~कृष्ण अधिकारी~
सुरक्षा जाँचको वेला भयो । झोला बोकेर दुई कदम अगाडि बढेपछि याद आयो–“ए मलाई उडाउन रसिला पनि पो आएकि छन् त ।” फिरेँ र रसिलाको अगाडि झोला राखेँ । उनको अनुहार हेरेँ । तमतम्याइलो, फुङ्ग उडेको अनुहार । कालो वादल मडारिई रहेको छ, मानौँ तुरून्तै बर्सिन्छ, घरघोर बर्षा ।
छि ! कस्तो केटाकेटी जस्तो । म फिरि त हाल्छु नि, एक महिनामा । राम्रोसँग घर जानु । राम्रोसँग आग्लो लगाएर सुत्ने गर्नु । संक्षिप्त सल्लाह दिएँ र झोला बोकेर हिँडे । यतिखेर म सम्झिरहेको छु । रसिलाको अवस्थासँग पटक्कै गम्भीर थिइन म त्यसबेला । बोइङ चढ्ने र नयाँ देशमा पुग्ने रहरले मेरो मन उचालिएको थियो । सुरक्षा जाँचको ढोकाभित्र पस्नु अगाडि फिरेर हेरेँ । रसिला मूर्तिवत् उभिएर मलाई नै हेरिरहेकी थिइन् एकटकले । मैले हात उठाएँ । गह«ौँ बोझ उठाएजस्तो बलैले दाहिने हात उठाइन उनले पनि विदाइको । म एकिनसाथ भन्न सक्छु त्यसपछि भीषण मेघ गर्जियो र बृष्टिपात भयो । अठार वर्षको सहवासले म यति ठोकुवा गर्ने भएको छु उनको बारेमा ।
एकछिनमा बोइङले भुईं छोड्यो । पश्चिमतिर मोहोडा फिराएर उड्यो । त्यस बेला बोइङको र मेरो लक्ष्य एउटै थियो । पश्चिम अझ पश्चिमको लक्ष्य भेदन गर्नु । त्यही अनुसार मेरो शरीर लक्ष्यतिरै जाँदै होला तर मन ? मन पूर्वतिर उड्यो र आनै आँगनमा अवतरण ग¥यो । कोठेबारीका आँप र लिचीका हाँगाहरूमा खेल्न थाल्यो र एकछिन रसिलाको कोठामा लाग्ने ढोकाको आग्लोसँग अलमलियो ।
थुक्क मन ! मन पापी भन्थे, हो रहेछ भन्ने लाग्यो । एकैछिनमा मन बोइङको अगाडि–अगाडि लाग्यो तर एकपल्ट साक्षात्कार नभएको ठाउँमा मन पनि अवतरण हुन सक्तो रहेनछ क्यारे । त्यसैले बोइङका अगाडि–अगाडि आमाले नानीहरूलाई पर्खिदै हिँडेजस्तो बोइङलाई पर्खिदै उडिरहेको छ मेरो मन । मलाई लाग्यो मन जति नै तीव्र वेग भैदिएको भए यो बोइङको, म अमेरिका पुगिसकेको हुने थिएँ ।
–०–
अमेरिका पुगेको अठ्ठाइस दिनमा मैले फेरि झोला कसें । राजिव जोनले झोलालाई निक्कै वेर नियालेर हे¥यो अनि मलाई हे¥यो । ऊ मेरो बालसाथी । उसैले इस्पोन्सर लेटर पठाएपछि मात्र मेरो भिषा लागेको हो । धेरै वर्ष अमेरिका बसेपछि उसले धर्म परिवर्तन गरेछ र आनो नामको पछाडि जोन जोडेर राजिव जोन बनाएको रहेछ, तर पनि उसको आनोपन, मौलिकता र सद व्यवहार उस्तै छ, परिवर्तित छैन ।
यो के गरेको ? मेरो तयारी झोलातर्पm सङ्केत गर्दै राजीव जोनले सोध्यो ।
ँदेखिनस् झोला कसेको ? मेरो भिसाको म्याद पर्सी सकिँदैछ” मैले भने ।
साँझ परेपछि हरेराम आयो । एकछिनपछि घनश्याम, बुद्ध, स्वर्ण, सीता, मोहिनी पनि आए । मैले ठानें यिनीहरू आजै मलाई विदा गर्ने छन् ।
हरेरामले ठट्टा गर्दै भन्यो “खै तिम्रो झोला कता छ ?”
