~सरल सहयात्री पौडेल~
ए वुढि ! पानी लिएर आइज त, खुवै तिर्खा लाग्यो । दाउराको भारि वलेनीमा फालेर पिंढिको डिलमा ढाड टेकाउदै रामलाल ले चर्को श्वरमा वुढिलाइ आग्रह गरे । रामलाल उमेरले त्यस्तै पचास वर्ष देखि पचन्नको वीचका मान्छे हुन । उमेरकै हिसावले उनलाइ वुढो देखिनुपर्ने कारण थिएन तर गाउको दुख, कुसमयको खानपीन र दमको रोगको कारणले उनको उमेर ६५ भन्दा माथीको जस्तो देखिन्थ्यो । तैपनि रामलालाको जोसमा कुनै कमि थिएन ।
अन्य दिनहरु भन्दा आज रामलालको अनुहारमा चमक वढी थियो । खलखलि वगेको पसिनाको धाराले उनको अनुहार पाकेको खुसार्नी जस्तै रातो भएको थियो, झण्डै एकसय केजी वरावर दाउराको भारि वोकेर भर्खर तिनकोश टाढा लेकदेखि घर आइपुग्दा लखतरान हुनेगरि थकाइ लागेको त थियो तरपनि उनलाइ हेर्दा प्रस्ट लाग्थ्यो, उनी न त थकानमा छन् नत भोकको व्यकुलताले लखतरान परेका छन । वरु उनी टाढा छितिजमा हेरेर मुसुमसु हास्दै गरेका देखिन्थे । वुढि हातमा पानीको करुवा वोकेर ढोकै देखि कराउदै आइन – हैन ए वुढा, किन हो आज त्यसै त्यसै मुस्कुराइरहेका छौं ?, तिमीलाइ थकाइ लागेको छैन ?
– सय केजीको भारि वोकेर तिनघण्टाको वाटो पार गरेर आउदा थकाइ नलाग्ने र भोक नलाग्ने कुरापनि हुन्छ वुढि ? तर छाड्दे ती सव कुरा, आज म मेरो भोक र थकाइ विर्सेर निकै खुशि छु । वुढिको हातको करुवा समात्दै आफ्नो मनको कुरा राखे ।
– के कुरा हो त्यस्तो ? भन न त मलाइपनि ! कौतुहलता व्यक्त गर्दै आग्रह गरिन वुढिले
– तँ भन्थिस नि, पार्टिले यसो गरेन, उसो गरेन, सत्तामा गयो तर जनतालाइ हेरेन भन्थिस नि ! वास्तवमा पार्टिले क्रान्ति सम्पन्न गरेकै थिएन त कसरि धेरै गर्न सक्थ्यो ?
– अनि के भो त वुढा ? सवै कुरा आजै ग¥यो कि क्या हो, कि क्रान्तिपनि सम्पन्न भइहालेछ ? खुवै मस्केका छौ त ।
– तँ धेरै वांगा कुरा नगर् है । वरु सुन् अव पार्टिले जनविद्रोह गर्ने भो रे !
– के गर्ने भो रे ? फेरि भन भन वुढा !
– कान खोलेर सुन् वुढि, पार्टिले जनविद्रोह गर्ने भो रे अव । त्यसकोलागी सवै जनतालाइ काठमाण्डुको सडकमा जानको लागाी आग्रह गरिएको छ पार्टिको तर्फववाट । यस्तो लाग्थ्यो वुढाको लागी यो खुव गौरवशालि दिन हो जुनदिनको प्रतिक्षामा उनी वर्षौ देखि तड्पीरहेका थिए ।
– कसले भनेको तिमीलाइ जनविद्रोह भनेर वुढा ? तिमीलाइ थाहा छ जनविद्रोह भनेको के हो ? कसरि हुन्छ जनविद्रोह ? केटाकेटी खेलेको जस्तो लाग्यो कि क्या हो जनविद्रोह ?
