~दलाई लामा~
अनुवाद : मुकेश लामा
यो समय बिश्वभरि नै विनाशकारी समस्याहरुका रुपमा रीस, त्रास र घृणा जस्ता ध्वंसात्मक भावनाहरु बढ्दो रुपमा देखा पर्ने समय हो । दैनिक समाचारले यस्ता भावनाहरुका भयानक सम्झनाहरु दिने भएकाले हामीले उठाउनुपर्ने प्रश्न यो होः -ब्यक्ति ब्यक्तिका रुपमा हामीले तिनीहरुलाई पराजित गर्नका लागि के गर्नुपर्छ ?
यस्ता अवरोधात्मक भावनाहरु अवश्य नै सँधै मानव अवस्थाको एउटा पाटो बनेको छ । एक अर्कालाई घृणा गर्ने वा दवाउने प्रबृत्तिलाई केहीले पनि ‘उपचार’ गर्न सकिँदैन भनेर विश्वास गर्ने केही मानिसहरुले यो सरल रुपमा मानव हुनुको मुल्य हो भन्न सक्छन् । तर यस्तो दृष्ट्रिकोणले ध्वंसात्मक भावनाको मुहारमा उदासीनता उत्पन्न गर्न सक्छ जसले हामीलाई ध्वंसात्मकता हाम्रो नियन्त्रणभन्दा बाहिर छ भन्ने निष्कर्स तर्फ डोर्याउँछ ।
युद्ध र आम द्वन्द्वतर्फ डोर्याउने खतरनाक प्रबृत्ति जस्ता प्रबृत्तिहरुलाई लगाम दिनका लागि सामुहिक भएमा ब्यक्तिको रुपमा हाम्रा लागि ब्यवहारीक विधिहरु छन् भन्ने मलाई विश्वास छ । प्रमाणको रुपमा मसँग मेरो आध्यात्मिक अभ्यास र बौद्ध उपदेशहरुमा आधारित मानव अस्तीत्वबारे समझदारी मात्र छैन तर हाल आएर बैज्ञानिकरुको कार्य पनि छ ।
पछिल्लो पन्ध्र बर्ष देखि म पश्चिमा बैज्ञानिकहरुसँगको छलफलको श्रृङ्खलाको काममा सँलग्न छु । हामीले क्वान्टम भौतिक शास्त्र र ब्रह्माण्ड विज्ञान देखि करुणा र ध्वंसात्मक भावनासम्मका विषयहरुबारे दृष्टिकोणहरु आदान प्रदान गरेका छौं । बैज्ञानिक अन्वेषणहरुले ब्रम्हाण्ड विज्ञान जस्ता क्षेत्रबारे गहिरो समझदारी दिने भएको मैले पाएको छु र यस्तो लाग्छ कि बौद्ध ब्याख्याहरुले खास गरेर ज्ञान सम्बन्धि, जैविक र मष्तिस्क विज्ञानमा पश्चिममा तालिमप्रात गरेका बैज्ञानीकहरुलाई कहिलेकाही आफनो क्षेत्रलाई हेर्नका लागि नयाँ विधि दिन सक्छ ।
एकजना धार्मिक नेता बिज्ञानसँग यस्तरी सँलग्न हुनु नसुहाउने जस्तो देखिन सक्छ तर बौद्ध उपदेशहरुले वास्तविकतालाई बुझ्नुको महत्वलाई जोड दिन्छ र यसप्रकारले बैज्ञानिकहरुले प्रयोग र परिमाणद्वारा हाम्रो संसारबारे सिकेका कुराहरुमा ध्यान केन्द्रीत गर्नु पर्छ ।
त्यस्तै गरेर मनको कार्यलाई अनुसंधान गर्ने बारेको बौद्धहरुको पच्चिस सय बर्षको इतिहास छ । शताब्दीभरी नै कैयन अभ्यासकर्ताहरुले हामीले ‘प्रयोगहरु’ भन्ने गरेको ध्वंसात्मक प्रबृत्ति प्रतिको हाम्रो भावनालाई कसरी पराजीत गर्ने भन्नेबारे कार्य गरेका छन् । मैले बैज्ञानिकहरुलाई ज्ञानबृद्ध तिब्बती आध्यात्मिक अभ्यासकर्ताहरुलाई यी अभ्यासहरुद्वारा धार्मिक सर्न्दर्भ बाहिरका अन्य मानिसहरुका लागि के लाभ पुर्याउन सकिन्छ भनेर जाँच गर्न प्रोत्साहन दिदै आएको छु ।
यसको उद्देश्य मन, स्मृति र हाम्रो भावनाहरुको संसारप्रतिको बुझाईलाई बृद्धि गर्नु हो । यसकारणले मैले विस्कोनसिन विश्वविद्यालयका डा. रिचार्ड डेभिडसनको स्नायु विज्ञान (न्यूरो साईन्स) प्रयोगशाला भ्रमण गरें । ध्यानको अवस्थामा मष्तिस्कमा के हुन्छ भन्ने कुरा देखाउने इमेजीङ्ग डिभाइसहरुलाई प्रयोग गरेर डा. डेभिडसन्ले करुणा, समता वा स्मृति जस्ता बौद्ध अभ्यासहरु आवाद गर्नुको असरहरुलाई अध्ययन गर्न सक्नुभएको छ ।
