पुस्तक समीक्षा : “संकल्प” महाकाव्य : संक्षिप्त विवेचना

~प्रकाश थापामगर~

प्रारम्भ

प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको तेस्रो महाकाव्य “सङ्कल्प” हालै प्रकाशित भएको छ । उहाँका यसभन्दा अगाडि पुस्तकाकार रूपमा तीन वटा उपन्यास, दुई वटा महाकाव्य र एउटा खन्डकाव्य प्रकाशित भैसकेका छन् । पत्रपत्रिकामा प्रकाशित भएका साहित्यिक सामाग्रीहरू अलग्गै छन् । यसरी उहाँ लगातार साहित्यिक आन्दोलनमा हुनु हुन्छ ।

आजको समयमा वैचारिक आत्मिक सक्रियताका साथ साहित्य सृजना गर्ने कमै साहित्यकार छन्† नत्र भने हामीकहाँ पनि कसैका स्वार्थमा, तर आफ्ना लागि अर्थ–लाभ प्राप्त गर्न दिमाग खर्चिनेहरूकै भरमार छ, जसले सामान्य मानिसका लागि देख्दै रिङटा लाग्ने ठेलीहरू चाटेर “कार्यपत्र”, “अवधारणा पत्र”, “रिपोर्ट” जस्ता सामाग्री तयार गरेका हुन्छन् । त्यस वाहेक यथार्थवादी साहित्यकारहरू पनि हामीसँग छन् । विचार पक्षमा देखिएका कमजोरीलाई एकातिर राखिदिने हो भने पनि उनीहरूले कुनै खास समयको समाज र जगतको यथार्थ प्रतिबिम्व उतार्ने साहित्यिक स्वभावका रूपमा न्याय नै गरेका छन् । तर उनीहरूले विद्यमान राज्यसत्ता र सामाजिक संरचनामा परिवर्तनको विषयलाई छौएका छैनन् । वैचारिक चिन्तनका आधारमा उनीहरूको यस प्रकारको अवस्थिति अन्यथा पनि होइन ।

यता यी सबैका बीचमा हामीकहाँ प्रगतिवादी (प्रगतिशील होइन) साहित्यकारहरू पनि छन्† जसले विद्यमान देशको राज्य सत्ता र सामाजिक संरचनामा परिवर्तनको मान्यता राख्दछन् । यहीँनेर वाम खेमाभित्रबाट पनि एउटा श्रेणी अलग बाटो लाग्छ । अमेरिकी साम्राज्यवादले पेरूमा साइनिङ पाथका केन्द्रीय सदस्यहरूलाई बैठक स्थलबाट नै सी.आई.ए. को सुराकीमा पक्राएको† तानाशाही स्वभावका बावजुद महान् देशभक्त सद्दाम हुसैनलाई इराककै भूमिमा पक्रेर फाँसी दिइएको† अफगानिस्तानमा कठपुतली सरकार कायम गरिएको† बिन लादेनलाई पाकिस्तानी भूमिबाट नै पक्राउ गरिएको र सबै देशका प्रतिक्रियावादीहरूले आ–आफ्ना देशका क्रान्तिकारीहरूमाथि क्रुर दमन गरेको स्थिति धेरै पुरानो भैसकेको छैन । यी घटनाहरूबाट पुँजीवाद–साम्राज्यवाद अहिले पनि सशस्त्र नै रहेको प्रष्ट हुन्छ । लेनिनको निष्कर्ष थियो– ‘जबसम्म प्रक्रियायावादीहरू सशस्त्र हुनेछन्, तबसम्म सर्वहारा क्रान्ति पनि सशस्त्र हुनेछ ।’ प्रतिक्रियावादीहरूको उपर्युक्त सशस्त्र स्थिति र लेनिनको निष्कर्षका विपरीत दक्षिणपन्थी संशोधनवादीहरू सशस्त्र सङ्घर्षको नीतिलाई परित्याग गरेका छन् । उनका पक्षधर साहित्यकारहरू पनि सशस्त्र सङ्घर्षलाई पिछडिएको चिन्तन बताउँछन् । उनीहरू माओ र स्टालिनको नामसम्म लिन चाहँदैनन् । उनीहरूको यस्तो मध्यम वर्गीय चरित्रका बीचमा साहित्यको क्षेत्रमा पनि सशस्त्र सङ्घर्षप्रतिको प्रतिवद्धता चानचुने विषय होइन । साहित्यकार पुरीले यस प्रकारको लेखनमा दह«ो गरी पाइलो टेक्नु भएको छ । अर्कोतिर, एकथरि साहित्यकारहरूले सशस्त्र सङ्घर्षप्रति अन्ध–समर्थन जनाइरहेको सन्दर्भमा साहित्यकार पुरीको क्रान्तिकारी दृष्टिकोण यसमा अभिव्यक्त भएको छ कि उहाँले “जनताका विरूद्ध अघोषित युद्ध” जस्तो स्थितिमा रहेको माओवादी सशस्त्र आन्दोलनमा अन्तरनिहित कमजोरी औल्याउनु भएको छ र सच्चा क्रान्तिकारीहरूको नेतृत्वमा सञ्चालन हुने सशस्त्र सङ्घर्षको पक्ष लिनु भएको छ ।

