~विक्रम पवन परियार~
मलाई बाकाे याद आउँछ आमाकाे याद आउँछ
मेराे अामालाई बगाउने खाेलाकाे याद आउँछ
विश्वास गरेकै छु विश्वासले जिन्दगी बनायाे
भनिन् मरेकाे अामाले बच्चाको याद आउँछ
म मान्छे हुँ मान्छेकै ब्यवहार गरियाेस पनि
मलाई छुनै नदिएकाे त्याे कुवाकाे याद आउँछ
जब प्रकृति पनि जिन्दगी जस्तै शून्य लाग्छ
अन्धाे भएरै अन्धाे आँखाको याद आउँछ
भराेसाकाे लाैराे नै भाँचिएकाे देख्छु
जब याे मुटु छाम्छु खुट्टाको याद आउँछ
****
– भक्तपुर