– त्यो त मलाइ थाहा छैन । तर वुढि, मलाइ के विश्वास छ भने पार्टिले भनेपछि हुन्छ हुन्छ । पार्टिले जनविद्रोह नै भनेको छ । मलाइ पार्टिको पूर्ण विश्वास छ ।
– तिमीले कहाँवाट थाहा पायौ वुढा ?, यस्तो कुरा त नेताहरुले भनिहाल्नु नपर्ने जस्तो लाग्छ मलाइ ।
– मैले टेलिभिजनमा हिजैमात्र हेरेको थिएँ हाम्रो ठुला नेताहरु मध्ये केहि ले यो अन्तिम लडाइ हो, यो निर्णायक लडाइ हो । अव जनता अन्तिम पटक सडकमा ओर्लन आवश्यक छ भन्नु भएको थियो । मलाइ टेलिभिजनवाट भनेको कुरामा विश्वास लागेको थिएन तर आज यहि कुरा लिएर पल्लो गाउको कान्छो छनि हाम्रो एरियाको इन्चार्ज लाल वहादुर । हो उपनि आएको थियो । कुरा यहि हो रे !
– ……….सवैले त्यसो भनेको भएत म वुढिले पनि पत्याउनै प¥यो नि ! त्यतिका धेरै वुझेका मान्छेहरु सवैले यस्तो कुरा गरेपछि । केहिवेर घोत्लिएर वाध्यात्मक रुपमा पत्याएको जस्तो संकेत दिइन । – तर वुढा, मलाइ चाहिं अझै संका छ हैं । जनविद्रोह भन्ने कुरा त्यसै हुने कुराचाहिं होइन । अनि तिमीलाइ थाहा छ , जनमुक्ति सेना तयारि छ रे त ?
– तँ वढि जान्ने वाठो नवन् वुढि । यस्ता कुरा सवै तँलाइ थाहा हुने भए तँ नै पार्टिको अध्यक्ष हुन्थीस होली नी ! किन याहाँ मेरो श्रीमति भएर वस्थिस र ?
– लु लु तिम्रै कुरा सहि भो । अनि कहिले जाने रे त काठमाण्डु ?
– पर्सि को दिन विहान वजार देखि गाडी लाग्छ रे ! त्यहि गाडिमा जानुपर्छ भनेका छन् लालवहादुर कामरेडले । अव याहाँ को काम–साम छाडिदे वुढि एकदुइ हप्तालाइ । अव एक पटक लड्ने हो । तँ पनि हिंड् मपनि हिड्छु ।
– लु भो वुढा, म चाहिं जान्न तिमी मन लागे जाऊ । घर कस्ले हेर्छ दुवैजना आन्दोलनमा गएर ?
– ल हेर यो नेताको ताला , भर्खर सम्म यत्रो भाषण दिन्थि अहिलेको अहिल्यै नै यसको चाला फेरियो यै गाँठे । अहिलेको आन्दोलनमा तँ गइनस भने नि जीवनभर तैंले लगाएको फर्ति सुन्ने मलाइ फुर्सद हुदैन नी फेरि ? वुढाले धम्की को भाषा प्रयो्ग गरे । वुढाले धम्कीको भाषा प्रयोग गरेपछि वुढिलेपनि सहमति जनाइन ।
उनीहरुले घरको सवै राखन धरनको काम सक्काए । पर्सि आन्दोलनमा जानको लागी भनेर घरमा लगाउने ताल्चाको वन्दोवस्तिपनि गरे । उनीहरुको दुइवटा छोरा र एउटी छोरि थिइन । एउटा छोरो विदेशमा गएको वर्षैा भयो फर्केको थिएन, एकजना जनयुद्धमा शहिद भइसकेको थियो । र एउटि छोरि छिन उनी पनि पार्टिमै थिइन, हुनसक्छ सायद उनीपनि आन्दोलनकै कुनै मोर्चा सम्हाल्ने तयारि गर्दै थिइन् । त्यसदिन देखि उताको