~नारायण पोखरेल~
जब म तेह्र बर्ष को थिएँ , त्यो बेला मेरो मिल्ने साथि कोहि पनि थिएनन् । हाम्रो परिवार गाँउको निम्न बर्गमा गनिन्थेँ।म कक्षा आठ मा अध्यनरत थिएँ ।एक दिन गाँउकै धनाढ्य ब्यक्ति को छोरो सँग मेरो घनिष्ठता बढ्न थाल्यो ।उ गाउँको धनी ब्यक्ति को एक मात्र सन्तान थियो ।म भने दुई सन्तान मध्यको कान्छो थिएँ ।मेरो दाई हुनुहुन्थ्यो ।दाई पनि पढ्दै हुनुहुन्थ्यो ।र त्यो साथिको नाम थियो “राजिब”। हामि दुई मा कैले पनि धनि र गरिबको कुरा हुने थिएन ।हामि दुई सँगै स्कुल जाने सँगै फर्कने गर्थ्यौ । केहि समयपछि उसको केटि साथि पनि हामि दुइको ग्रुपमा मिसिने कुरा गरिन् । मैले पनि सहमतिको जनाएँ ।अनि हामि त्यस दिन देखि तिन जना भयौँ । जहाँ जादा पनि तिन जना सँगै हुन्थ्यौँ ।केटिको नाम थियो “शलिना”।हरेक कुरामा निर्णय हामि तिन जना नै लिने गर्थ्यौ । हेर्दा गहुँगोरि शलिना , प्राय जसो दुई चुल्ठो कपाल बाट्थि,ओठ मा लिपिस्टिक प्रायजसो लगाउथी ।केहि खानेकुरा खाँदा पनि लिपिस्टिक पुछिन्छ कि जस्तो गरि अलि असजिलो भान भएझै गरि खान्थि ।स्कुल जाँदा आउदा स्कुल पोसाक मा देखिन्थि र घरमा गएर गुन्निउ चोलि मा सजिईन्थि ।हामीहरुको दोस्ती कति छिटो एक बर्ष पुगेछ पत्तै पाइएन ।हामि कक्षा नौ मा पढ्न थाल्यौँ ।
म चै कता कता भित्र भित्र शलिनालाइ मन पराउन थालेछु . उसको प्रतेक कुराको नसा लाग्न थालेछ ।तर अब बित्यास पर्यो कसरी उसलाई आफ्नो भावना बेक्त गरु । जताततै उसलाई नै देख्न थाले ।यो माया वस्न न कुनै उमेर चाहिने रहेछ न समए पत्तो नभै हुदो रैछ प्रेम । मैले जस्तै शलिनाले नि मन पराउछे होला त ? मनमा यस्तै कुरा खेलिरहन्थ्यो । मेरो ध्यान पढाई भन्दा शलिनालाइ कसरि प्रेम प्रस्ताव गर्ने भन्ने तिर मात्र जान थाल्यो । कसरि भनौ मेरो मन को कुरो उसलाई ? उ पनि त धनाढ्य बाबुकि एक मात्र छोरि त थिई ।एकदिन साथि राजिब ले भन्यो “सुन त ,तिमि कसैलाई मन पराउछौ हो ? “अनि म झस्किदै झट्ट सोधिहालेँ “किन र ? के मेरो अनुहार कसैलाई मन पराएको जस्तो देख्छ र ?”यति भन्दै गर्दा मेरो मुटुको धड्कन नै रोकिएला जस्तो गरि धड्किएको थ्यो अनि डर पनि लाग्दै थियो ।कतै कसैलाई भनिदियो भने ? हामिहरु एउटै गाँउका थियौँ ।र हामिहरुको गाँउमा प्रेम को बारे त्यति ज्ञान नभएको हुनाले “प्रेम गर्नेले ईज्जत फाल्छन् ” भन्दथे सबै जना । कसैले थाहा पाएभने मेरो अनि शलिनाको खैरात थिएन । बिचरी शलिनालाइ त यो बारे थाहा नि थिएन । यदि प्रेम भएको खन्डमा दुईजना प्रेमि प्रेमिकाले नै गाँउ छोड्नु पर्ने हुन्थ्यौ ।अनि मैले सोचेँ मैले माया गर्छु भनुँ भने कसैले भन्देला कि भन्ने डर लाग्दै थियो ।होईन त्यो झुट कुरा हो भनेर मैले कुरा टारिदिएँ ।र फेरि केहि दिन पछि राजिब ले भन्यो कि त्यो सुनेर मेरो खुसिको सिमा नै हरायो “उसले तिमिलाई मन पराउछे ” भोकाएको मान्छेलाई खिर पाएको जस्तो ।अब म उसलाई भेटेर उसको नै सामु उभिएर उसैको मुखबाट सुन्न चाहन्थेँ उसले मलाई माया गर्छे भन्ने कुरा ।त्यो सुन्न को लागि मलाई अर्को दिन कुर्नु पर्ने भयो ।
भोलिपल्ट उसले गाँउका मान्छे कम मात्रामा आवत जावत गर्ने ठाँउमा जाने निर्णय गरि र हामि त्यतै गयौँ ।मनमा डर पनि त त्यस्तै थियो ,कतै गाँउले ले देखे भने के गर्ने ? देखिहाले दुबैले सजाय भोग्नुपर्ने हुन्थ्यो ।उसले भनेको ठाउँमा दुबै पुग्यौ उ मेरो सामु उभिएर सबै कुरा भनि र एकछिन हामि दुबै चुप लाग्यौ अनि मैले पनि आफ्नो मन को कुरा सबै भनिदिए ।हामि दुई एउटै स्कुल मा पढ्ने भए पनि क्लास भने भिन्न थियो म नौ क्लास मा पुगिसकेको थिएँ र ऊ आठ क्लास मा पढ्दै थिई ।दुबै जना स्कुल जाने आउने सँग सँगै गर्थ्यौ।त्यस दिन देखि म स्कुल नगएमा उ पनि नजाने गर्न लागि अनि उ स्कुल नगए म पनि नजान थाले ।उ स्कुल नजादा स्कुल नै सुनसान लाग्थ्यो ।