मैले चोर औँलाले इसारा गरें झोलातिर ।
‘साँच्चै झोला कस्नु भएकै हो दाइ ?’ मोहिनीले भनी ।
यी त अचम्मका मान्छे पो रहेछन् त अमेरिका आएर पनि फिर्ने ? घनश्यामले आश्चर्य प्रकट ग¥यो । म जिल्ल परें र उनीहरूलाई हेरिरहेँ ।
सबै जना मेरो वरिपरि बसे र सम्झाउन थाले । अमेरिका आउन कत्रो हत्ते हाल्छन् मान्छेहरू । आइसकेको मान्छे तिमी झोला कसेर खुट्टा उचालेका छौ । देशमा अशान्ति छ । संविधान बनेको छैन । उद्योगधन्दा र वन्द व्यापार बन्द हुँदैछन् । भ्रष्टाचार चरम चुलीमा छ । नेताहरू सत्ताको सिनुमा झुत्ति खेलिरहेका छन् । गुण्डागर्दी र चन्दा आतङ्कबाट आतङ्कित छ सिङ्गो देश । जिउ धनको सुरक्षा गर्न सक्तैन सरकार । यस्तो समयमा त्यहाँ गएर के गर्छौ ? के गरेर खान्छौ ? सन्तानको भविष्य कसरी बनाउँछौ ? तिमी नजाऊ । सबैले एउटै स्वरमा भने ।
उनीहरूको कुरालाई खण्डन गर्ने आधार पनि मसँग थिएन ।
मैले विस्तारै भने–‘रसिला त्यहीं छन् ?’
‘के भो त भाउजुलाई पनि यहाँ झिकाउने प्रोसेस गर्नुपर्छ, हामी गर्छौ त्यो काम ।’ – बुद्धले भन्यो ।
राजिव तिम्रो चिठीको आधारमा मलाई भिसा दिएको हो, तिमीलाई केही अप्ठ्यारो पर्दैन ? मैले सोधेँ ।
भिसाको म्याद भित्रै अदालत जानुपर्छ, उसले भन्यो ।
उनीहरूले के–के कागज पत्र तयार पारे । भोलिपल्ट सीताले मलाई एउटा वकिलसँग लिएर गइन् ।
वकिल भनेका सबै देशका उस्तै हुन्छन् क्यारे, अलिकति सत्य र अलिकति असत्यको यूजन गरेर सत्यको आकार दिने । दूधमा पानी थप्ने र खाँटी दूधको मूल्यमा पानी बेच्ने जस्तै लाग्छ मलाई ।
मेरो देशमा अशान्ति छ । कसैको ज्यानको सुरक्षा छैन । आजसम्म जति बाँचेका छन् तिनीहरू अपराधीले गोली नहानेर मात्र बाँचेका हुन् । अथवा मार्न नभ्याएर मात्र बाँचेका हुन् । तिनै मध्येको एउटा सदस्य म हुँ । यति कुरा सत्य हो । म उनीहरूसँग भाग्दै, लुक्तै आएको हुँ । भेटेको भए मारिहाल्ने थिए । घर गएँ भने मार्छन् । तिम्रो देशमा आश्रय दिएर मेरो प्राणको रक्षा गरिदेऊ । यो सत्य थिएन । तर मेरो वकिलले एउटै साँचोमा हाल्यो सत्य र असत्यलाई । मुद्दा चलुनजेल म बस्न पाउने भएँ, जनवनी गरी खान पनि पाउने भएँ । मैले झोला थन्क्याएँ, साथीहरूको अनुहार उल्यालो भयो ।
तीस करोड मान्छेहरूको बीचमा अब मेरो परिवेश साँघुरिएर एउटा कोठामा सीमित भएको छ । घडीको सुई हेरेर म थर्कमान हुन थालेको छु । विहान उठ्नु, आँखाका कचेरा पुछ्तै सुकेका पाउरोटी टोक्नु र काममा जानु । घोडाजस्तै दिनभरी उभिएर एउटा पाकिस्तानी सेठकोमा काम गर्नु । साँच्चै भन्ने हो भने म मेरो वकिलको कमाउने यन्त्र भएको छु । हप्तावारी तलव थाप्यो र वकिललाई फिस बुझायो । मेरो मुद्दा अनन्त यात्रामा छ । कहिले टुङ्गिने हो र वकिललाई तिर्ने फिस रसिलालाई पठाउन पाइने हो । म कल्पना मात्र गर्छु । यथार्थमा म श्रृङ्खलावद्ध भासमा भासिदै गएको छु । मैले यो कुरा रसिलालाई बताउन पनि सकेको छुइन । केही समय ढिलो हुने भयो, राम्रोसँग वस्तै गर्नु भनेर फोन राखिदिएको थिएँ । एक महिना भयो, फेरि फोन गर्ने हिम्मत बटुल्न सकेको छैन ।