यस्ता अभ्यासहरुको पछि लाग्नाले मानिसहरु बढि शान्त, खुशी र प्रेममय हुनुका साथै मानिसहरु ध्वंसात्मक भावनाहरु प्रति कम भन्दा कम मात्रामा उन्मुख हुन्छन् भन्नेकुरा बौद्धहरुले शदियौं देखि विश्वास गर्दै आएका छन् । डा. डेभिडसन्का अनुसार यस विश्वासलाई रेखाङ्कति गर्नका लागि अब बिज्ञान पनि छ ।
सकारात्मक भावनाहरुको प्रादुर्भाव यस कारण हुन सक्छः स्मृतियुक्त ध्यानले त्रास र क्रोधलाई तान्ने कार्य गर्ने मष्तिस्कको एउटा भागलाई शान्त बनाउने स्नायू कुण्डलीलाई बलियो बनाउँछ भनेर डा. डेभिडसन् मलाई भन्नुहुन्छ । यसले हाम्रा लागि मष्तिस्कको हिसात्मक संवेग र हाम्रो कार्यहरुको बिचमा एक प्रकारको मध्यवर्ती उत्पन्न गर्ने मार्ग को संभाब्यतालाई उत्पन्न गर्छ ।
अति अवरोधात्मक अवस्था सामना गर्नु पर्दा खेरी पनि केही अभ्यासकर्ताहरुले आन्तरिक शान्तिको अवस्था प्राप्त गर्न सक्छन् भन्ने देखाउने प्रयोगहरु गरिसकिएका छन् । बन्दुक पडकेको आवाज जत्तिकै थर्किने आवाजले समेत हामीले परिक्षण गरिरहेको बौद्ध भिक्षुलाई झस्काउन असफल भयो भनेर क्यालिफोर्निया विश्वविद्यालय, सानफ्रान्सीस्कोका डा. पउल एकमेनले मलाई भन्नुभयो । यस्तो अवरोधको अवस्थामा पनि शान्त भएर रहन सकेको आफूले कसैलाई पनि कहिले पनि देखेको थिइनँ भनेर डा. एकमेन भन्नुहुन्छ ।
अर्का भिक्षु -भारतमा रहेको हाम्रो गुम्बाहरु मध्येको एक गुम्बाका मठाधिसको मष्तिस्कको तरङ्गहरुलाई नाप्नका लागि डा. डेभिडसन्ले Electroencephalographs प्रयोग गरेर परिक्षण गर्नुभएको थियो । डा. डेभिडसनका अनुसार ती मठाधिसको मष्तिस्क केन्द्रमा उहाँको प्रयोगशालामा नाप गरिएकोमध्ये सवैभन्दा बढि मात्रामा सकारात्मक भावनाहरुसँग मिल्ने क्रियाकलापहरु थिए ।
यी अभ्यासका लाभहरु एकपटकमा महिनौंसम्म ध्यान शिविरमा समय विताउने भिक्षुहरुका लागि मात्र अवश्य नै होइनन् । ठुलो मात्रामा तनाव उत्पन्न हुने प्रकृतिको जागिर खाने मानिसहरुबारे गरिएको उहाँको सोध-कार्यका बारेमा डा. डेभिडसनले मलाई भन्नुभयो । यी अबौद्ध मानिसहरुलाई सोचाई र वेदनाको चंगुलमा नपर्ने तर बगिरहेको नदीलाई हेरेको जस्तै गरेर तिनीहरुलाई आउन र जान दिने सावधानिको अवस्थाको मन -स्मृतिबारे शिक्षा दिइयो । आठ हप्ता पछि डा. डेभिडसनले ती ब्यक्तिहरुमा उनीहरुको मष्तिष्कको सकारात्मक भावना स्फुरण हुनलाई सहायता गर्ने भाग बढदो रुपले सकृय भएको पाए
यी सवैको तात्पर्य स्पष्ट छः आजको विश्वलाई स्थायित्व निश्चय गर्ने र जस्तो सुकै प्रकारको अचाक्ली वा आक्रमण सहनु परेको भए पनि ‘शत्रु’ संग वार्तामा संलग्न हुने तर्फ कार्य गर्ने नागरिक र नेताहरुको आवश्यकता छ ।
यी विधिहरु उपयोगी मात्र छैनन् तर खर्चालु पनि नभएकाले यो ज्यादै ग्रहणयोग्य छ । तपाईलाई कुनै औषधि वा सुइ चाहिँदैन । तपाईं बौद्ध हुनु पर्छ भन्ने आवश्यक पनि छैन अथवा कुनै खास धार्मिक विस्वास अनुशरण गर्नु पनि पर्दैन । शान्त र अर्थपूर्ण जीवन जीउने सम्भाव्यता सवैमा छ । त्यसलाई कसरी ल्याउन सकिन्छ भनेर हामीले यथासक्य खोज गर्नै पर्छ ।