यतिकै समय कति कतिछिटो बितेछ म दस कक्षा पुगे ।मैले एसएलसी परिक्षा पनि दिएँ । उसले कक्षा नौ को परिक्षा ।दुबै जना पास पनि भयौँ ।त्यतिबेला हाम्रो गाँउमा कक्षा दश सम्म मात्र पढाई हुन्थ्यो । म पढ्न को लागि सहर जानुपर्ने भयो म आफ्नो पढाई अगाडि बडाउन चाहन्थे त्यसैले शहर जाने निर्णय गरे।र रहि उ ,उसलाई त अझै एक बर्ष त त्यहि गाँउमा बसेर पढ्नुपर्ने थियो ।अब के गरौ। अनि उसलाई पनि सहर पढ्न जानको लागि घरमा अनुरोध गर्न लगाएँ ।र उसले आफ्ना बाबु आमा संग अनुरोध पनि गरिछे ,आमाले हुदैन भन्ने जवाफ फर्काउनुभएछ ।अब केगर्ने म दोधारमा परे । त्यसपछि मैले साथि राकेश लाई भेटे अनि सबै कुरा भने ।किनकि उ हामी दुबैको मिल्ने साथि थियो र हामि दुईको छिमेकि पनि ।मैले सबै कुरा भन्न नपाउँदै उसले भन्यो “तिमिहरु दुई जनाको बारेमा मेरो घरमा थाहा भएछ । कसैले भनेको होला सायद ।”
अब मेरो भने मुटुले ठाउ छोडेर कतै भागुला जस्तो गरि जोडले धड्किन थाल्यो मेरो ओठ मुख सुकेर आयो लौ, अब के हुने हो साह्रै डर पो लाग्न थाल्यो । मेरो मनले डर को पुर्णबिराम लगाउन सकेन । निधार भरि बर्षा भयो पसिनाको ।त्यसपछि केहि नबोलि म साथिसँग बिदा मागेर घर तिर लागेँ ।र अर्को दिन म गाँउ बाट केहि टाढा केहि नजिकको दाई हुनुहुन्थ्यो त्यहि गएँ ।ऊहाँ चाहिँ सानोतिनो जागिरे हुनुहुन्थ्यो ।र दाईले साध्नुभयो “घरबाट भागेर आईस कि क्याहो ?” मन चसक्क चस्कियो हिजोको कुराले र मन गुम्म परिरह्यो ।बादल लागेको मौसम जस्तो ।निभ्न लागेको बत्तिजस्तै मधुरो स्वरमा जवाफ दिएँ “होईन दाई स्कुलको बिदा छ ,घुम्नको लागि आएको ।”भाउजु पनि त्यहि छेउमै हुनुहुन्थ्यो ।दाईले जवाफ दिन नपाउदै भाउजुले भन्नुभयो “ल ठिक छ नि ” ।म त्यहाँ पाँच दिन जति बसेको थिएँ ।आमा मलाई खोज्दै त्यहि आइपुग्नु भयो ।पहिले धेरै सम्झाउनु पनि भयो “हेर गाँउमा माया प्रेम को कुरा नगर बिर्सिदे सबै कुरा ,तेरो उमेर पनि त भएको छैन ।त्यसमाथि उनिहरु खानदानि छन् , हामि सँग केहि छैन ।हामिहरु त मान्छौ तर हाम्रो कुरा उनिहरु मान्दैनन् ।” मेरो मनमाभने भित्र भित्र आगो सल्किदै थियो ।मरुभुमिको भुमरिले मलाईनै पछ्याईरहेको भान भयो । र मैले आमालाई यि कुरा सब झुठा रहेको बताएँ ।”म कसैलाई प्रेम गर्दिन,म त यहाँ दाई कहाँ घुम्नको लागि पो आएको त ” भने ।त्यसपछि आमा र म दाईको बाट बिदा भएर घर तिर लाग्यौँ ।
मेरो अब सहर जाने दिन आयो ।शलिना भने गाँउमा नै पढ्ने भएकी थि। म भने मन गाउँ मै छोडी अझ भनौ शलिना संगै छोडि केबल शरीर मात्र लिएर शहर आए ।
यहाँ शहर आएर कलेज त भर्ना भए तर मलाई घर परिवार बुवा आमा को भन्दा धेरै घरी घरी उसकै याद आईरहन्थ्यो ।म आज सम्म घर धेरै दिनको लागि छोडेर यति लामो समय बाहिर बसेको थिइन । एक त घर देखि टाढा बस्नु परेको अनि आफ्नै मुटु उतै छोड्नु परेको त्यसैले होला मैले पढाईमा पनि त्यति ध्यान दिन सकिन यस्तै यस्तै यादहरु मा हराउँदै आफ्नै कल्पनाको कल्पनापुर मा रमाउदै छ महिना बितेको पत्तो पाइनछु । यत्तिकै फेरि मलाई पढ्न मन लाग्न छोड्यो अनि कलेज छुट्टी लिएर म एउटा होटलमा काम गर्न थालेँ ।त्यो होटेल मा एक महिना सम्म काम गरेँ एक महिना काम गर्दा म धेरै पटक रोएँ कैले घरको याद आएर रोए त कैले शलिनालाई गुमाउनु पर्ने हो कि भनेर रोए ।एक महिना सम्म कलेज नगए पछि कलेज ले घरमा खबर गरेछ अनि बुबा मलाई खोज्दै शहर आईपुग्नुभयो ।एक्कासि बुबा लाई देख्दा मैले आफैलाइ समाल्न सकिनछु बुवालाइ अंगालो हाल्दै रुन थालेछु म रोएको देखेर बुबाको पनि आँखाभरी आँसु भयो।त्यहा एक छिन सन्नाटा छाह्यो । एकछिनको सन्नाटा पछि बुबा बोल्नुभयो “हेर तँलाई मैले धेरै पढाउन खोजेँ तँ माथी ठूलो सपना देखेको छु यता शिक्षक हरुले पनि घरमा दिनहुँ खबर पठाएर खै तपाईको छोरा भन्छन,मैले जवाफ दिने शब्द नै भेटिन ।”