हामीकहाँ पनि साहित्यकारभित्र वर्ग र वर्गसङ्घर्षको आधारमा विश्लेषण गरिरहँदा एकथरि साहित्यकारहरूले साहित्यभित्र राजनीति घुसाएको भन्दै नाक चेप्राउनु सम्भव छ । रूस र चिन जस्ता देशका जनताले एकपटक समाजवादी व्यवस्थाको समेत स्वाद चाखिसकेका छन् । अन्य प्रतिक्रियावादी देशहरूमा पनि पुँजीवादी व्यवस्था छ । हामी नेपालीहरू अझै पनि सामन्तवादी संरचनाभित्रै रहनु परेको विवशताका बीच त्यसका विरूद्ध राजनीति गर्नु स्वाभाविक ठानिनु पर्दथ्यो । तर साहित्यकारहरूमाझ पनि त्यस्तो हुन सकिरहेको छैन । अर्कातिर, साहित्यका नाममा अलौकिक वा व्यक्तिविशेषका व्यक्तिचित्र, यौनकथा, उत्तर–आधुनिकतावाद, जादुमन्त्र लेखेर लाखौँ रूपैयासम्म अग्रिम लिनेहरूसँग हामीलाई अनावश्यक टाउको दुखाउनु पनि छैन । साहित्यकार पुरी जस्ताको एउटा श्रेणी विद्यमान अर्धसामन्ती, अर्धऔपनिवेशिक संरचनाका विरूद्ध सशस्त्र सङ्घर्षमार्फत् परिवर्तन ल्याउने मतमा प्रतिवद्ध रहेको छ भने त्यो हाम्रा लागि गौरवको विषय हो ।

