कविता : शुभकामना : विदेशबाट

~ईश्वर मानन्धर~

ए स्वदेशका मेरा साथीहरु
हामी विदेशिएका छौं
स्वेच्छाले होइन
विवशताले
नसम्झनू, हामीले बिर्सेका छौं
आफ्नो देशलाई
संस्कृति र रीतिरिवाजलाई
आफ्नो परिवारलाई
नसम्झनू ।
पश्चिमी जगतको
आकर्षण र रंग रौनकमा
रमाई बसेका छौं ।
कठिन परिश्रमलाई हाँसी हाँसी
सामना गर्दै बसेका छौं
स्वदेशमा घटेका
उत्तेजनात्मक विध्वंसकारी
दुःखद् घटनाहरुले
नेपाल आमासँगसँगै
हाम्रो मन पनि रोएको हुन्छ ।
ए, नयाँ वर्ष २०६०
तिमी सँगसँगै आएको
यो शान्तिवार्ता
सफल होेस्
स्वार्थी राजनीतिले जन्माएको
अस्तव्यस्त जनजीवनमा
सुख शान्तिले बास गरोस् ।

(सन् २००३ मा लेखिएको यो कविताका कविको ५ जनवरी २०१२ मा बेलायतको लन्डनमै निधन भएको छ ।)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.