बुवाको कुरा सुने पछि मैले बुबालाई ढाटेर जवाफ दिएँ कि म मामा घर गएको थिएँ । बाबू को माया मेरो कुरा सजिलै पत्याउनु भयो । त्यसपछि हामि बाबू छोरा कलोज गयौँ ।कलेजमा प्रिन्सिपल ले बुबासँग कुरा गर्नुभयो । प्रिन्सिपलले भन्नुभयो “हेर्नुहोस , तपाईको छोरा पढ्न चाह्यो भने राम्रो पढ्न सक्छ ,प्रगति गर्न सक्छ ।अरु भन्दा उसलाई पढाउने कोसिस गर्नुहोस ।यसले भबिस्यमा राम्रो गर्न सक्छ ।”त्यस पछि बुबाले मलाई सम्झाउन लाग्नुभयो ,तर मैले बुबाको कुरा सुनिन र सुन्ने कोसिस पनि गरिन । बुबाको लाखौं कोसिस को बाबजुध नि मलाई सम्झाउन नसके पछि बुवा हार खाएर मलाई आफू संगै गाँउमा लिएर जाने निर्णय गर्नु भयो र हामि बाबू छोरा गाँउतिर लाग्यौ ।
पुस माघ महिना को जाडो गाउँ नि कठ्याङृएको जस्तो लाग्थ्यो तर गाउँ उस्तै थ्यो बाटो उस्तै थ्यो खरबारिको चिलाउने को बोट अलि बूढो भएको जस्तो देखिन्थ्यो अरु उस्तै थियो ।बदलिएको थ्यो त केवल मौसम । म त्यसै खुसी थिए मेरि शलिना पनि त्यही त थि नि । हामी कहिलेकाहिँ समय मिलाएर भेट्न थाल्यौ मेरो मन उसलाई भेटेपछि त्यसै प्रफुल्ल हुन्थ्यो ।मैले गाँउकै एउटा किराना पसलमा काम गर्न थाले ।धेरै ठुलो त थिएन त्यो पसल । केही समय काम गरेपछी त्यो काम छोडिदिए । अनि म न पढाइ न काम त्यसै हल्लिएर बस्न थाले ।यसैबीच मेरो काका भारत बाट आउनुभयो । उहाँ भारत मा बस्नुहुन्थ्यो काका उतै होटल मा काम गर्नुहुन्थ्यो । म यता यतिकै बसेको देखेर काकाले मलाई पनि आफू संगै लाने निर्णय गर्नुभयो,म पनि सबै सँग सर सल्लाह गरि काका सँग भारत जाने निर्णय गरेँ । शलिना ले पनि काम गर्नको लागि जानुपर्ने भाव देखाई । अनि उसलाई म नआउदा सम्म पर्खेर बस्न अनुरोध गरे उसले पनि आँखा भरी आँसु बनाएर मलाई बिदाइको हात हल्लाइ । यता मेरो हालत पो कहाँ कम थियो र तै पनि यो मेरो बाध्यता थियो । मलाई शलिना को परिवार मा उसको लाएक बन्नु थियो त्यसैले केहि पैसा कमाउला र उसलाई आफ्नो बनाउला भन्ने उद्देस्यले म काका सँग भारत प्रस्थान भएँ ।नयाँ दिल्लिमा पुगेर मैले पनि काका ले नै काम गर्ने होटल मा काम गर्न थाले ।
शरीर यता भए नि मन उतै गाउँ तिरै थियो त्यसैले त्यहाँ काम गरेको केहि समयपछि फेरि घरको याद आयो घर को भन्दा शलिनाको बढी याद आयो अनि केही समय बिदा मिलाएर म घर फर्केँ ।म पनि जवानी को सिडि चड्दै लक्का जबान भईसकेको थिएँ ।गाँउ पुग्दा मान्छेहरु मलाई हेर्थे र फलानो को छोरा त पैसो कमाएर आयो भन्दै एक आपसमा कुरा गरिरहन्थे ।बाहिर निस्कदा पनि मान्छेहरु कुरा बुझ्न मेरो पछि लाग्थे यता आफ्नो मन मा भने शलिना मात्र थिई । म गाउँ फर्केको भोलिपल्टै उसलाई भेट्न को लागि गएँ ।त्यहाँ गएपछि पो थाहा पाएँ , उसको त बिहे पो हुन लागेको रहेछ ।के सिचेको थिए के सुन्नु पर्दा म त छागा बाट खसे जस्तै भए आफैले टेकेको जमिन भासिए जस्तै लाग्यो,अझ भनौ आकाश नै खसेर आफुलाइ थिचे जस्तो लाग्यो । जसलाई पाउन मैले आफ्नो सब कुरा त्यागेको थिए पढाइ छोडेर घर परिवार देखि टाढा बसेर दुख गरेको उसैलाई पाउन त हो नि ।जसलाई पाउनको लागि संघर्स गरिरहेको थिएँ अब उ नै मलाई छोडी अरु कसैको हुँदै थिइ ।मैले आफुलाइ समाल्दै उसलाई सोधेँ ” शलिना तिमि आफ्नो ईच्छा ले नै बिहे गर्न लागेकी हौ त ? के तिमी यो बिहे बाट खुसी छौ त ? “अनि उसले घोप्टो मुन्टो लगाएर जबाफ दिई “जे भए नि अब तिमीले जानेर के गर्छौ ? अब धेरै ढिला भैसक्यो । हाम्रो मिलन सम्भब छैन तिमी अब अर्कै खोज्नु नयाँ जिन्दगी को सुरुवात गर्नु अनि मलाई भुलिदिनु ।” आह कति सजिलै भुल्ने कुरा गरि शलिना ले यति सजिलै भुल्न सक्ने भए मैले किन आफ्नो पढाई छोड्नु पर्थ्यो उसको लाएक हुन अरुको देश मा गएर भाडा माझ्नु पर्थ्यो ?? मैले फेरि आफुलाइ समाल्दै ” भने हामि यहाँ बाट भागौँ भारत जाँउ र उतै बसौला र नयाँ जिवन को सुरुवात उतै गरौँला ।”
