निबन्ध : अन्ध सुरुङको यात्राः एउटा अन्तहीन वास्तविकता

~प्रकाशमणि दहाल~

गाडी छुट्नासाथ पछाडि सिटमा कोही बोल्यो, “मलाई गाडीको यही बानी मन पर्छ, यात्री कुरनिरहने । वास्तवमा यात्री कुररिहने र जहाँसुकै रोक्ने गाडीले नै बानी बिगार्छन् ।” अर्को उत्तेजित स्वर घन्कियो, “छुट्नासाथ कस्तो कुदाउँछन् नि रेस कम्पिटिसनजस्तै !” तेस्रो आवाज बोल्यो, “तब त मान्छे पनि माररिहन्छन् नि !” अर्को नारी स्वर मिसियो, “यत्तिकै त छ नि ! कहिले यहाँ, कहिले उहाँ । अनि त गाडी पनि जलाइदिन्छन् नि !” फेर िफक्र्यो पहिलो स्वर, “गाडी जलाएर पो के ? सम्पत्तिको नास । मरेको मान्छे फर्किने होइन ! गल्ती त ट्राफिकको हो नि ! यिनीहरूले कन्ट्रोल गरे भइहाल्थ्यो नि !” नारी स्वर दोहोरयिो, “के भन्नु ट्राफिकलाई पनि ? यिनीहरूलाई कसले टेर्छ यो नयाँ गणतन्त्रमा ? मलाई त माया लाग्छ यिनीहरूको ! दिनभर िधूलो र धूवाँमा ड्राइभर-खलासीको घुर्की-फुर्ति र आफ्नै हाकिमको पाँडे गाली खाँदै हैरान । धन्न यत्तिको गरेका पो छन् ! फेर िउनीहरूलाई पनि त यसोउसो चाहियो नि ! हेर्नोस्त कस्तो चाउरी परेको मुख, तन्नेरीमै बूढोजस्तो !” दोस्रो आवाज फेर िघन्कियो, “त्यो त ७० प्रतिशत नेपालीको कथा हो । पोटिलो अनुहार हुन त कि नेता कि हाकिम हुनुपर्छ ! देख्नुहुन्न ७० वर्षमा पनि कस्तो तपतप रगत चुहिएलाजस्तो ? महिनामा एउटैले पौने लाख त पुर्‍याउँदो हो सबैथोक मिलाउँदा ?”

गौशालामा यो टोली झरे पनि मेरो मनोवाद चलिरह्यो, कसैले छेडिदिएको गिटारको तारजस्तै । हो, यातायात अनिवार्य आवश्यकता हो, राष्ट्रिय जीवनको मेरुदण्ड, अझ नसानसामा भैरहने रक्तसञ्चारजस्तै हो । यातायात रोकियो भने रक्तसञ्चार रोकिँदा जीवन रोकिएजस्तै राष्ट्रको जीवन पनि रोकिन्छ । तर, रोकिँदैन रक्तसञ्चार जति विकारग्रस्त भएर शरीरै ढले पनि । त्यसैगरी चल्दै हुन्छ यातायात पनि जसरीतसरी झ्याल बिग्रिएका, ह्यान्डिल खुस्किएका, काँटी निस्केका, पाता उक्किएर चेप्ने, काट्ने, लुगा च्यात्ने बडी, ब्रेक र स्टेरङि्जस्ता महत्त्वपूर्ण पार्ट पनि खुकुलिएका र कुइरीमन्डल कालो धूवाँ फाल्ने गाडीहरूको विकारग्रस्त सञ्जाल भएर पनि ।

महिनौँदेखि अवरुद्ध छ संसद् । कहिल्यै नगरिने सहमतिका लागि सहमति जुटाउन प्रयास गर्ने सहमतिका अनन्त शंृखला चलिरहन्छन् अन्धसुरुङको यात्राजस्तै । बाइप्रोडक्ट भएका छन् बन्द-हडताल, तोडफोड, आगजनी, लुटपाट, हत्या, अपहरण, अड्डाबाट हुने काममा अन्तहीन ढिलासुस्ती र देशै अवरुद्ध छ गन्तव्यहीन, उपायहीन बहना छुटेको नाउजस्तै तर धन्य, आँखाले नदेख्ने पशुपति र कामले नगर्ने नेताहरूको यस देशमा यातायात भने चल्दैछ बीचबीचमा घरीघरी बन्द हुँदै, दिनहुँजस्तै दुई-चार जनालाई परमधाम पठाउँदै, १० जनाको सिटमा ३० जनासम्म खाँदेर सास्ती दिँदै, अटेसम्म हुटमा समेत राखेर मस्ती गराउँदै मौका हेरीहेरी मनपर िभाडा लिँदै भए पनि चल्दैछ यातायात र चल्दैछ जीवन पनि त्यही अनुपातमा, त्यही ढंगमा जस्तो मादलको ताल उस्तै मारुनीको चाल भनेजस्तै स्वयं यात्रीहरूकै बाध्यात्मक सहभागितामा !

