ व्यानरमा वाँधेर त्यसले भित्ताको प्वाल छोपिनेगरि टांगिएको छ । अव हाम्रो काम सकियो । हाम्रो अनुमान छ भोली विहान १० वजेसम्ममा प्रहरिको गाडि आउने छ र सो वम निकाल्दै गर्दा उनीहरु मध्य केहि घाइते या मृत हुनेछन् । त्यसपछि हाम्रा व्यानर र झण्डा च्यात्नुपूर्व उनीहरुले १० पटक सोच्नपर्नेछ । यद्यपी यति सवै काम गरिसक्दापनि मैले कल्पना गरेको जस्ते कुनैपनि प्रश्नका सामना गर्नु परेन । मेरो मनमा साहस थपिएको छ । म सोच्न थालेको छु – यस्ता काम त सामान्य नै हुँदा रहेछन् ।

– सरल सहयात्री

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.