नेपाली लोककथा : लालटिन

~अज्ञात~

एउटा अँधेरी रातमा केही युवाहरु गाउँको बाटोमा हिंड्दै थिए । यत्तिकैमा उनीहरु एक जना बूढो मान्छेसंग ठोक्किन पुगे। उनीहरुले ती बूढा मान्छेलाई गाली गरे , ” लालटिन लिएर हिंड्ने आफैले, अनि मान्छेहरुसंग ठोक्किदै पनि हिंड्ने ?” ।

ती बूढा मान्छेले भने , ” म त आँखा देख्न सक्दिन बाबुहरु दृष्टिविहीन हूँ “। त्यसपछि ती युवाहरुले दृष्टिविहीनले पनि लालटिन लिएर हिंड्दो रहेछ भनेर गिज्याउन थाले ।

उनीहरुलाई रोक्दै ती बूढा मान्छे फेरी बोले , ” मलाई त सधै अन्धकार नै छ, दिन होस् या रात । त्यसैले मलाई अँध्यारोमा हिंड्ने बानी परेको छ । यो लालटिन त मैले तपाईंहरु जस्ताको लागि बोकेको हूँ । अँध्यारोमा उज्यालोको लागि कुनै बत्ति नलिई हिड्ने तपाईं जस्ता व्यक्तिहरुलाई केही छिन भएपनि बाटो हेर्न मद्दत पुग्छ। म सधै अन्धकारमै हिंड्ने हुनाले, मैले कताबाट कसरि व्यक्ति आउंदैछ भन्ने सुनेर नै चाल पाउँछु । यो बत्ति त तपाईंहरुको लागि हो, हिंड्दै गर्दा यसरि मसंग ठोक्किन बाट जोगिनुहुन्छ कि भनेर ” ।

ती बूढा मान्छेको कुरा सुनेपछि ती युवाहरुले लज्जित महसुस गरे र माफी मागे ।

शिक्षा : हामी मानिसहरुलाई मूल्यांकन गर्न यति हतारिन्छौँ की, आफ्नै बुद्धि, आफ्नै सोंच्ने शक्ति, आफ्नै योग्यतालाई आफैले गिज्याइरहेका हुन्छौं।

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.