सवैजस्तो समय वुढावुढिले गाउलेहरुलाइ आन्दोलनमा जानुपर्छ भन्ने कुरा संझाउन तिर लागे । आन्दोलनमा जानु हुदैन भनेर भाँड्नेहरु पनि कयौं थिए ती सवैलाइ वुढाले दह्रो जवाफ दिन्थे । यो देशलाइ स्वतन्त्र वनाउन, जनताको शासन कायम गर्न, शान्ति कायम गरेर जनताको नया संविधान वनाउन यो अवको अन्तिम आन्दोलन हो भनेर पार्टिले भने अनुसारको कुरा सवै जनतालाइ वताउथे । नभन्दै आन्दोलनमा सहभागि हुन जानेको संख्या व्यापक भयो ।
सवैले केहि दिनको लागी भनेर आफ्नो सवै कुरा त्याग गरे । कसैको मकै रोप्नको लागी हतार थियो तर सवैले भने – वरु वाँझै वसोस यसपाली ।, कसैको भैंसीले एकजना भन्दा कसैलाइ दुध दिंदैन थियो र पनि आन्दोलनमा सहभागि हुवाट रोकिएनन् । महिला, विद्यार्थि, शिक्षक, किसान मज्दुर र कोहिकोहि त सानासाना भाइ वैनीहरु पनि आन्दोलनमा सहभागी हुन काठमाण्डुतिर लागे । उनीहरु धेरैको खुटामा जुत्ता थिएन । लाउने कपडा राम्रो थिएन । च्यातिएको झोला वोकेर, झोलामा सातु सामल वोकेर अन्तिम र निर्णायक आन्दोलनमा सहाभागी हुन नजिकको वजारमा पुगे । वजारमा लाम लागेको वस आन्दोलनकारिलाइ वोकेर राजधानी हिड्नको लागी वसेको थियो । अलि पाको उमेरका मान्छेहरु वसको भित्र पसे भने यृुवाहरु वसको छतमा वसेर नारा लगाउदै र क्रान्तिको गित गाउदै काठमाण्डौ को लागी प्रस्थान शुरु गरे ।
वस चड्नै लाग्दा रामलालले वुढिलाइ आग्रह गरे – ए वुढी ! म त छतमा पो चडौं कि के हो ? युवाहरुलाइ देखेर वुढाको जोस वढेछ क्यार ! वुढि ले रामलालाको हात समातेर वसको ढोका तिर तान्दै भनिन — ओइ वुढा, नचाहिंदो १८ वर्षे जोस ननिकाल है । खुरुक्कन भित्र चढ । वुढिको सकरात्मक आदेशमा वुढापनि लुरुक्क परेर भित्र छिरे र वसको एउटा सिटमा पुगेर दुवैजना वसे । गाडिमा क्रान्तिकारि गितहरु ग्ुान्जिएका थिए , राता झण्डा फहराएका थिए । देशभक्तपूर्ण नाराहरु गुञ्जीएका थिए । वुढावुढिको खुशि र उत्साह देख्दा यस्तो लाग्थ्यो उनीहरु आन्दोलनमा होइन कुनै महान तिर्थधाम जाँदै थिए ।
काठमाण्डौं झर्दा वेलुकि अवेर भइसकेको थियो । उनीहरु एउटा स्कुलमा पुगे उनीहरुको लागी ठुलाठुला खड्कौंलामा खाना पकाइकाइदै थियो । ओछ्यानको नाममा कतै कतै म्याट ओछ्याइएको मात्र थियो । वेलुकि भइसकेको कारण लामखुटेको रजाइ शुरु भइसकेको थियो । ओड्ने थिएन । जाडो महिना त होइन तैपनि रातमा चिसो हुन छाडेको थिएन । वुढिले रामलाललाइ आग्रह गरिन– ए वुढा ! जाउँ हो हामी कतै आफन्तको घरतिर । यस्तो ठाउमा कसरि वस्ने ?
