गीत : रुनु पर्ला भन्ने डरले

~श्रीपुरुष ढकाल~

रुनु पर्ला भन्ने डरले
हाँस्न छोड्नु हुन्न
मर्नु पर्ला भन्ने डरले
बाँच्न छोड्नु हुन्न ।

सुस्त सुस्त बढ्नु पर्छ
अडिँदा लक्ष्य भेटिंदैन
लामो छ है जिन्दगी यो
रोकिँदा नाप्न सकिँदैन
झर्नु पर्ला भन्ने डरले
फुल्न छोड्नु हुन्न
मर्नुपर्ला भन्ने डरले
बाँच्न छोड्नु हुन्न ।

जित मात्र जीवन होइन
हारको पनि मूल्य हुन्छ
मानिसको जिन्दगीमा
जितहार दुवै हुन्छ
हार्नु पर्ला भन्ने डरले
बाजी छोड्नु हुन्न
मर्नुपर्ला भन्ने डरले
बाँच्न छोड्नु हुन्न ।

श्रीपुरूष ढकाल
सानेपा, ललितपूर

(स्रोत : मधुपर्क २०७० बैशाख)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.