कविता : जोडिरहेका हातहरु

~सुमित्रा पौडेल ‘आँचल’~

पोखिरहेछन दुखिका पिडाहरु
तर देखिदिने कस्ले ?

देखाईरहेछन आफ्ना रोदनहरु
तर सुनिदिने कसले ?

पर्खिरहेछन ती आशाहरु
तर बुझिदिने कस्ले ?

फाटिरहेका ती बस्त्रहरु
तर फेरिदिने कस्ले ?

देखाई रहेछन नाङगा आङहरु
तर हेरिदिने कस्ले ?

सुन्दर मुहार तर मलीन
तर दयावान बनिदिने कस्ले ?

थापिरहेछन हात तिनी
तर राखिदिने कस्ले ?

सडकमा बसी रोहिरहेछन
तर खान दिने कस्ले ?

हेर्छन सबको रहराउदै
माग्दैछन कलम
किनिदिने कस्ले ?

भिजिरहेछ काडा
देखाईरहेछन पिडालीइ
नाङगा छन पहेरहरु
तर किनिदिने कस्ले ?

बढाईरहेछन अज्ञानहरु
सिकिरहेछन अपमानीत शब्द
तर पाठदिने कस्ले ?

माग्दैछन तिनी दुई हात जोडी
तर भरिदिने कस्ले ?

सुनेनौ तिमी त्यो पिडालाई
किनकी आफ्नै बिलासितामा डुबिरहेउ
पातीका झुप्रा चुहिने छानो
देखेनौ कतै चिल्ला गाडी चढिरहेउ
जे गर्नु थियो गरेउ आफ्नै लागि
बगिरहेको रगत आँफै नागिरहेउ
महलको जीबन के अर्थ रह्यो र तिमीमा
बिर्सियौ दिएका फुल मालाहरु

दिरहेछौ आज तिनै उपहार
आशुका ढिकाहरु
फालिरहेछौ अनायस मै
आफ्ना सबै अभिमानहरु ।।

– सुमित्रा पौडेल
भरतपुर चितवन
हाल ;इजरायल 2010/7/22

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.