एकदिन काम गर्दागर्दै जिउ दुख्न थाल्यो । टाउको फुट्ला जस्तो भयो । आनै हातले छामे आनो निधारमा । अरू कसले छामिदिन्थ्यो र मेरो निधार । म केवल घण्टाको पाँच डलरमा बेचिएको मान्छे । घण्टा मरेपछि डलर थाप्नु मात्र हो मेरो अधिकार । त्यहाँ कसैले मलाई माया गर्ला भनेर ठान्नु मात्र पनि मूर्खता हो ।
घडीको सुईले विदा दिएपछि घर गएँ । घर ? कहाँको घर हुनु, महँगो पैसा तिरेको एउटा कोठा मात्र हो त्यो । साँचो उघारेँ । खपिनसक्नु गरी जिउ दुखेको थियो, टाउको चड्किएको थियो । रिंगटा लागेर ढलौँला जस्तो भयो, जसोतसो फलडामा घोप्टिएँ । घाँट सकेर थुक निल्न नहुने भएछ । पानी हेरेँ, पानी तताउने भाँडो हेरेँ, ग्यास चुल्हो हेरेँ र आँखा चिम्लिएँ । यतिखेर मैले गर्न सक्ने त्यति मात्र थियो ।
रसिला भएकी भए π मलाई सम्झना छ, एकपल्ट रसिला सय मिटर परै बाटोमा मलाई लिन पुगेकी थिइन् ।
किन दौडिदै यहाँसम्म आएकी ? मलाई केही भएको छैन जस्तो गरी मैले सोधेको थिएँ ।
‘अठार वर्ष पो भयो त श्रीमानजी मैले तपाईंलाई जानेको बुझेको र पढेको । म बाटोमा नै आँखा ओछ्याई रहेकी थिएँ । ऊ त्यो घुम्तीमा नै तपाईंलाई देखेँ । अरू बेलाको जस्तो जोस छैन हिँडाइमा, लचक छैन शरीरमा । भन्नुहोस् के भयो, नत्र यतैबाट डाक्टरकोमा जानुपर्छ ।”– उनले भनिन् ।
मलाई केही भएको छैन, उस्तै छु सधैँको जस्तै, तिमीलाई मनको भूतले तर्सायो भन्दै हाँस्ने कोसिस गरेँ ।
च्याप्प मेरो पाखुरा समाइन् रसिलाले । मेरो शरीर सामान्यभन्दा तातो थियो ।
ँयी ज्वरो आएको रहेछ हनहनी । तपाईंको यही बानी मलाई पटक्क मन पर्दैन, ज्वरो आयो भन्न पनि लाज लाग्छ तपाईंलाई ।” यसो भन्दै पाखुरामा समातेरै घर पु¥याइन्, पलङमा सुताइन र पानी पट्टी गर्न थालिन् । शरीरको ताप केही घटेको अनुभव गरेँ मैले । फेरि दूधमा हर्लिक्स हालेर खान दिइन् । बलैले खाएँ । यो पारासिटामोल हो, यो भन्दा कडा औषधि डाक्टरलाई नसोधी खान हुँदैन । यो सट छ यो एक चक्की निल्नुहोस् भन्दै मेरो हातमा राखिदिइन् । थोरै पढेलेखेकी भए पनि यस्ता कुरामा म भन्दा धेरै जानकारी छ उनलाई ।
सिटामोल निल्दै मैले भनेँ “रसिला तिमीले मलाई बिगारी सक्यौ है ।”
हो मेरो काम त तपाईंलाई बिगार्ने त हो नि π यो कलीयुगमा गुन गर्नै हुँदैन त मान्छेलाई ।” उनले म माथि दह«ो व्यङ्ग्य हानिन् र भान्सातिर गइन् ।
म भन्न सक्छु, रसिलाले अब पानी तताउछिन् । अब एक छिनमा तातो सुप लिएर आउने छिन् र मेरा निधारमा उनका कोमल हातको न्यानो स्पर्स दिनेछिन् । बेलुका उनले मलाई नरम जाउलो बनाएर खान कर गर्दै भन्ने छिन् “ज्वरो आएको बेला कडा खानेकुरा खानु हुँदैन, आज यही खानुपर्छ, त्यति मात्र हैन यतिचाहिँ सबै खानुपर्छ” आदि–आदि ।
