गजल : गति रोक्दै हिँड्छौ !

~मबि सिंह~Mabi Singh 'Sirish'

हरेक यात्रीका गति रोक्दै हिँड्छौ !
नजाने गाउँको बाटो सोद्धै हिँड्छौ !

कि म पत्झडमा रम्दा असह्य भो?
झरेका पातमा रङ्ग पोत्दै हिँड्छौ !

सुन्दै छु आफ्नै बारेका नयाँ कथा
हुँदै नभएका कुरा बोल्दै हिँड्छौ !

आँउदा जाँदा बेवास्ता हुन थाल्यो
गल्लीमा नक्कली खोकी खोक्दै हिँड्छौ

शिर भारी भएको या भक्तीभाव ?
मूर्ती देखे जती सबै ढोग्दै हिँड्छौ !

थोत्रो गाडीको नयाँ सिटमा यात्रा !!
जहाँ रोक्यो त्यैं गन्तव्य खोज्दै हिँड्छौ !

भीरबाट लड्दा चोट कांहि नाई
घाईते पार्न उँचाई खोज्दै हिँड्छौ !

-बोस्टन

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.