तर उसले यो कुरा स्विकार गरिन र भनि “यस्तो कुरा नगर , भागेर गएर हामी दुबैको लागि राम्रो हुदैन । बुवा ममिको गाउँ मा बदनाम हुन्छ ।” उसको कुरा सुनेर म झसङ्ग भए बल्ल सपना बाट बिउझिए जस्तो लाग्यो । उसंग बिताएका पल गरेको कुरा र उसले म संग गरेको बाचा सब झुट रहेछ त्यो आज थाहा पाए। तै पनि भन्न मन थ्यो यदि तिमीले कुनै दिन पनि म संग चोखो माया गरेकि थियौ भने के तिमी मेरो लागि बाबू आमा छोड्न सक्दिनौ ? हैन भने किन मलाई ऐले सम्म माया गर्छु भनी भ्रम मा राख्यौ ?? मेरो भावना संग किन खेल्यौ ? तर भनिन म चुपचाप त्यहाँ बाट बाटो लागे ।कुनै बेला म बिना बाच्न सक्दिन भनेकी शलिना ऐले मलाई छोडेर नै अरु संग जीवन बिताउन जाँदै थि । आखिर कोहि बिना कोहि बाच्न नसक्ने पनि त होइन नि ? अब मलाई पनि शलिना बिनै बाच्नु थियो नि पुरै जिन्दगी । म आफुलाइ समाल्न सकिरहेको थिइन, मेरो खुट्टा भने ठाउँमा टेकिएको थिएन आँखामा टिल्पिलाएको आँसुले बाटो देखेको थिइन । त्यति बेला देख्नेले मलाई जड्याहा पनि भने होला म पनि त्यस्तै भएको थिए शलिना को प्रतेक कुरा जाडको प्रतेक बोतल पिउदा लागे जस्तै उसको वचन मुटुमा भिज्दै थ्यो । म जाँड ले होइन उसको कुराले लर्बराएको थिए । यतिकै म कसरी घर आइपुगे थाहा पाइन ।
घरमा नि सन्चो छैन भनी मीठो झुट बोलेर म सुत्न गए के थाहा बिचरा परिवार लाई मलाई के बिमारी भएको थियो । हेर्दा केही देख्थेन । बाहिरी चोट सबैले देख्छन् तर मन को चोट कस्ले देख्छ र दिल चोर्नी शलिनाले त देखिन अरुलाइ के भनु । न त म निदाउन सके न आफुलाइ समाल्न नै । डाको छोडेर रुन मन थियो किन शलिना ले बिना मलाई बताइ एक्लै त्यति ठूलो निर्णय लिइ भनेर त्यो नि गर्न सकिन । हाम्रो समाज मा छोरा ले रुनु हुन्न भन्छन तर शलिना ले मलाई रुवाइ दिई । त्यो पुरै रात म सुत्न सकिन । भोलिपल्ट म घरबाट कहि गइन ।तल्काल इन्डिया जाने निर्णय पनि लिन सकिन अनि पर्सि पल्ट देखि त्यहि पहिलेको पसलमा काम गर्न थाले । एक महिना पछि शलिनाको बिहेको लगन जुरेछ । एक दिन शलिनाको दाईले मलाई बिहेको कार्ड दिदै भने”जसरि पनि आउ है बहिनिको बिहे पक्का भयो ।” उसलाई के थाहा कि मैले उसको बहिनिलाई कति मन पराउछु भन्ने कुरा । एउटै गाउँ भएकोले मेरा बुबा आमा पनि शलिनाको घर गएर बिहेका लागि सामान जुटाउने काममा सहयोग गर्नुहुन्थ्यो ।म चै त्यहा जान सकिन ।जाउ पनि कसरि ? आफुले नै मन पराएको मान्छेको बिहे हुँदै थियो कसरि जान सक्थेँ र ? जति उसको बिहे नजिक आउथ्यो मलाई चै मेरो मृत्यु नजिक आए जस्तो लाग्थ्यो । जब शलिनाको दाइ ले बिहेको कार्ड दिए मलाई चै त्यो बिहेको कार्ड नभएर आफ्नै मृत्यु को निमन्त्रणा लिए जस्तो लागेथ्यो । तै पनि म आफुलाइ काममा बिजि बनाउने कोसिस गर्दथे अनि उसलाई भुल्ने पनि तर आफ्नै मुटु लाई कहाँ भुल्न सकिदो रैछ र झन बढी याद ले सताउथ्यो।यता बुवा आमाले उसको बिहे सँगसँगै मेरो बिहेको पनि कुरा चलाउदै हुनुहुदो रहेछ ।यो कुरा मैले मेरा साथिहरु सँगबाट थाहा पाएँ ।अनि म घरमा गएर आमा सँग कुरा गरेँ ।आमाले भन्नुभयो “हो घरमा काम गर्न र आफ्ना परिवार रेखदेख गर्न बुहारि त चाहियो नि ?”मैले आमाले भनेको कुरा ईन्कार गर्दै बोलेँ “काम गर्न र रेखदेखको लागि नै बिहे गर्नुपर्ने हो भने ,म आफुले नै रेखदेख गर्छु , काम गर्छु तर ऐले बिहे गर्दिन “यति भनेर म काम गर्ने ठाँउतिर लागेँ । अर्को दिन मैले शलिनाको मिल्ने साथिलाई बाटोमा भेटे