संरचनागत परिचय

साहित्यकार पुरीको प्रस्तुत महाकाव्यभित्र तीन अध्याय छन् । त्यसभित्र प्रत्येकमा ७५÷७५ वटा श्लोक छन् । प्रत्येक अध्यायमा नौ÷नौ वटा सर्ग छन् । प्रत्येक अध्यायको पृथक शीर्षक छ । त्यसैगरी प्रत्येक सर्गका पनि बेग्ला–बेग्लै शीर्षक छन् । छन्दको सवाललाई लेखकले खालि अभिव्यक्तिको माध्यम मात्र बनाएका छन् । उहाँको यस कृतिमा पहिलो प्रारम्भिक अध्याय छन्दमुक्त छ । बाँकी दुई अध्यायमा छन्द प्रयोग गरिए पनि अन्तमा अभिव्यक्तिको सारांश दिनका लागि कम शब्द भएको छन्द प्रयोग गरिएको छ । यसबाट उहाँका अभिव्यक्ति अरू प्रष्ट र ओजिलो भएका छन् । यस महाकाव्यभित्र तुलनात्मक रूपमा अत्यधिक पृष्ठमा शार्दूलविक्रीडित छन्द प्रयोग गरिएको छ । त्यसका साथै तूणक (चामर), दमनक, समानिका, प्रमाणिका, रूपामाली, मणिमध्ये, त्वरित गति, असारे झ्याउरे, मदलेखा, सवाई भुजगशिशुभृता, सेलो, मारूनी, माणवक, घाँसे, हलमुखी, मन्दाक्रान्ता, अनुकुला, मृदुमाला, पादाकुलक, रथोद्धता र कल्पित गरी २१ वटा छन्दहरू प्रयोग गरिएको छ । यसरी प्रस्तुत महाकाव्य एउटा मात्रै छन्दमा बाँधिएको छैन । आज–भोलि एकथरि तप्काद्वारा छन्दलाई पुरानो, शास्त्रीय शैली मान्न थालिएको र छन्दमुक्त विधामा अभिव्यक्तिको सहजता देखिरहेको स्थितिमा प्रस्तुत महाकाव्यले घोषणा गरेको छ कि छन्दबाट अझै पनि सुन्दर, वैचारिक र क्रान्तिकारी अभिव्यक्ति दिनु सम्भव छ† यो पुरानो भैसकेको छैन र शास्त्रीय भैसकेको छैन ।

विवेचना

प्रस्तुत महाकाव्यको विषयवस्तुबारे लेखककै प्राक्कथनद्वारा पर्याप्त जानकारी दिइएको छ । त्यहाँ भनिएको छ ः “प्रस्तुत महाकाव्यले माओवादीको सशस्त्र गतिविधि काललाई आधार बनाएर आफनो यात्रा सुरू गरेको छ । मेरा आँखा अगाडि त्यो काल प्रारम्भ भएको थियो र मेरै आँखा अगाडि त्यसको पटाक्षेप भयो । मलाई लाग्दैनथ्यो कि युगले आफ्नो शालीनता तोड्छ र नयाँ बाटो अँगाल्ने छ† तर म गलत थिएँ । मेरो बुझाइभन्दा फरक ढङ्गले घटनाक्रमहरू विकसित भए । युग एक जल्दोबल्दो माओवादी पार्टीभित्रको योद्धा थियो । देशभरि चलिरहेको माओवादी सशस्त्र सङ्घर्षको कैयौँ मोर्चाहरूमा उसले हिस्सा लिएको थियो । ऊ एउटा इमान्दार, कर्मनिष्ठ, आशावादी र क्रान्तिको विश्वासले भरिएको नव युवा थियो । उसले आफ्नो वरिपरि उज्यालो भविष्यको घाम मात्र देख्दथ्यो । त्यसैले क्रान्ति वेगमा उसको निष्ठा निकै नै उच्च थियो† तर आफ्नो उच्च निष्ठाका कारणले मात्र उसले लक्ष्यबिन्दु पहिल्याउन निकै नै कठिन कुरा थियो† किनकि विचारधारात्मक अस्पष्टताका बीचमा निष्ठाको उर्जाले बलिदानी गर्नका लागि प्रेरित त गथ्र्यो† तर सही लक्ष्यबिन्दुको पहिचान गर्ने विषयमा ध्यान पु¥याउन सक्दैनथ्यो । युगमा त्यही समस्या थियो । त्यो कालमा यो समस्याले युग मात्र होइन, क्रान्तिको जीवनमा लामवद्ध लागेका कैयौँ बरिष्ठ पुरूषहरूलाई पनि प्रभावित पारेको थियो ।”