हुन त यातायात मनोरञ्जन र सूचनाको पनि महत्त्वपूर्ण साधन हो । मेरा एक मित्रलाई बाइकमा दिनको एकपल्ट रङि्रोड वा बूढानीलकण्ठ वा गोदावरी कतै नगई हुँदैन । जाम नहुँदा ५०/६०को गतिमा यो यात्रा साँच्चै रल्ियाक्सिङ् र अवलोकन-विमर्शको मिठासले भरपिूर्ण हुन्छ । तर, ज्यान जोगाउन भागेझैं तूफान कुदेर आउने बीसबाइसेका मोडिफाइड बाइकबाटचाहिँ बच्नैपर्छ । अनि, देब्रे लाइट बालेर दाहिने मोड्ने वा सोझै हिँडिरहने भुलक्कडहरू पनि कम खतरनाक हुँदैनन् । गर्मीयामको साँझतिर यो यात्रा झन् रमाइलो हुन्छ तर सेकुवा कर्नरबाट निस्िकनेहरूबाट भने होसियार हुनैपर्छ । अर्को, साना साधनलाई ठूलाले हेप्ने र मौकामा धक्कै दिने चलन पनि ठूलै रोग हो सामन्तवादी नेपालको । राजतन्त्र ढल्यो तर सायद नसानसामा घुलिएको सामन्तवाद जिउँदै छ । कालो सिसावाला ठूलाबडालाई त रातो बत्तीले त थेग्दैन, कुरै भएन । जेब्रा क्रसिङ्मा बाटो काट्ने ठाउँ नराखी रोक्नु सायद अर्को बहादुरी हो । बाटो रोकेर गफ गर्नु, एकपट्ट िपहिल्यै साइड गरेको वा इँटा थुपारेको देखीदेखी सोझै अर्कापट्ट िरोकेर अवरोध पुर्‍याउनु पनि सान नै हुनसक्छ लापरबाही नभए । सार्वजनिक यातायात रोकेर ‘सवारी’ चलाउने नवराजाहरूको त के कुरा ! साँच्चै हामीमा सामन्तवाद कुकुरको पुच्छरै भएको छ सायद जति प्रजातन्त्रको ढुंग्रामा हाले पनि नसोझिने कारण त्यसको पालनपोषण प्रजातन्त्रको मुहानबाटै गरन्िछ सिद्धान्त र कानुन, मर्यादा र सुधारलाई धोती लगाएर । अनि, तलतल त खुडकिलैपिच्छे जेजे बराजै सोहीसोही नाति हुने नै भयो ।

सानो सवारीले ठूलो सवारीलाई हान्दाको पीडा पनि बिर्सिनसक्नु नै हुन्छ । हान्छ सानाले गल्ती ठानिन्छ ठूलाको र गाली मात्र होइन मुड्केसास्ती र वाहनकै दहनसमेत हुनसक्छ ।

अँ, गाडीदहन त नयाँ नेपालको गरमिामय प्रतीकै भइसकेको छ, मान्छे मार्ने पुण्यकार्यजत्तिकै । दिनहुँ वा सातामा यस्तो खबर, खबर सिकारीहरूको प्रिय सोखै हुनसक्छ । गाडीले मान्छे मारे वा घाइते पारे पनि प्रायः त्यसको अग्निदाह हुन्छ वा बन्दका दिन चलाए पनि । कहिले त आक्रोश पोख्न मात्रै पनि छेउछाउमा रहेका बाइक र अझ सजिलो टार्जेट सेतो प्लेटका गाडीलाई आगो तपाइन्छ । बहाना पनि सजिलो छ अचेल । छोरीले अन्तरजातीय विवाह गरे पनि सडक बन्द गरन्िछ र अलिकति आँ मात्र गरे जलाइहालिन्छ ।