यी विधिहरुलाई मैले आफ्नै जीवनमा लागू गर्ने प्रयास गर्छु जब म खराब समाचार सुन्छु, विषेश गरेर जब मेरा सहपाठी तिब्बतीहरुबाट दुःखद् कथाहरु सुन्छु, प्राकृतिकरुपले मेरो आफ्नो प्रतिक्रिया दुःखी हुन्छ । यद्यपि सन्दर्भमा राखेर म उचित तवरले आफूले राम्ररी सामना गरिरहेको पाउँछु र मनलाई सरल रुपले विषाक्त बनाउने र हृदयलाई कुँढिलो बनाउने असहाय क्रोधको अनुभव खराब भन्दा खराब समाचार पछि पनि ममा विरलै उत्पन्न हुन्छ ।
तर चिन्तनले देखाउँछ कि हाम्रो जीवनमा हाम्रा कष्टहरु मध्येका धेरैजसो बाह्य कारणहरुद्वारा उत्पन्न भएका हुदैनन् तर अवरोधात्मक भावना उत्पन्न हुने जस्ता आन्तरिक घटनाहरुद्वारा उत्पन्न भएका हुन्छन् । यस ध्वंसको सवैभन्दा असल प्रतिविष यी भावनाहरुलाई सामना गर्ने हाम्रो क्षमतालाई बृद्धि गर्नु हो ।
यदि मानवता जीवित रहनु पर्छ भने खुशी र आन्तरिक संतुलनहरु निर्णायक हुन्छन् । नत्रभने हाम्रा बाल बालिकाहरुको र उनीहरुको बाल बालिकाहरुको जीवन समेत दुःखी, उद्दण्ड, र छोटो हुन सक्न । भौतिक विकासले निश्चितरुपमा केहि हदसम्म खुशी र सुविधाजनक जीवनमा योगदान गर्न सक्छ । तर त्यो यथेष्ट हुदैन ।
गहन स्तरको खुशी प्राप्त गर्नका लागि हामीले आफ्नो आन्तरिक विकासलाई वेवास्ता गर्न सक्तैनौं । नौ/एघारको विपत्तिले घृणाले मार्गनिर्देशन गरेको आधुनिक प्रविधि र मानव विद्वताले ठुलो विनाशतर्फ डोर्याउँछ भन्नेकुरा प्रदर्शन गरेको छ । यस्ता भीषण कार्यहरु एउटा कष्टदायी मनस्थीतिको हिंसात्मक लक्षण हो । बुद्धिमत्तापूर्वक र प्रभावकारी प्रतिक्रिया जनाउनका लागि -घृणाको ज्वालालाई दन्काउनबाट टाढा नै रहनका लागि मात्र होइन तर उपाय-कौशलयुक्त भएर प्रतिक्रिया गर्नका लागि हामी अझ बढि स्वस्थ्य मनस्थीतिद्वारा मार्गनिर्देशन गरिएको हुनु पर्छ । घृणा र अतंकको विरुद्धको युद्ध यसबाट मात्र लडन सकिन्छ आन्तरिक अग्रभागबाट पनि लडन सकिन्छ भन्ने कुरालाई सम्झेर हामीले असल कार्य गर्न सक्छौं ।
————Original Writeup————
The Monk in the Lab
By TENZIN GYATSOAPRIL 26, 2003These are times when destructive emotions like anger, fear and hatred are giving rise to devastating problems throughout the world. While the daily news offers grim reminders of the destructive power of such emotions, the question we must ask is this: What can we do, person by person, to overcome them?
Of course such disturbing emotions have always been part of the human condition. Some — those who tend to believe nothing will ”cure” our impulses to hate or oppress one another — might say that this is simply the price of being human. But this view can create apathy in the face of destructive emotions, leading us to conclude that destructiveness is beyond our control.