उसलाई पनि हाम्रो सम्बन्ध को बारेमा थाहा थियो ।उसले फेरि म संग शलिनाकै बारे कुरा गरि भनि “शलिना ले तपाईलाई बिर्सन खोज्दै छे ।तपाईको नाम लिदा पनि घृणारुपि नजर ले हेर्छे ।उसले त तपाईलाई माया गरेकि छैन ,एकतर्फि माया गरेर किन आफैलाई जलाउदै हुनुहुन्छ ?” अनि मैले उसलाई हतार हतार सोधेँ मन मा कुरा अड्याउन नै सकिन “किन के भयो के भनि र उसले ?” उसले भनि “शलिना ले भन्दै थिई ,उसँग के छ र ?उ सँग बिहे नै किन गर्नु ?म धनि बाबु को छोरि पो हुँ ,उ गरिबको छोरो मलाई खुसी राख्न के सक्ला र ? त्यसैले मैले अरु संग बिहे गर्न आटेकी हु । उसले यति भनेपछि मुस्कुराउदै जवाफ दिएँ “ठिक त हो नि पैसा नभएको गरिब ले महल ठड्याउछु भनेर कहाँ पाईदोरैछ र !त्यसपछि शलिनाको साथी आफ्नो बाटो लागि । मलाई एक चोटि अन्तिम पट्क भेट्न् मन लाग्यो अनि उसलाई भेट्न बोलाएँ ।उसले पहिले भेट्ने गरैकै ठाउँमा बोलाइ । म त्यहि गएँ ।उ मलाई देख्ने बित्तिकै रुन लागि अनि मैले सोधेँ “अब किन रोएको तिमि ?तिमि त खुसी पो हुनुपर्ने ,तिम्रो त तिमीले सोचे जस्तै खोजे जस्तै धनाढ्य परिवार मा बिहे हुदै छ फेरि किन रुन्छौ । तिम्रो इच्छा त पूरा हुँदै छ नि शलिना हैन र ?रुने काम त मेरो पो हो अब ।” त्यसपछि उसले भनि “माया त तिमिलाई नै गर्छु तर बिहे सम्भब भएन,तिमिलाई पाउन मैले सकिन ।म चाहदिन कि तिमिलाई कुनै प्रकार को दु:ख परोस ,म चाहन्थेँ तिमि खुसी भएर जिवन बिताउ ,र मलाई सकेको घृणा गर । त्यसैले यो सब नाटकको गर्नको लागि साथिलाई पठाएको थिएँ ।उसले भने पछि थाहा पाए तिमि खुसी छैनौ ।मैले धेरै ठुलो गल्ति गरेँ मलाई माफ गरिदेउ ।तिमिसँग मायाको दियो त बालेँ तर त्यसलाई बलिराख्न दिन सकिन । माया त गरेँ तर त्यसको अर्थ बुझ्न सकिन । अब बिहे गर्छु भनेकि छु कसरि निर्णय परिवर्तन गर्नु । माया त म तिमीलाई नै गर्छु तर बुवा ममि को बेज्जत गरेर तिमी संग भाग्न सक्दिन अब धेरै ढिला भैसक्यो।” मैले अलि सानो स्वर लिएर भनेँ “ठिक छ ,अब उसै सँग बिहे गर ।मलाई मेरै हालतमा छोडिदेउ ,जस्तो छु त्यसमा नै खुसी हुन्छु ।” मैले आफ्नो कुरा पुरा गर्न नपाउदै उसले भनि “तर मैले तिमिलाई मन पराएको छु ।तिमि मेरो पहिलो प्रेम हौ ।
तिमिलाई कहिले बिर्सन सक्दिन ।तिमिले दिएको माया लाई मैले यादहरुमा बटुलेर राख्ने छु । त्यसैले तिमि सँग आज म केहि कुरा माग्न चाहन्छु ,तिमि दिन तायार छौ ? मैले सोधेँ “के चाहन्छ्यौ ? मेरो शरिरमा धड्कने मुटु नै तिम्रो नाममा धड्किरहेको छ भने अरु के चाहियो ?” उसले भनि “तिमि बाचा गर अनि मात्र भन्छु होईन भने माग्दिन ।” त्यसलाई के थाहा कि म उसलाई कति माया गछु मेरो प्राण मागे नि दिन तयार थिए त्यसैले भने”ल बाचा गरेँ “माग अब के माग्नु छ ।अनि उसले भनि “म आजको रात तिमिसँग बिताउन चाहन्छु ।आज म आफ्नो पहिलो प्रेमि सँग उसको प्रेममा पुर्ण रुपले डुब्न चाहन्छु । म त हेरेको हेरै भए यो कस्तो माग थियो उसको ? मैले उसलाई रोक्दै भने ” हुदैन यस्तो कुरा कसरी हुन सक्छ तिमी अब अरु कसै संग बिहे गर्दै छौ यो त सरासर उसलाई धोका दिनु हुन्छ शलिना तिमी आवेशमा आएर यस्तो कुरा नगर बरु मेरो संसार माग मेरो प्राण माग म दिन तयार छु यो चै हुन्न ।मैले कैले तिमीलाई आफ्नो वासना पूरा गर्न को निम्ति प्रेम गरेको थिइन तिम्रो शरीर संग हैन तिम्रो आत्मा संग हो मैले प्रेम गरेको त्यसैले यो”हुन सक्दैन ।उसले भनि “म अरुलाई अपनाउन सक्दिन ।मैले प्रेम तिमीलाई गरे कसरी तिमि भन्दा पहिले अरु कसैलाई पनि आफ्नो शरिरमा सुम्पिन सक्छु। तिमिले बाचा गरिसकेका छौ ,बाचा तोड या निभाउ त्यो तिम्रो हातमा छ ।” उसले मलाई एक चोटि फेरि दोधारे परिस्थितिमा पारिदिइ अब म के गरुँ । यो जान्दा जान्दै कि अब उ अरुकै हुँदै छे कसरी स्विकारु उसको प्रस्ताव? म जानी जानी कसरी हाम्फाल्न सक्थे भिर बाट ?म आफ्नो जीवन र शलिनालाई दिएको वाचाको दोबाटोमा उभिएको थिए । मैले यो निर्णय लिन सकेको थिइन कि उसको कुरा मानौ कि नमानौ ? बिहे भएपछि कसैले थाहा पाएभने उसलाई नराम्रो हुने ,अहिले नमानौ भने उसलाइ वचन दिइसकेको छु।टुट्न लागेको पुलमा यात्रा गरौ कि नगरौ ? दोधारमा परेँ । एउटा निर्णय त गर्नु नै थियो ।मैले मन नलागि नलागी शलिनाको कुरा मान्ने निर्णय गरे । मन त उसलाई पहिलेनै सुम्पेको थिए अब तन देखि पनि उ मेरि र म उसको हुँदै थिए ।हामि दुईले शारिरिक सम्बन्ध राख्यौ , केही समय को लागि सहि दुई मुटु एक धड्कन भएको थियो,मध्यरात सम्म हामी दुई घर बाहिर थियौ। मनमा डर त्यसै थियो हामी जे गर्दै थियौ त्यो समाजको नजरमा अपराध थियो । शलिनाको लागि मैले अपराध नि गरे ।