हुन त गाडी दहन हाम्रो सभ्यताको दोस्रो, विस्तारति रूप हो, दुलही र दाइजोजस्तै । तर, दाइजोमा दाइजो होइन, दुलही जलाइन्छ, नत्र सकेसम्म सताइन्छ, यातायातमा चाहिँ गाडी जलाइन्छ र सडकलाई सताइन्छ । जस्तो ः साना केटाकेटी र पाल्तु कुकुरलाई दिसा गराउने, अलिकति छेलिने ठाउँ परे वा साँझतिर भए ठूलैले भ्याउने ठाउँ सडकै हो । घरका कसिंगर र फोहर पानी पनि सडकमै आउँछन् । ढुङ्रे भूत लगाएर ठूलाबडाले छोड्ने माऊबाछा पनि सडकमै हुन्छन्, साँढे त साँढे भइगयो हिन्दू सामन्ती तन्त्रको प्रतीक । बालक र किशोरहरूको खेलमैदान र चरत्रिवान् तन्नेरी र प्रौढहरूको चाहिँ छेउमा बसेर केटी जिस्काउँदै तास, लुँडो खेल्ने ठाउँ हो । जाडोले कक्रिएर रात बिताउने गरबिहरूको घाम ताप्ने ठाउँ र वंश रहुन्जेल चल्ने नेपाली चलनको अंशबन्डा होस् वा राजनीतिक दलहरूको अनन्त शक्तिपरीक्षणका हथकण्डा वा अन्यायमा परेका विभिन्न जनवर्गीय जनताको झख मार्ने (छिनोफानो त खै कहिले होला !) र छिमेकीसँग दन्तबझान गर्ने थलो पनि सडकै हो । प्रत्येक दिन नटुट्ने कुनै न कुनै जात्रा-पर्व-व्रत त संसारकै सबैभन्दा धार्मिक देशका सडकको पेवै हो । त्यसबाहेक व्यवहारमा कमै आउने प्रजातन्त्र, नारी, बाल आदि दिवसको मञ्चन पनि सडकमै चल्छन् । उता स्वयं सडक पनि कहाँ सडक हुन्छ र ? विचरो जन्मिँदैैदेखि डाहीमा परेको, ठूलाबडाले घर बनाउँदैपिच्छे मिचेको, ठाउँठाउँमा तरकारी-चिया-हाडवेर आदि पसलेहरूले कब्जा गरेको, अल्सरले खाएको आन्द्राजस्तै खाल्डैखाल्डाले भरेको सडक मानौँ सरकारले बिर्सिएर कतारमा लुटिन, इन्डियाको सिमानामा चुटिन, मलेसियामा थुनिन, इराकमा मारनि छोड्दिएका नेपाली सन्तानजस्तै हुन्छ, सडक विभागले बिर्सिएर छोडेको । (यो त राजधानीको कुरा हो । योजना आयोगको खातामा बनिसकेका तर यथार्थमा कच्चै रहेका यमपुरीको यात्रा सम्झाउने मोफसलका यातायातको त कुरा गरएिकै छैन ।)

अब नरशक्तिले चल्ने साइकल, रक्िसा, ठेलादेखि यन्त्रशक्तिले चल्ने खालखाल र साइजसाइजका नित्य थपिँदा साधनको जब ताँती लाग्छ, त्यस्तो बिरामी सडकमा, सम्भिmनोस् कोसीको प्रलयंकारी बाढीभन्दा केही मानेमा कम हुँदैन । त्यसमाथि मातेका चालक (मात्न रक्सी नै चाहिरहँदैन)को उछिनपाछिन र बाटो काट्नेको हतारपतारले यसलाई सुनामी नै बनाइदिन्छ भन्नु पनि जम्मै भन्नु होइन । खासमा यो एउटा युद्धै हुन्छ, बन्दुके नहोला (कहिले त त्यो पनि भैदिन्छ !) । एउटा अघोषित वा छद्म महाभारत, आबालवृद्धवनिता, रोगी, अपांग, देशी-विदेशी सबको सहभागितामा दिनहँु मञ्चित एउटा असैनिक युद्ध जहाँ कुनै बेला पनि वीरगति प्राप्त हुनसक्छ ! छ यसको कुनै समाधान ? छ यसको कोही माइबाप ?

भनिन्छ, यातायात त्यस देशको शासन व्यवस्थाको असली परचिायक हो । भएर के ? जहाँ नेताहरू अखडामा पहलमानी गर्दै रहन्छन्, हिमालमा मिटिङ् गरेर नयाँ चटक देखाउने योजना गर्छन्, सत्कार नपाएको झोँकमा सीडीओ चुटेर रत्तिो गाग्रो बजाउँछन्, देशको भन्दा कमिसन र आफ्ना निकम्मा कृपापात्रको विशेष सुविधामा ध्यान दिन्छन्, त्यहाँ यस्ता भनाइले के नाप्छ ? ब्रजेश खनालले भनेजस्तो लाज मान्नेलाई पो लाज हुन्छ । त्यसो त द गभर्नमेन्ट द्याट रुल्स लिस्ट इज बेस्ट पनि त भन्छन् नि ! यस अनुसार हो भने नेपाली नेताहरूले नोबेल प्राइजै पाउनु पर्ने । यहाँभन्दा लिस्ट रुल कहाँ हुन सक्ला, जहाँ जसले जसको सम्पत्ति-सन्तान जेजे कब्जा गरे पनि हुन्छ । जसले जुन क्षेत्रलाई गणराज्य घोषित गरे पनि हुन्छ । प्राकृतिक प्रकोप-जनयुद्ध-कुशासन पीडितहरूका रुवाबासीबीच चियापानका बहानामा भोजभतेर गरे पनि हुन्छ । जिल्लामा विदेशी पसेर नागरकि लुट्दै गर्दा राजधानीमा भाषण प्रतिस्पर्धा गर्दै गरे पनि हुन्छ…।

