अनूदित कविता : लुसानकाे उकालाे

~माअाे त्सेतुङ~

उडेर थाकेर बसेकाे चराे जसरी
याङ्जेमाथि पर्वतस्तम्भ ठडिएकाे छ,
त्यसकाे हरियाे शिरमा
मैले चार सय फन्काे मारेकाे छ ।
चिसा अाँखा बाेकेर
मैले त्यहाँबाट समुद्रपारि नयालेकाे छ ।

एउटा ताताे हावाले,
पानी गर्भधारणा गरेकाे अाकाशमा
वर्षाका छिटाहरू छर्छ ।
महेंला गरूडहरू तैरिरहेका
नाैवटा जलप्रवाहमाथि
बादल गुँडुल्किन्छ ।

अनि, सेताे फिँज उडिरहेकाे सुदूर पुर्वतिर
एउटा लहरले चक्कर काट्छ ।
सुयाेग्य ताअाे युन–मिङ गइसके
याे कसले भन्न सक्छ ?
उनले अहिले पनि बगैंचाकाे भुमिमा
बन्जर अावाद गर्न सक्छन् ।


Original Poem : Ascent of Lushan (1959)
Ascent Of Lushan
A lu shih- July 1, 1959

Perching as after flight, the mountain towers over the Yangtze;
I have overleapt four hundred twists to its green crest.
Cold-eyed I survey the world beyond the seas;
A hot wind spatters raindrops on the sky-brooded waters.
Clouds cluster over the nine streams, the yellow crane floating,
And billows roll on to the eastern coast, white foam flying.
Who knows whither Prefect Tao Yuan-ming is gone
Now that he can till fields in the Land of Peach Blossoms?


सत्ता बन्दुककाे नालबाट जन्मिन्छ भनेर उद्घाेष गर्ने माअाे चिनियाँ लालसेनालाइर् उत्साहित गर्न कविता रचना गर्नुहुन्थ्याे । लुसानकाे उकालाे भन्ने कविता जुलार्इ १, १९५९ मा लेख्नु भएकाे हाे ।

(स्रोत : अनुदित कविता सङ्ग्रह “माअाे त्सेतुङका कविता”बाट सभार )

This entry was posted in अनूदित कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.