त्यस्तै, प्रस्तुत महाकाव्यको शीर्षक कसरी ‘सङ्कल्प’ राखियो ? त्यसबारे पनि प्राक्कथनमा नै लेखिएको छ– “भयानक थिए, हिजोका दिनहरू । आत्मग्लानीले युगलाई थिच्यो । दार्शनिक मान्यता र भविष्यका सपनाहरूले ठीक बोलेका थिए । पहिलो अध्यायमा उसले सर्सती ती कुराहरू पढेको र सुनेको थियो† तर बुझेको थिएन । त्यसैले दोस्रो अध्यायमा उसले कार्यक्षेत्रलाई सही ढङ्गले पहिचान गर्न सकेन । युद्धमा मारिएका आफ्ना सहपाठी र फरक आस्थाका कारण मृत्युको चरू बनाइएका आत्माहरूले पछिल्लो कालखन्डमा आएर उसलाई बेसरी उपहास गरे । उसको लोकनिन्दा भएको उसले बुझ्यो† अनि मात्र उसले आफू कहाँ छु भन्ने कुरा याद ग¥यो र साँचो भावना र निष्ठावान चरित्रले उसलाई जनताका सामु हजार पटक याचना गर्नका लागि अग्रसर तुल्यायो । त्यसैले काव्यभरि नै उसको नैतिकतारूपी याचना छताछुल्ल पोखिएको छ । अनि, ऊ फेरि क्रान्तिको बाटोमा नयाँ सङ्कल्प लिएर हिँड्न थाल्यो । अन्तिममा उसले जीवनको सही बाटोमा हिँड्नका लागि सङ्कल्प ग¥यो र उसको सङ्कल्पमा मानव जातिको मुक्ति र न्यायका लागि अविराम सङ्घर्षको खाँचो भएकाले नै काव्य नामाकरणमा “सङ्कल्प” ले प्राथमिकता पायो ।” “सङ्कल्प” महाकाव्यको सारांश उपर्युक्त नै हो ।

महाकाव्यको प्रथम अध्यायमा माओवादी सशस्त्र सङ्घर्ष सुरू हुनुभन्दा पहिलेको अवस्थाबारे चर्चा गरिएको छ । त्यस बेला सीमित प्रकारको बहुदलीय व्यवस्थाका बावजुद देश उकुसमुकुसपूर्ण “बादलभित्र” रहेको र त्यो अवस्थामा “पानीभित्र आगो” बलिरहेको उल्लेख छ । क्रान्तिप्रतिको अगाढ आस्था त्यो बेला पनि रहेको भाव अध्यायभरि छताछुल्ल छ । त्यहाँ ईश्वरको निन्दा तथा सामाजिक जागरणको भाव पनि छ ।

दोस्रो अध्यायमा लेखकले भने झैँ “युग” शादूर्लविक्रीडित छन्दमा “हाँक” सहित उपस्थित हुन्छ । अब “युग” पात्र विरोध र बलिदानमा उत्रन्छ । तर चीनबहादुर रोका जस्ताको बलिदानबाट त्यतिखेरको युद्धमा “अराजकता” फैलिएको र यहीबीचमा “जनविरोध” देखा पर्दछ । त्यस क्रममा “युग” लाई “लज्जा” बोध हुन्छ । “आँशु” र ‘आश्चर्य’ बीच उसले आफ्नो यात्राप्रति चिन्ता व्यक्त गर्न थाल्दछ । यस अध्यायमा माओवादी युद्धभित्रको नकारात्मक पक्षको चर्चा गरिएको छ । यसै अध्यायमा एउटा छोराको युद्धमा निधनप्रति आमाको शोकलाई कारूणिक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