I believe that there are practical ways for us as individuals to curb our dangerous impulses — impulses that collectively can lead to war and mass violence. As evidence I have not only my spiritual practice and the understanding of human existence based on Buddhist teachings, but now also the work of scientists.
For the last 15 years I have engaged in a series of conversations with Western scientists. We have exchanged views on topics ranging from quantum physics and cosmology to compassion and destructive emotions. I have found that while scientific findings offer a deeper understanding of such fields as cosmology, it seems that Buddhist explanations — particularly in the cognitive, biological and brain sciences — can sometimes give Western-trained scientists a new way to look at their own fields.
It may seem odd that a religious leader is so involved with science, but Buddhist teachings stress the importance of understanding reality, and so we should pay attention to what scientists have learned about our world through experimentation and measurement.
Similarly, Buddhists have a 2,500-year history of investigating the workings of the mind. Over the millenniums, many practitioners have carried out what we might call ”experiments” in how to overcome our tendencies toward destructive emotions.
I have been encouraging scientists to examine advanced Tibetan spiritual practitioners, to see what benefits these practices might have for others, outside the religious context. The goal here is to increase our understanding of the world of the mind, of consciousness, and of our emotions.
It is for this reason that I visited the neuroscience laboratory of Dr. Richard Davidson at the University of Wisconsin. Using imaging devices that show what occurs in the brain during meditation, Dr. Davidson has been able to study the effects of Buddhist practices for cultivating compassion, equanimity or mindfulness. For centuries Buddhists have believed that pursuing such practices seems to make people calmer, happier and more loving. At the same time they are less and less prone to destructive emotions.
According to Dr. Davidson, there is now science to underscore this belief. Dr. Davidson tells me that the emergence of positive emotions may be due to this: Mindfulness meditation strengthens the neurological circuits that calm a part of the brain that acts as a trigger for fear and anger. This raises the possibility that we have a way to create a kind of buffer between the brain’s violent impulses and our actions.
Experiments have already been carried out that show some practitioners can achieve a state of inner peace, even when facing extremely disturbing circumstances. Dr. Paul Ekman of the University of California at San Francisco told me that jarring noises (one as loud as a gunshot) failed to startle the Buddhist monk he was testing. Dr. Ekman said he had never seen anyone stay so calm in the presence of such a disturbance.
Another monk, the abbot of one of our monasteries in India, was tested by Dr. Davidson using electroencephalographs to measure brain waves. According to Dr. Davidson, the abbot had the highest amount of activity in the brain centers associated with positive emotions that had ever been measured by his laboratory.
Of course, the benefits of these practices are not just for monks who spend months at a time in meditation retreat. Dr. Davidson told me about his research with people working in highly stressful jobs. These people — non-Buddhists — were taught mindfulness, a state of alertness in which the mind does not get caught up in thoughts or sensations, but lets them come and go, much like watching a river flow by. After eight weeks, Dr. Davidson found that in these people, the parts of their brains that help to form positive emotions became increasingly active.
The implications of all this are clear: the world today needs citizens and leaders who can work toward ensuring stability and engage in dialogue with the ”enemy” — no matter what kind of aggression or assault they may have endured.
It’s worth noting that these methods are not just useful, but inexpensive. You don’t need a drug or an injection. You don’t have to become a Buddhist, or adopt any particular religious faith. Everybody has the potential to lead a peaceful, meaningful life. We must explore as far as we can how that can be brought about.
I try to put these methods into effect in my own life. When I hear bad news, especially the tragic stories I often hear from my fellow Tibetans, naturally my own response is sadness. However, by placing it in context, I find I can cope reasonably well. And feelings of helpless anger, which simply poison the mind and embitter the heart, seldom arise, even following the worst news.
But reflection shows that in our lives much of our suffering is caused not by external causes but by such internal events as the arising of disturbing emotions. The best antidote to this disruption is enhancing our ability to handle these emotions.
If humanity is to survive, happiness and inner balance are crucial. Otherwise the lives of our children and their children are more likely to be unhappy, desperate and short. Material development certainly contributes to happiness — to some extent — and a comfortable way of life. But this is not sufficient. To achieve a deeper level of happiness we cannot neglect our inner development.
The calamity of 9/11 demonstrated that modern technology and human intelligence guided by hatred can lead to immense destruction. Such terrible acts are a violent symptom of an afflicted mental state. To respond wisely and effectively, we need to be guided by more healthy states of mind, not just to avoid feeding the flames of hatred, but to respond skillfully. We would do well to remember that the war against hatred and terror can be waged on this, the internal front, too.
Tenzin Gyatso is the 14th Dalai Lama.
Source:The NewYork Times