वास्तवमा राज्य भनेको एउटा शरीर हो मानव शरीरजस्तै र नेतृत्व भनेको त्यसको शिर, केन्द्र हो । अझ राज्यको शिरशिरको पनि शिर हुँदै केही थोरै शिरसम्म केन्द्रित हुन्छ । अनि, जसरी शिर हात-खुट्टा-मन-बुद्धिसहित बाहै्र इन्द्रियको परचिालन गर्छ मदारीले कठपुतली नचाएझैँ, त्यसैगरी नेतृत्वले पनि माथिदेखि तलसम्मका सम्पूर्ण अवयव नचाउँछ, तथाकथित नैतिकता र कार्यविभाजन भए थन्क्याएर पनि । तर, दर्शक कठपुतली मात्र देखेझैं मान्छेले बाटो बिराउँदा वा लडखडाउँदा खुट्टालाई नै गाली गर्छन् जबकि खुट्टो त पुतली मात्र हो शिरले नचाएको । मान्छे भट्टी गएकामा खुट्टालाई धारे हात लगाउँछन् त्यसलाई भट्टी पठाउने शिर हो भन्ने नबुझेर वा बुझ्न नचाहेर । यस्तै हो ट्राफिक प्रहरीलाई धारे हात लाउनु, गाडी जलाउनु वा नोट नपाउँदा आफ्नै ब्यांकको टेलरलाई गाली गर्नु पनि, बाख्राले बिराउँदा भेडाको कान काटेेजस्तै ।

वास्तवमा यस्तो हुन्छ अर्थात् हातखुट्टाहरू जथाभावी काम गर्न खासमा नकाम गर्न थाल्छन् जब शिर मात्छ । हो, शिर मात्छ, हातखुट्टा मात्दैनन् । स्टेरङि् गलत घुमाउँछ हातले, ब्रेकको सट्टा एक्सिलरेटर थिच्छ खुट्टाले । खाल्टोलाई समतल देख्छ आँखाले तर न हातखुट्टा मात्छन् न आँखा, सोधे हुन्छ डाक्टरलाई । शरीरका अंग कहिल्यै मात्दैनन्, मात्छ शिर, मस्ितष्क । अनि, मात केवल रक्सीको मात्र लाग्दैन । धन, बल, पद, लोभ, ईर्ष्यां, अहंकारको पनि लाग्छ र यो मात झन् कडा हुन्छ । नाताको पनि मात लाग्छ । अर्थात्, नातेदार ठूलो पदमा भए आफन्तलाई झन् बढी मात लाग्छ । त्यस्तै नेतालाई भन्दा कार्यकर्तालाई मात लाग्छ । नेतालाई एक पेगले जति लाग्छ, आफन्त र कार्यकर्तालाई त्यो दसौँ पेग बराबर हुन्छ । अनि, ती कार्यकर्ता वा आफन्तको फस्ल्याङ्फुस्लुङ र जोरजुलुममा अहंकार र ईष्र्याले मातेर विचेत भएका नेताको स्वागतमा फूलमाला लिएर घन्टौँ लाम लाग्न बाध्य जनतामा पनि मातको धङधङी मनग्गे पुगेको हुन्छ ।

कुनै पनि चोटपटक लागे वा बिमार भए समस्त शरीरलाई नै असर पर्छ । त्यसको उपचार गराउँछ शिरले तर शिरै बाह्रै महिना ठीकमा नभएपछि ? बस्, यही हो हाम्रो वास्तविकता, जल्नु-जलाउनु तन-मन-धन, अलमलिनु-अलमल्याइनु काम-इलम र धमिलिनु-धमिल्याइनु सारा सम्बन्ध-दायित्व-व्यवहार करबि अढाइ सय वर्षदेखिकै हामी, हाम्रा अग्रणी र हाम्रो अन्तहीन वास्तविकता !

prakashmanidahal@gmail.com

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३७१)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.