ढोकामा कसैले ढक–ढक ग¥यो बाहिरबाट । को हुन सक्छ मेरो नीम्ति या निर्जन वस्तीमा । ढोकासम्म पुगेर कसैलाई स्वागत गर्ने जाँगर र तागत पनि छैन । रसिला बाहेक अरू आएर पो के हुन्छ र π उनी त सात समुद्र पारी छन् । सुनिएको ढोका ढकढक्याएको आवाज भ्रममात्र होस् भन्ने कामना गरेँ ।
फेरि ढोका ढकढक्याएको आवाज आयो ।
“भित्र आउ खुल्लैछ” करैले भने मैले ।
राजिव जोन रहेछ ।
के भो तँलाई सेल फोन पनि स्वीच अफ छ ? भित्र पस्तै उसले भन्यो ।
सेलफोन हातमा लिएर हेरेँ ।
ड्युटीमा स्वीचअफ गरेको थिएँ, त्यतिकै रहेछ । भन्दै मैले ऊ तिर हात बढाएँ । हात छाम्दै ऊ अत्तालियो र भन्यो ‘भयङ्कर फिवर’ बढेछ तँलाई त ।
मैले उसको अनुहारमा एकोहोरो आँखाले हेरेँ । मैले उसलाई हेरेको हैन, म त उसको अनुहारमा रसिला खोजी रहेको छु, रसिलाका आँखामा प्रकट हुने चिन्ता र संवेदना खोजिरहेको छु । रसिलाका कोमल हातको स्पर्स खोजीरहेको छु मेरो निधारमा ।
अहँ उसको अनुहारमा त्यस्तो केही पनि पाउन सकिन । उसका स्पर्समा कर्तव्य बोध थियो तर रसिलाको वात्सल्य थिएन, हार्दिकता थिएन । के हुन् स्त्रीहरू ? अझ भनौ भने दक्षिण एसियाका पत्नीहरू किन यति बलिया अडेसोहरू हुन् पुरूषहरूका लागि ? यी प्रेमपुञ्जहरू आनो स्नेहबाट, कर्तव्य परायणताबाट पुरूषलाई स्वर्गीय आनन्द दिन्छन् । आफु भोकै बस्छन् र पतिलाई तृप्त पार्छन् । पतिको स्वास्थ्य र दीर्घ जीवनका लागि निलाहार ब्रत बस्छन् । आपूm जल्छन् पलपल र घरलाई उज्यालो दिन्छन् । विजुली बल्दैमा घर कहाँ उज्यालो हुँदो रहेछ र । यो अमेरिकामा कहिले निभ्दैन विजुली तर मेरो कोठा सधैँ अँध्यारो छ । म अन्धो छामेर आनो जीवनलाई घिस्याइरहेको छु ।
म एम्बुलेन्स बेलाउँदैछु, राजीव जोनले भन्यो ।
पर्दैन पानी पट्टी लगाइदे, भनेँ मैले ।
ऊ पानी पट्टी लगाउन थाल्यो । क्रमशः मेरो ज्वरो घट्तै गयो । एकाएक मेरो कोठो उज्यालो भयो । तातोपानी र अलिकति जाउलो खाएपछि मैले भने “भो रसिला अहिले यति खान्छु ।”
उसले मेरो शरीर झकझक्यायो । मैले आँखा खोलेँ । राजिव जोन मलाई उठाउने कोसिस गर्दै थियो । एम्बुलेन्स आइसक्यो अस्पताल जानुपर्छ भन्यो उसले ।
पानीपट्टी लगा न ठीक भै हाल्छ भनेँ ।
तेरो ज्वरो कम भएन, तँ बेहोसमै भाउजुलाई बोलाउँदै थिइस् भन्दै हत्तेर्दै एम्बुलेन्समा बसायो उसले मलाई ।
तेरो ठाउँमा रसिला भएकि भए मेरो ज्वरो निको भैसक्ने थियो भनेँ ।
ऊ बोलेन । बरू मेरो आँखामा हेरिरह्यो ।
मैले फेरि भनेँ “पत्याइनस् ? हिन्दु नारीको प्रेममा कति शक्ति हुन्छ भन्ने तँलाई के थाहा ?” राजिव जोनले जवाफ दिएन, बरू ऊ गम्भीर देखियो । एम्बुलेन्स साइरन बजाउँदै दौडिरहेको थियो ।
(स्रोत : सुनाखरी सन्देश साहित्यिक पत्रिका अंक २)