– धत लाटी ! आन्दोलनमा आएका पो हुँ त हामी । तैंले रमाइलो गर्न आएको वुझिसकि के हो ? हामी त आन्दोलनकारि हँु । यत्रा मान्छे कसरि वस्छन याहाँ ?, कसरि खान्छन याहाँ ? हो, उनीहरु जसरि वस्छन हामीपनि त्यसरि नै वस्नु पर्छ । वुढि ले वुझे जसरि मुन्टो हल्लाइन ।
– हो वुढा यत्रा मान्छेपनि त यहिं वस्छन नि । फेरि यीनीहरु धेरैलाइ त हामीले नै भनेर पो ल्याएका छौ नि ! यदि हामी नै भएनाौं भने त उनीहरुले के सोच्छन त ? हो, ठिक हो वुढा तिम्रो कुरा ।
त्यो रात उनीहरुको लागी कष्टपूर्ण रात भयो । लामखुटेले धेरै दिन देखिको भोजन ग¥यो । ओड्ने केहि कपडा थिएन मध्यरातमा चिसो भएतापनि सहनु वाध्यता भयो । लामखुटेलाइ धपाउने कुनै तरिका थिएन । वल्ल वल्ल रात वित्यो ।
भोलीपल्ट राताराता झण्डा वोकेर उनीहरु जुलुसमा सहभागि हुन सडकमा निस्किए । सडक पुरै रातो थियो मान्छेको हुल को गिन्ती थिएन । सवैतिरवाट खनिएका थिए । यस्तो लाग्थ्यो यो त मानव सागर हो । चारैतिरवाट आएको जुलुस एकै ठाउँमा केन्द्रीकृत हँदै थियो । वुढा–वुढि आन्दोलनलाइ यसरि नियाल्दै थिए जसलाइ उनीहरु अपूर्व र नवीनतम घटनाको रुपमा ग्रहण गरिरहेका थिए । तातो घामको न ती वुढावुढीलाइ वास्ता थियो न त ती लाखौं मान्छेहरुलाइ ! जव नेताहरुले भाषण गर्न थाले त्यसपछि उनीहरु झन ठाडाठाडा कान लगाएर सुन्न लागे ।
भाषण चर्कदै थिया,े तालि पड्कदै थियो अन्तमा पार्टि अध्यक्षले वोल्न थाल्नुभयो – …………..आदरणीय जनसमुदायहरु ! हामी सामान्य तरिकाले यो सडकमा आएका छैनौ, राष्टिय स्वाधिनताको लागी, नागरिक सर्वोच्चताको लागी, शान्ति र संविधानको लागी सडकमा आएका हौं ।…….. हामी खाना भएसम्म र पाएसम्म खाना खाएर लड्छौं, खाना नपाएपछि पानी खाएर मात्रपनि लड्छौं, पानी पनि नपाए भोकै तिर्खै लड्छौं तर अन्तिम सम्म लड्छौं नजिती हामी कोहि घर फर्कने छैनौं ।
एकटकले भाषण सुनिरहेकि वुढितिर फर्कदै रामलालले भने – सुनिस वुढि कस्तो लाग्यो मेरो कुरा ? मैले भनेको थिइन कुरा के हो भनेर ?
वुढिले मन्चतिरवाट टाउको नहटाएर झन्झट माने जस्तै गरि वोलीन – चुपलाग न वुढा, एकछिन कुरा सुन्न देउ ।
– अव कुरा सकियो । हेर् वुढि मूल कुरा यहि हो ।
भोलिपल्ट देखि आम हड्तालको घोषणा भयो । अरुसंगै वुढावुढिपनि पुरानै वासस्थानमा फर्किए जहा उनीहरु हिजो वसेका थिए । त्यसदिन देखिको रात उनीहरुलाइ सहज अनुभुति हुन लाग्यो, सायद वानी पनि पर्न थाल्यो होला ! शुरुको दिनकोे आम हड्ताल सुनसान नै भयो । कहिंकतै पनि झडप भएन । दिउसभरि सडकमा वसेर नारा लगाउनु नै मूख्य काम थियो । वेलुकि सुत्ने ठाउँमा फर्कदै गर्दा वुढिले सोधिन – होइन वुढा, यस्तै हुन्छ जनविद्रोह ?
– तँलाइ थाहा छैन वुढि सवै कुरा । मलाइपनि थाहा त छैन नै, तरपनि शुरुशुरु मा यस्तै शान्तिपूर्ण हुन्छ होला के ।
उनीहरु भोलीपल्ट फेरि आन्दोलनमा सहभागि भए, सवैतिर प्रहरिहरु आन्दोलनमा आक्रमण गर्न आएका जस्ता देखिन्न थिए । आन्दोलनकारि एकातिर र प्रहरि अर्कातिर खुव शालिनतापूर्वक वसेका हुन्थे । त्योदिन पनि आन्दोलन उस्तै शान्तिपूर्ण भयो । वेलुकि फर्कदै गर्दा फेरि वुढिले रामलाललाइ भनिन् – होइन वुढा यस्तै हो त जनविद्रोह ?
– हैन किन संका को कुरा गर्छेस वुढि ? तातो भातमा एकैचोटी हात हाल्यो भने के हुन्छ ?
मुसुक्क हासेर वुढिले प्रश्न सोधिन – आजसम्मपनि तातै छ त भात ?
