कविता : टागन घाेडा

~शरद पाैडेल~

तिम्राे तबेलामा बाँधिएकाे
मात्र म टागन घाेडा,
निगाहले दिएकाे
अलिकता भुसा खाएर
स्वामी भक्तिमा हाजिर छु !

ए ! सुसारेहरू हाे ख्वामितका,
मेरा अाङमा काठी कस्देऊ
र, थुतुनाेमा लगाइदेऊ फलामे लगाम ।

मलाई तयार पारी राख
सवारीका लागि
ख्वामितले चाहेकाे कुनैपनि क्षण
म तम्तयार हुनुपर्छ कुद्न ।

थुतुनाेकाे लगाम समातेका
करकमललाई अादर गर्दै
ख्वामित बाेकेर मेराे बेग
के थाहा ?
याे समयकाे सक्रमणमा
दाहिने बाटाे हुँदै दरवारतिर
वा देब्रतिर माेडिएर
थाेत्रै सहि, लाल सालिक तिर पुग्न सक्छ ।

जतासुकै माेडिए पनि
म बेगिने छु चुपचाप
सामर्थ्यले भ्याएसम्म्
किनकि,
म ख्वामितकाे तवेलाकाे टागन हुँ ।
म त ख्वामितकै खटनकाे भुसामा
जिएकाे प्राणसम्म न हुँ ।

त्याे भन्दा पर,
न मेराे अलग्गै अाकाश
न त मेराे अलग्गै धर्ती !!
न बेग, न अाबेग !!!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.