प्रेम ले मान्छेलाई के के गराउदैन रैछ र ! शलिनालाइ खोज्नको लागि उसको घरबाट मान्छेहरु हिडिरहेका थिए नहिडुन नि किन बेहुलि हुने केटि नै घरमा थिइन मध्यरात सम्म पनि अनि हंगामा हुने नै भयो ।उसको काका को छोरि उसलाई खोज्दै हामि नजिकै आएकि थिई तर उसले हामिलाई देखिन ,फर्केर अर्कै तर्फ खोज्न गई ।एकछिन पछि उसको आमा पनि आउनुभयो , उहाँले पनि देख्नुभएन । अनि उसलाई मैले भनेँ “तिमि घरमा जाउ ,रात धेरै छिप्पिईसकेको छ ।यसरि म संग मध्यरातमा संगै कसैले भेटे भने कसैले राम्रो मान्दैनन् ।फेरि तिम्रो बिहे हुदैछ यसरि रातमा बाहिर बस्दा समाजले नराम्रो मान्छ ।तिमि आफुलेनै भनेकि होईन बाबु आमाको ईज्जत भन्दा ठुलो अरु केहि हुदैन भनेर ?” मलाई अब झन बढी माया र चिन्ता लागिरहेको थियो उसको । मेरो कुरा सुनेपछी उसले जवाफ दिई “अरु कसैसँग होईन म आफ्नै प्रेमि सँग त छु ,र मलाई कुनै आपत्ति पनि छैन अनि कुनै अपसोच पनि ।” मैले उसलाई सम्झाउनु सम्झाएँ ।बल्ल सम्झी अनि केहि बेरमा उसले घर जाने निर्णय गरि । म पनि घर नगई साथि राजिब को मा गएँ ।उसलाई सबै कुरा बताएँ ।मेरो नजरमा उहिनै एउटा बिश्वासिलो पात्र बनेको थियो ।
भोलिपल्ट बिहान म राजिब संग छुटिए । त्यहि दिन दिउसो राजिब म सँग आएर सुटुक्क भन्यो “तिमिहरुको हिजोको चर्तिकला मेरो आमा र बहिनि ले चाल पाएछन् ।”अनि म चाहि छाँगाबाट खसेको जस्तो भएँ । शरिर डरले काप्न थाल्यो मेरो मनमा डरको एउटा ठुलै भुकम्प गयो । मैले उसलाई सोधेँ “कसरि ? ” उसले भन्यो “राति तिमिहरु जहाँ थियौ ,त्यहि बाटो बाट मेरो आमा र बहिनि उसैको घरतिर जान लाग्नुभएको रैछ त्यसै क्रम मा देख्नुभएछ ।” एकछिन रोकिएर फेरि बोल्यो उ “झण्डै अरु कसैलाई भन्नुभएनछ ।” म पनि केहि खुसीको अनुहार ले उसलाई हेरेर भने “अरु कतै मुख नखोल्न भन है त ।” अनि शलिना घर गएर हिजो देखि खाना नखाएको कुरा पनि उसले नै बतायो ।शलिनाले खाना नखाएको सुनेपछी म घरमा बस्न मनले नै मानेन र उसको घरमा गएँ ।सबैसँग भेटेँ ।शलिना कहाँ छ भनेर सोधेँ ।उसको आमाले भन्नुभयो “शलिना कोठा मा नै छे ।”मैले अनुमति मागेँ उसलाई भेट्ने ।उसको कोठातिर लागेँ ।कोठा भित्र छिर्दा उ रोईरहेको जस्तो देखिन्थि ।आवाज रत्तिभर थिएन ,तर उसको आँखाभरी आँसु थियो ।उसको नजिक बस्न के लागेको थिएँ ,उ जुरुक्क उठेर मलाई अंगालो हालेर रुन लागि ।मैले उसलाई हटाउदै खाना खानको लागि आग्रह गरेँ ।”छोरि न हो एक न एक दिन छोडेर जानुनै पर्छ ,आफ्नो निर्णय लाई कसैले अँगाल्न सक्दैन ।” यत्ति निस्किएको थियो मेरो बोलि पनि । उ सुक्क सुक्क गर्न लागि ।उसले मलाई सोधि “खाना खायौ ?” मैले ” खाएँ ” भने । “झुट बोल्छौ ?” उ अलि सन्किने पाराले बोल्दै थिई उ।”होईन भर्खर खाना खाई तिम्रो मा यो माहोल हेर्न आएको थिएँ ।फेरि तिमि खाना नखाइ बसेको थाहा पाएँ त्यसैले कोठामा आएको ।”