तेस्रो अध्यायको प्रारम्भ “युग” को निराशाबाट सुरू हुन्छ† तर दोस्रो सर्गमा “रवि” पात्र अगाडि आउँछ र उसले “युग” लाई “ढाडस” दिन थाल्दछ । “रवि” पात्रले माओवादी सशस्त्र सङ्घर्षप्रतिको “लोकनिन्दा” र “जनतालाई आरोप” “युग” समक्ष पोख्दछ । यस अध्यायमा युद्ध कालमा तामाङ्नी दिदीद्वारा व्यक्त गरिएको आत्मीय सहयोगको मर्मस्पर्शी स्मरण पनि प्रस्तुत गरिएको छ । त्यसमा “चञ्चलता” का साथै वैचारिक अस्पष्टताको जगमा उभिएको युद्धप्रतिको “चेतावनी” र “जमर्को” छ । अन्तिम सर्ग छ, “शालीनता तोड्दै सङ्कल्पित मनहरू” । यसमा “युग” ले आफ्ना गल्तीहरूप्रति याचना गर्नुका साथै अबका दिनमा गत कालका गल्तीहरू नहोहो¥याउने र पुनः क्रान्ति मार्गमा अगाडि बढ्ने “सङ्कल्प” लिन्छ । यसरी महाकाव्यको अन्ततः पुनः अर्को क्रान्तितर्फ संयमित भएर, सही र क्रान्तिकारी विचारका साथ अगाडि बढ्ने सङ्कल्पका साथ समापन हुन्छ ।

कमजोरी

महाकाव्यमा मुख्यतः वैचारिक पक्षका तुलनामा कमजोरीहरू कम महत्वका छन् । त्यसका बावजुद केही सामान्य कमजोरी महाकाव्यमा छन् नै । महाकाव्य एउटा अविक्षिन्न धुनमा बग्दछ । सुरूदेखि अन्तसम्म केही स्मरणले विषयान्तर गर्न खोजेता पनि कहीँ कतै धुनमा ब्रेक छैन । त्यसका बावजुद शीर्षकको क्रम निर्धारण केही स्थानमा नमिले जस्तो देखिन्छ । यस्तो लाग्दछ कि लेखकले पहिले काव्य लेखिसकेपछि शीर्षक पछि निश्चित गर्नु भएको थियो । तीन वटै अध्यायमा शीर्षक तल–माथि परेको जस्तो देखिन्छ । शीर्षकलाई क्रम अनुसार मिलाएर राखेको भए अझै सुनमा सुगन्ध हुन्थ्यो कि ¤

महाकाव्यको अर्को आधारभूत कमजोरी व्याकरणसित सम्बन्धित छ । महाकाव्यमा कतिपय स्थानमा एउटै शब्द दुई प्रकारले प्रस्तुत गरिएका छन् । भाषा व्याकरणसम्बन्धी अहिले देशमा देखा परेको विवादको प्रतिबिम्व हल्का रूपमा यहाँ पनि देखा परेको छ । यद्यपि लेखकले मूलतः आफूलाई विद्यमान विवादमा “ललितपुर घोषणा पत्र” र “नयाँ नेपाली कसरी शुद्ध लेख्ने ?” (नयाँनेकशुले) को पक्षमा उभ्याएको देखिन्छ । त्यसका बावजुद उहाँले आफ्नो तर्फबाट आफ्ना भावना, भाव र विचार प्रष्टसँग राख्न चुक्नु भएको छैन ।

