~प्रेम लिम्बु नुगो~
( गुराँसको फेद मुनी………………… लयमा )
सगरमाथाको फेद मुनी नेपाल भन्ने देश ।
भ्रष्ट लुटेरा नेताहरुले पार्न लागे सेश ।।
माथाको फेद मुनी ………………..………………..
एक बारको जुनी त होनी भनिकन लुट्छन्।
जनता कोही बोले भने मकै सरि भुट्छन्।।
आजै गई भाकल गरी 601 को बली ।
सखाप भई जानेछन् पश्चातापमा जली।।
सगरमाथाको फेद मुनी ………………………….
यो देशको राजकुमार मै हुँ भन्ने चाहना ।
मन्त्री बन्न पाए भने नेपाल टुक्राउने योजना।।
संबिधान माग्दा भन्छन् गरि खान पाकाछन्।
रोजगार दिएनन्, युवा बिदेश तिर धाकाछन्।।
सगरमाथाको फेद मुनी ………………..…………
दशौँ पुस्तालाई पुग्ने गरि सम्पत्ती कुम्ल्याउछन्।
बिदेशी बैँकमा लगिकन सबै जम्मा गर्छन्।।
बुद्दको देश भित्र अशान्तिको छ राज ।
बजेट सबै कुम्ल्याएर पहिरिन्छन् ताज ।।
सगरमाथाको फेद मुनी …………………..………
प्रेम लिम्बु नुगो
ईटहरा- 4 मोरङ, कोशी, नेपाल।
हालः दुबई (यु. ए. ई.)