कविता : के तिमी आज यो संसारमा हुन्थेउ ?

~हरिकृष्ण भण्डारी~

घरमा नुन नभएको बेला
भुटुन सिद्दिएको बेला
आमा चिच्याइरहेछिन
बुबा कराइरहेछन, गुहार मागिरहेछन
तर तिमी
कपालमा भुटुन , गालामा पाउडर
र ओठ रसिलो पार्नमै तल्लिन छौ
आमा च्यातिएको चोली टाल्टुल पार्दै
बा को पुरानो टोपी सिउदै गर्दा
तिम्रो मन अत्यन्तै छोटा महङ्गा
आभुषणनै खोजिरहेछ
घरमा गरिबिले महिनौ भइसक्यो
मोइमा धेरै पानी हाली
गुन्द्रुकको झोल मात्र पिएको,
तिमी भने रेस्टुरेन्टमा मोज गर्दै
अरुनै खै के मा पानी हाली
खै के को झोल पिउदै रमाइरहेछौ
आफ्नु सौन्दर्य बिग्रने डरले
आमाको आदेश स् नानी गोबर सोहोर-सोहोर ,
भाडा माझ इत्यादिलाई तिमी
अस्विकार गर्छेउ
एउटा कुरा सुटुक्क भन्छु
तिम्री आमाले तिमी गर्भमा हुदा
यदि उनले सौन्दर्य बिग्रन्छ भनेकि भए
के तिमी आज यो संसारमा हुन्थेउ ?

हरिकृष्ण भण्डारी, मेचीनगर १२ (सहरेडागी ) ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.