गजल : उसले भन्यो

~मौसमजी भण्डारी~

बिहानै गर्जेर उसले भन्यो
आइज फर्केर उसले भन्यो

मरेर गरेको त्यो पल त्यागको
खै मूल्य झर्केर उसले भन्यो

पक्कै आँउछ भन्दै अवसरलाई
नबस्नू पर्खेर उसले भन्यो

सहनै सकिन बिछोडको पीडा
छाती यो चर्केर उसले भन्यो

हाम्रो साथ तोडी अरु के पायौ
यतिका खर्चेर उसले भन्यो

मौसमजी भण्डारी
बिरेन्द्रनगर-१० सुर्खेत

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.