उसको लागि खाना आयो ।उसले खाना खाई ।म त्यहाँ बाट हिडेँ ।त्यसको अर्को दिन बिहे थियो उसको ।अब त उ जादै छे ,मलाई छोडेर अरु कसैलाई अँगाल्दै छे ।अब म नै पो के गरुँ ?उसका यादहरुलाई भुलाउन को लागि मैले रक्सी पिउने निर्णय गरे।त्यस दिन बेलुका रक्सि पिएँ ।तर बिडम्बना जति रक्सि पिए पनि मलाई रक्सीको नसा लागेको थिएन ।यो मायाको नसा पनि कस्तो हुदो रैछ जति रक्सी पिउथेँ त्यस्ती शलिनाको नशा चड्थ्यो दिमाग मा रक्सिको मातले पनि उसको यादलाई भुलाउन सकिन ।पानि पिएको जस्तो गरि रक्सि पिउदै थिए ।मेरो दिमागमा,उ मात्र आइरही यस्तो लाग्यो अब म उ बिना बाँच्न नै सक्दिन तर नसकेर के गर्नु बाच्नै पर्ने थियो । घृणा लागेर आउछ यो पापि समाज देखि यो समाजको नियम समाजका मान्छे सबै देखि ।के एक अर्कालाई प्रेम गर्नु पाप थियो र ? कुनै गल्ति कुरा थियो र ? चुपचाप रहन बाध्य भएँ ।उता उसको बिहे थियो , क्यैगरि यि सबै कुरा म बाट खुस्कियो भने त उसको जिन्दगि नै खैलाबैला हुन्छ ।मेरा आमा बुबा पनि उतै हुनुहुन्छ ।म एक्लै बसेर रक्सिको मातमा डुबुल्कि खेल्दै थिएँ ।यत्तिकैमा मेरो बुबा आउनुभयो म झस्किए ।रक्सिको बोतल नजिकै छ त्यसमाथि म पिईराखेको छु ।बुबाको डरले मलाई अझै गलायो ।र बोतल खाटमुनि फ्याकि म केही नभए जस्तो गरि बसेँ ।र बुबा भित्र छिर्दा उहाँले गन्ध थाहा पाउनुभएछ क्यार ,मेरो नजिकै आएर “रक्सि पिएछस् ” भनेर सोध्नुभयो ।मैले झुट बोलेर “छैन ” भनेँ ।बुबाले खाट मुनिबाट गन्ध आएको चाल पाउनुभएछ ,र खाटमुनि हेर्न लाग्नुभयो ।रक्सी लुकाएनी गन्ध लुकाउन कहाँ सक्थे र त्यो मेरो बहस भन्दा बाहिरको कुरा थियो ।बुवाले खाटमुनि रक्सिको बोतल देख्नुभयो र गालि गर्न लाग्नुभयो “किन रक्सी खाइस?” रक्सी को भन्दा मलाई शलिनाको नशा बढी चडेको थ्यो त्यसैले आफुलाइ समाल्नै सनिन अनि मैले भनेँ “म उ बिना बाँच्न नसक्ने भैसकेछु बुवा ! उसका यादहरु भुलाउनको लागि मैले रक्सी पिएको हु ।त्यसपछि बुवाले भन्नू भयो “धत सिल्ली कोहि बिना कोहि बाच्न नसक्ने नि हुन्छ र ? उसो त प्रेम गर्ने हरु सबै सफल हुन्छन् भन्ने पनि छैन नि । म मान्छु तिमिहरु एक अर्कालाई मन पराउथ्यौ माया गर्थ्यौ तर प्राप्ती मात्र प्रेम हैन छोरा त्याग पनि प्रेम हो त्यसैले तिमिले आफुलाइ समाल्नु पर्छ प्रेम मा त्याग गर्ने हरु झन महान हुन्छन , त्य्सैले तिमी महान प्रेमी बन्नु ।” बुवाको कुराले जलेको मेरो मन लाई घ्युकुमारी को काम गर्यो । मन शितल भयो अनि मैले आफुलाइ अलि समाल्दै भने ” अह बुवा सायद अब उसले त बिर्सन्छे होला अब उ अरुको घरमा जादै छे अरु कसैको माया पाउछे मेरो ठाउमा अरु कसैलाई पाउछे। अब म चाहिँ कसको माया मा खुसी हुन सक्छु र ? सानै देखि मैले उसलाई प्रेम गरे आज त्यही प्रेम म बाट टाढा जादै छ ।म यो कसरि सहन सक्छु होला र ? ” त्यसपछि बुबाले फेरि अलि सम्झाउदै भन्नुभयो “तिमिहरु दुई जनाको नसिब मा त्यहि लेखेको रहेछ । के गर्छस त ? सायद बिहे पछि उसलाई भेट्न गारो होला ।”
“ठिकै छ भाग्यमा रहेछ भने फेरि भेट होला नि । यदि बाँचिएछ भने भेट त हुदै राख्छ ,त्यसै उ संग बिताएको समयलाई मीठो यादलाई दिलमा राखेर जिन्दगि बिताउनु पर्ला ।” यत्तिकै मा शलिना हाम्रो घरमा आइ ।म संग कुरा गर्दा बुबा को आँखा भरि आसु भरिएको थ्यो । नभरियोस नि कसरी उहाँको छोरा कोहि अरुको लागि आफ्नो जिन्दगी बर्बाद पार्दै थियो । बुबाले आँसुलाई रोक्नै सक्नुभएन ।मैले पनि आँखामा भएको आँसु झट्टपट्ट पुछेँ ।उसले त्यो चाल पाईन क्यार त्यसैले त्यहि आएर उसले भनि”तिमि मेरो बिहे मा भोलि आउ है ।” अनि मैले नि मन मा जे भए पनि हासेर भने “भोलि तिम्रो बिहे छ किन नआउनु आइहाल्छु नि।” त्यसपछी शलिना”ल आउ है ” यति भनेर मेरो घर बाट निस्किई ।अब म केगरुँ बुबा पनि उतै तिर लाग्नुभयो ।म भने अझै रक्सि पिएर त्यहि बसिरहेँ ।सुत्न खोजेँ अहँ पटक्कै निद्रा लागेन , मन मा उसको भोलि को बिवाह झल्झलि आईरह्यो ।भोलिपल्ट उसको बिहे सबै उतै ब्यस्त रहे । उसको भोलिपल्ट बिहेको तयारी मा सब जुटेका थिए मलाई भने मेरो लास लाने तयारी गरिएको जस्तो लाग्दै थ्यो । उसको घरमा जग्गे अनि घर सिगारेर जन्ती को स्वागत को तयारी गरिदै गर्दा मलाई भने मेरो काल को स्वागत को लागि मान्छे जुटे जस्तो लाग्दै थियो । यतिकै मा शलिनाको दाई मलाई खोज्दै म कहाँ आयो र मलाई भन्यो “यति धेरै पिएर बसेका छौ ।के भयो र तिमिलाई ? “मैले कुरा यत्तिकै टारिदिएँ ।र उनले मलाई बिहेका छुटपुट सामान लिन सहयोग गर्न भन्यो र हामि बजारतिर लाग्यौ ।र उसको दाईले पनि बिवाह मा जसरिभए पनि आउनु पर्ने आग्रह गर्दै म संग छुट्टिए ।त्यो दिन रातभरि निद्रा नै लागेन न भोक नै लाग्यो ,रक्सिको मात र उ सँग बिछोड को पिडाले गर्दा मलाई गलाईरहेको थियो ।अर्को दिन जुन दिन मेरो आफ्नो प्रेम मेरो आँखा अगाडि बाजा बजाएर लैजाने दिन मेरो आफ्नै मान्छे पराईको हुने दिन । सबै काम सिद्दिईसक्यो , अब जन्तिको बाटो हेर्दै थियौँ हामिहरु ।
