आधुनिक गीत : जिन्दगीको मैदानमा

~लता शर्मा~

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

जिन्दगीको लडाई सधैं, एक्लै लड्नु परनी ।
मैदानको सिपाही भयो, मेरो जिन्दगानी ।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

घस्री घस्री गन्तव्यमा, मैलाई पुग्नु परनी ।
पन्चर भा’ को गाडी भयो, मेरो जिन्दगानी ।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

वाध्यतामा च्याँप्पिएर, एक्लै जिउनु परनी ।
दुई ढुङ्गाकोे तरुल, भयो मेरो जिन्दगानीे ।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

जति चोट खाए पनि, मैले सहनु परनी ।
चोट खाने अचानो भो, मेरो जिन्दगानी ।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

थरथर काँप्दै क्वीटलको, भारी बोक्नु परनी ।
भारी बोक्ने खच्चर भयो, मेरो जिन्दगानी ।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

जति अपुग भए पनि, पुर्याउनै परनी ।
घर चलाउने ठेकेदार, भयो जिन्दगानी ।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

स्वार्थ पूरा भएपछि, कस्ले वास्ता गरनी ।
फोहोर फाल्ने कन्टेनर, भयो मेरो जिन्दगानी ।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

आँशु बने साउने झरी, थाके नयन पनी ।
वर्षायामको भेल बन्यो, मेरो जिन्दगानी ।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

जीवन रुपीे बसमा मैले, एक्लै यात्रा गरनी ।
सफर गर्ने यात्रु भयो, मेरो जिन्दगानी ।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

रातमा बिछोड हुन्छ फेरि, विहानीमा भेटनी ।
चखेवाको जोडीे भयो, मेरो जिन्दगानी ।।

संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा,
हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२
चोटै चोट खाए पनि जिउने चाहनामा,
उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।।

–लता शर्मा,
दाङ हलवार
हाल, नेपालगञ्ज–१२, बाँके

(लेखिका शर्मा सामाजिक कार्यकर्ता र सामाजिक अभियन्ताको रूपमा विगत २० वर्षदेखि नेपालगञ्जमा क्रियाशील हुनुहुन्छ ।)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.