एवंरितले उनीहरु पाँचौ दिनमा प्रवेश गरे । वीचवीचमा आन्दोलनको दिशा मोड्नको लागी भिजिलान्तेहरुको प्रयोग भइरहेको थियो । स्थानीय वासिन्दाको प्रतिकार भन्ने नाममा सरकारले करोडौं खर्च गरेर गुण्डाहरुको परिचालनपनि गरिरहेको थियो । त्यसवाहेक आन्दोलन शान्तिपूर्ण नै थियो । हरदिन को आन्दोलन समाप्ती पछिको वेलुकि पख वुढिले रामलाललाइ सोध्थिन – यहि हो त जनविद्रोह ? रामलाल हरदिन – पर्ख न हुन्छ । भन्दै जवाफ दिदै थिए । आन्दोलनमा आएकाहरु विमारि परिरहेका थिए तर काठमाण्डौका जनता थपिएर आन्दोलनकारिको कमि हुन दिइरहेका थिएनन् । आन्दोलनमा सहभागिता संख्या झन थपिदै थियो । आन्दोलनको पाँचौ दिन सिंगै रिङरोडलाइ आन्दोलनकारिले घेरा हाले र नेताहरुले त्यसको अवलोकन गरे । आन्दोलनकारिमा यसले झन धेरै उत्साह र उमगं थपियो । रामलालले उत्साहित हुँदै भने – हेर् है वुढि आन्दोलन चम्कदै छ । वुढिले चुपचाप नाजवाफ कुरा सुनिरहिन ।
एक्कासि भोली पल्ट दशवाह्र हजारको एक झुण्ड शान्तिसभाको नाममा एउटा डवलिमा जम्मा भयो र वन्द हड्तालको विरोध गरी टोपल्यो । सेतो लुगा लगाएका शान्तिवादी नामका गुण्डाहरुले आन्दोलनकारिका नेतालाइ फाँसि दे भन्ने नारा घन्काए । रगतै रगतले लतपतिएका हात उठाएर शान्तिको आव्हान गरे । आन्दोलनकारिहरुले तिनीहरुको खिल्लि उडाए । कतिले ले त लाठीलेपनि वजाए । रामलालले घटनाक्रमहरुको विष्लेषण गर्दै वुढिलाइ भने – यीनीहरु कोहि शान्तिवादी होइनन् वुढि, यीनि सवै गुण्डा हुन । मलाइ लाग्छ अव देखि वल्ल शुरु भो आन्दोलन । हेरिराख् भोली विहान हाम्रो नेतालाइ फासि दे भन्ने गुण्डाहरुको खुटा भाचिन्छ र त्यसपछि शुरु हुन्छ चीज ।
वुढिले पनि वुढाको कुरालाइ खुवै पत्याए जसरि समर्थन जनाइन । उनीहरु त्यसरातपनि आफ्नो पुरानै वासस्थानमा फर्किए । वेलुकिको खाना खाएर रेडियोमा समाचार सुन्दैथिए वुढावुढि । वुढिले रेडियो हातमा लिएकि थिइन, वुढा पल्टिएका थिए । एकाएक रेडियोमा पार्टिका उच्च नेताले वोले – हामीले सरकारको कोर्टमा वल फ्याँकेर हाललाइ आम हड्तालको कार्यक्रम फिर्ता लिएका छौं , अव वाँकि कुरा सरकारको हातमा छ ।
वुढिले रेडियो भुइमा फालेर थुइक्क भनिन – र हत्त न पत्त कराउदै वुढालाइ घचघच्याएर भनिन – देख्यौ वुढा जनविद्रोह ? यहि हो जनविद्रोह ?
तर वुढा त समाचारमा ती नेताले वोलेर सक्काउन नपाउदै तनक्क तन्किएका थिए र सदाका लागी यो सन्सार वाटै विदा भइसकेका थिए । वुढिले लाखौ प्रयास गरिन वुढालाइ व्युझाउन तर उनी नव्युझने गरि सुतिसकेका थिए । घण्टौ सम्म वुढि रामलाललाइ अंगालो हालेर रोइरहिन तर रामलाल तेस्रो आन्दोलनको एउटा छुटै सहिद वनेर विदा भए ।
– सरल सहयात्री
चितवन शक्तिखोर
(स्रोत : रचनाकारको ब्लगबाट सभार)