अन्तमा,
नेपालको प्रगतिवादी साहित्य अझै पनि अपर्याप्त छ । साहित्यकार पुरीद्वारा छोटो समयमा प्रस्तुत गरिएका साहित्यिक कृतिहरूले नेपाली प्रगतिवादी साहित्यलाई केही भरिलो अवश्यै बनाएका छन् । यस क्षेत्रमा अझ थुप्रै साहित्यकारहरूले कलम चलाउन पर्ने आवश्यकता छ । हाम्रो देशमा प्रगतिशील साहित्यको स्थितिलाई राम्रै मान्नु पर्दछ । हामीकहाँ लक्ष्मीप्रसाद देवकोटाबाट पारिजात हुँदै कृष्ण सेन जस्ता उत्कृष्ट साहित्यकारहरूको विरासत छ । त्यसका बावजुद प्रगतिवाद र प्रगतिशील दुई छुट्टाछुट्टै प्रवर्गहरू हुन् । प्रगतिवादको साइनो सिधै क्रान्तिकारी सिद्धान्त र आन्दोलनसित जाेिडिएको हुन्छ । यसले नयाँ जनवादी, समाजवादी, साम्यवादी विचारधारासित आफ्नो पक्षधरता प्रष्ट किटान गर्दछ । यता प्रगतिशील प्रवर्गले भने आफूलाई वर्गनिरपेक्ष, राजनीति निरपेक्ष रूपमा प्रस्तुत गर्ने प्रयास गर्दछ । यता प्रगतिशील साहित्यको सम्बन्ध रूढिवाद, धार्मिक कट्टरता, सामन्तवाद, ईश्वरभक्तिको विरोधसित हुन्छ । यसरी प्रगतिशील साहित्यको प्रशस्त सामाजिक महत्व रहेको आफैमा प्रष्ट छ ।

क्रान्तिकारी आन्दोलनको कोणबाट हेर्दा प्रगतिशील र प्रगतिवादी दुवै पक्ष एक–अर्काका पुरक हुन् । प्रगतिशील धाराले प्रगतिवादसम्म आफूलाई रूपान्तरण गर्न सक्यो भने क्रान्तिकारी आन्दोलनलाई थप मद्दत पुग्न सक्छ । जस्तो कि रूसमा लियो टल्सटाय जस्ता महान् साहित्यकारको रचनाका तुलनामा म्याम्सिम गोर्कीको “आमा” उपन्यासले क्रान्तिकारी आन्दोलनमा प्रभावी भूमिका खेलेको थियो । भारतमा प्रेमचन्दको साहित्यको तुलनामा राहुल सांकृत्यानका रचनाले क्रान्तिकारी उर्जा थपेको महसुस अझै पनि गर्न सकिन्छ । नेपालमा भने प्रगतिवादी साहित्य अत्यन्तै कम प्रकाशित भएका छन् । साहित्यकार पुरीका साहित्य, त्यसमध्ये पछिल्लो कृति “सङ्कल्प” महाकाव्यले पनि यस क्षेत्रको केही कमी पूरा गरेको छ नै ।

वर्ग, वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष, सर्वहारा अधिनायकत्व र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको शृङ्खलालाई स्वीकार नगर्नेहरू आजको समयमा क्रान्तिकारी कम्युनिस्ट हुनै सक्दैनन् । हामीमाझ प्रश्न छ ः यो शृङ्खलालाई अस्वीकार गर्नेहरूलाई सच्चा प्रगतिवादी मान्न सकिएला ? वास्तविकता यो हो कि सच्चा क्रान्तिकारीहरू नै सच्चा प्रगतिवादी हुन् । करिब एक दशकसम्म चलेको माओवादी सशस्त्र सङ्घर्षमा कमजोरी औल्याएर र अब पुनः ती गल्ती नदोहो¥याउँदै क्रान्तिको मार्गमा अगाडि बढ्ने “सङ्कल्प” व्यक्त गरेर साहित्कार पुरीले उपर्युक्त वैचारिक शृङ्खलाप्रति आफ्नो प्रतिवद्धतालाई प्रष्ट्याउनु भएको छ र आफूलाई सच्चा प्रगतिवादी भएको पुष्टि गर्नु भएको छ ।

आशा, अपेक्षा र शुभकामना व्यक्त गरौँ कि आगामी दिनमा उहाँका रचनाहरूले क्रान्तिकारी सिद्धान्तप्रतिको कलात्मक प्रतिवद्धतालाई निरन्तरता दिँदै जानेछन् ।

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३२ – June 26, 2013 – २०७० आषाढ १२ गते, बुधबार)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.