जन्तिको पनि प्रस्थान भयो ।जन्ति प्रसाउने चलन त्यो पनि समाप्त भयो ।जन्तिहरुलाई चिया नास्ताको तयारि भईरहेको थियो ।जन्तिहरु चिया नास्ता गर्नतिर लागे । उता स्वयंबर तयारि हुदै थियो र स्वयंबर पनि भयो ।मेरो अगाडि मेरो प्रेम प्रेम रहेन त्यो त अर्कैको भईसकि ।यो प्रेम भन्ने चिज पनि कस्तो ..!! सिमसिम पानि जस्तै । उ सिमसिम पनि बनेर आएकि थिई मेरो जीवन मा ,म त्यहि सिमसिम पानिमा रुझ्नको लागि बाहिर निस्किएको थिएँ ।थाहा भएन त्यो सिमसिम पानि ले मेरो तन भन्दा ज्यादा मन भिजाउछ भन्ने ।मेरो उ संग जीवन बिताउने सपना ,मेरा ति तमाम खुसीहरु ति तमाम सपनाहरु एउटा बर्खाको भेल सरि बग्दै थ्यो । जग्गे मा पन्डित ले आगो मा मन्त्र पढ्दै होम गरिरहदा मेरो सपना र खुसिहरु होमिएको झै लाग्थ्यो ।म यि सबै दृष्यहरु नियालिरहेको थिएँ ।मलाई केहि खाना मन थिएन त्यसैले मैले केहिपनि नखाएको हुदा शलिना को बुबा मेरो नजिकै आएर भन्नुभयो “बाबु खाना खाउ ,अनि काम गरौला नि भोक भोकै छौ।केहि खाएका छैनौ ।” मैले हास्दै भनेँ “मेरो अलि पेट खराब छ ,त्यसैले हो चिन्ता नलिनु पछि खान्छु ।” त्यति भन्दा मेरो मन मन भित्र देखि गाठो परेर आएको थियो तर के गर्नु त्यहा रुनु पनि भएन त्यसैले मनलाई सम्भालेर बसिरहेको थिएँ । उसको खुसीको लागि म चुप बस्नुनै पर्छ ।मैले मेरो प्रेम को त्याग दिनुनै पर्छ ।मैले आफ्नो मन लाई नै सम्झाएँ । आखिर प्रेम पाउनुमात्रै ठुलो कुरा होईन । प्रेमी को खुसीमा खुसी हुनु र त्यसलाई फक्रन दिनु पनि त प्रेम नै हो । उसको खुसीको लागि नै म मेरा आँसुहरुलाई रोक्दै छु ।यो समाज यो बिहेको रमझम जताततै म आँसु लुकाउदै हिडिरहेको छु एकान्तमा बसेर रुनु त छदै छ ।एकछिनमा बिहे सकियो ।र सबैको फोटो लिने तयारि भयो ।उसको दाईले फोटो खिचिरहेको थियो ।यत्तिकैमा जन्तिपक्षका मान्छेहरु ले पारिवारिक फोटो लिने भन्न लागे ।त्यसमा शलिना को दाई पनि बस्नुपर्यो ।
हुलहरु सबै एकसाथमा भए ,र उसको दाईले मलाई क्यामेरा थम्याउदै “ल तिमिले फोटो लिईदिनु पर्यो ।” मैले “ठिक छ ।”भन्दै क्यामेरा हातमा लिएँ ।कस्तो भाग्य मेरो फोटो पनि मैले नै खिच्नु पर्ने ।फोटो खिचिदिने तयारि गरेँ ।मन मन मा उसको श्रिमानको ठाँउमा आफुलाई राखेँ र फोटो लिईदिएँ । फोटो लिने बेलामा मनमा म उसको सामु भएको कल्पना गर्दा मन केहि सान्त बनिरहेको थियो ।अब दुलहि लाई बिदाइ गर्ने बेला भयो ।म भने मन थाम्न सकेन र त्यो दृष्य हेर्न पनि नसक्नै अबस्था मा थिएँ । अनि म त्यहाँ बाट निस्किएँ । पाँच दिन पछि उ फर्केर माईति घरमा आई । उसको रुपनै बदलिई सकेको थियो ।सिउदो मा सिन्दुर भरिएको थियो ,हात चुराले भरिएका थिए ।गलामा मंगलसुत्र ,रातो सारीमा टर्लक्क टल्किएकि थिइ ।उ मेरो अगाडिबाटै गई तर एक शब्दपनि म सँग नबोलि ।मैले पनि बोलाउने हिम्मत गर्न सकिन।बोलाउनु पनि कसरि उसको श्रिमान सँगसँगै थियो अब उ मेरि थिइन अरुको भैसकेकी थिइ।उसलाई बोलाउदा,केहि गरि भक्कानिएर रुन मन लाग्यो भने के गर्ने ? त्यसैले केहि नबोलि उसलाई हेरिरहेँ । अनि त्यसको केहि समयपछि मैले पनि बिहे गरेँ । आज उ आफ्नो श्रीमान को दुनियाँ मा खुसी छे म आफ्नो दुनियाँ मा । त्यसैले प्राप्ति मात्र प्रेम हैन रहेछ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)